Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो

खबरडबली संवाददाता

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका-५ शिवनगरस्थित सुत्केरी महिलाको मृत्यु बारे दोषीलाई कारवाही र पीडित परिवार लाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकको शव पोष्टमार्टमका लागि पठाईएको छ ।

ईलाका प्रहरी कार्यालय गरुडामा शुक्रवार राती बसेको दुई पक्षिय बैठकमा पीडित परिवारलाई राहत स्वरूप तत्काल दुईलाख रुपैयाँ सहयोग गर्ने, घटनाको छानबिन गर्न सर्वदलीय कमिटी गठन गर्ने, अस्पतालमा तोडफोड गर्ने लाई कार्वाही गर्ने निर्णय भएपछि सहमति भएको थियो । सहमति लगत्तै गएराती ११ बजे शिवनगर स्थित बाटो खुलाएर मृतक सुत्केरी महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाईएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्।

दुईपक्षीय बैठकमा गरुडाका मेयर कन्थमणि जैसवाल, मेयर प्रत्याशीहरु सुनिल कुमार यादव, ब्रिज किशोर यादव, अनिल कुमार यादव, जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरी प्रमुख एसपी बिक्रम हुमागाईं, सहायक सिडिओ नरेश कुमार यादव, वडा अध्यक्ष रामबाबु चौधरी लगायत पीडित परिवारका प्रतिनिधिको सहभागिता रहेको थियो । बैठकमा मेयर जैसवालले नगरपालिका बाट तत्काल दुईलाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। 

 गरुडा ५ शिवनगर बस्ने अरबिन्द साहको श्रीमती बर्ष २५ की रमिता देवीलाई सुत्केरी ब्यथा लागी सुत्केरी गराउन उक्त स्वास्थ्य चौकीमा बिहीवार साँझ ल्याएकोमा नर्मल सुत्केरी भएको थियो ।

सुत्केरीपछि बढी रक्तश्राव भएको कारण सुत्केरी महिलालाई थप उपचारको लागी आज बिहान ६ बजे बिरगंज तर्फ रेफर गरेकोमा बिरगंजस्थित ईन्डो नेपाल अस्पतालमा बिरामीको उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको थियो।

चिकित्सकको लापरवाहीले अत्याधिक रक्तस्राव भएर  उक्त महिलाको मृत्यु भएको भन्दै पीडित परिवार र उनका आफन्तहरुले शुक्रवार दिन भरी स्वास्थ्य चौकी शिवनगर अगाडि मृतक महिलाको शव राखेर दोशी चिकित्सकलाई कार्वाहीको माग गर्दै प्रदर्सन गरेका थिए।

चिकित्सकले सावधानी नअपनाएको कारण अत्याधिक मात्रामा शरीरबाट रगत बगेर  महिलाको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले  चिकित्सकलाई कार्यवाही तथा उचित क्षतिपुर्तिको माग गर्दै मृतकको शव शिवनगर चौकमा शुक्रवार दिउँसो बाटो अवरुद्ध गरेका थिए।

कुनै अप्रिय नहोस भनेर नेपाल प्रहरी र सशस्त्र प्रहरीको सैयौं जनशक्ती परिचालन गरिएको थियो। खटिएका प्रहरी जनशक्ती बाटो खुलाउन लागेपछि केही तत्वहरु शिवनगर स्थित स्वास्थ केन्द्रमा प्रवेश गरी स्टील दराज लगायत केही उपकरण तथा कागजातहरु बाहिर निकालेर आगजनी गरेका थिए।

आगजनी बाट झण्डै १० लाख बराबरको क्षती भएको नगरपालिकाले जनाएको छ। आगजनी लगत्तै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।  स्वास्थ्य चौकीका सिनियर अहेव रामनरेश साहले सुत्केरी गराएका थिए ।

उनले छोरी जन्मिएकी थिइन् । सुत्केरी लगत्तै रक्तस्राव हुन थालेपछि महिलालाई थप उपचारको लागि बिहान वीरगन्ज रेफर गरिएको थियो । एक महिना अघि मात्र  उक्त स्वास्थ्य चौकी बर्थिङ सेन्टरमा बच्चा जन्माएकी अर्की एक सुत्केरी महिलाको अत्यधिक रक्तस्रावको कारण ज्यान गएको थियो ।

स्वास्थ्य चौकीमा एम बिबिए एस डाक्टरको व्यवस्थापन नगरी अहेव र अनमी ले मात्र सुत्केरी गराउने हुँदा यस्ता दुःखद घटना भईरहेको स्थानीयले आरोप लगाएका छन् ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending