काठमाडौं । भैरहवा विमानस्थलमा अवतरणका क्रममा धावन मार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको बुद्ध एयरको नाइन एन एओसी विमानलाई डेढ महिनापछि ग्यारेजमा ल्याइएको छ । काठमाडौंबाट उडान भरेर भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा एटिआर ७२–५०० सिरिजको जहाजको चक्का चिप्लिंदा विमान धावनमार्गबाट बाहिरिएको थियो ।
गत असार २७ गते उडान नम्बर ८०५ को विमान अवतरणका क्रममा अत्यधिक वर्षाका कारण धावनमार्गमा चिप्लिएको थियो । यो दुर्घटनामा विमानमा क्षति पुगेपनि सबै ५९ जना यात्रुको सकुशल उद्धार गरिएको थियो । उड्ययन इन्जिनियरहरूको सहयोगमा विमानलाई २० घण्टापछि धावनमार्गमा ल्याइएको थियो । विमानमा नयाँ चक्का .(गियरं) जडान गरेर भदौ २१ गते शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङ्गर (ग्यारेज)मा ल्याई पुर्याइएको छ।
बुद्ध एयरका अनुसार सुरक्षितरूपमा ह्याङ्गरसम्म ल्याइएको विमानमा अझै प्राविधिक परिक्षण गर्ने कार्य भइरहेको छ। विमान उडान भर्नका लागि पूर्णरूपमा सुरक्षित रहेको सुनिश्चित गरेपछि पुनः उडान भर्नेछ।
उत्पादन दर्ता नम्बर ९५५ रहेको यो एटिआर ७२ श्रृंखलाको विमान बुद्ध एयरले प्रयोगमा ल्याउनु अघि भारतको क्षेत्रिय वायू सेवा प्रदायक फ्लाइ बिगले उडान भर्दै आएको थियो । बुद्ध एयरले सिंगापुरस्थित विमान बिक्री तथा भाडा दलाल एभेशनसँग खरिद गरेर २०८० कात्तिक १० गते यो जहाज नेपाल भित्र्याएको थियो । जहाजले २० मंसिर २०८० देखि उडान सेवा शुरू गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: