Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

डिडिसीलाई एक अर्ब २५ करोड ऋणको भार

खबरडबली संवाददाता

काठमाडौ ।   सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले सरकारसँग सहुलितमा लिएको ६५ करोड ऋण चुक्ता गर्न नसकिरहेको अवस्थामा अर्थ मन्त्रालयले ६० करोड थप ऋण उपलब्ध गराएको छ ।

निरन्तर घाटामा रहेको डिडिसीले किसानलाई भुक्तानीसमेत गर्न सकेको छैन । किसानको बक्यौता रकम भुक्तानी गर्ने नाममा डिडिसीले पटक पटक गरी एक अर्ब २५ करोड रुपियाँ लिइसकेको छ तर किसानलाई अझै भुक्तानी गर्न सकेको छैन ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुध किसानको बक्यौता रकम तत्काल भुक्तानीका लागि पहल गर्दै आइरहेका छन् । सरकारसँग ऋण लिएर भए पनि दसैँभित्र किसानलाई भुक्तानी दिलाउने प्रतिबद्धताका साथ पहल गरेका कारण यो ऋण दिने मन्त्रीपरिषद्बाट निर्णय भएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । कृषिमन्त्री अधिकारीले किसानबाट उधारोमा दुध लिने र नगदमा बेच्दा पनि भुक्तानीमा किन समस्या भइरहेको भनी डिडिसीलगायत अन्य डेरी उद्योगीसँग पटक पटक प्रश्न गरे । किसानसँग उधारोमा दुध लिएर त्यसबाट नौनीलगायत अन्य दुग्धजन्य पदार्थ बिक्रीवितरण गरेर समेत रकम निकाल्ने गरेका छन् तैपनि डेरी घाटामा देखाई किसानलाई भुक्तानी गर्न नसकेको गुनासो गर्दै मन्त्री अधिकारीले किसानको रकम समयमा उपलब्ध गराउन डेरी उद्योगीलाई पटक पटक दबाब दिएका थिए ।

चालु आवका लागि डिडिसीको नाममा ऋण लगानी अन्तर्गत एक करोड रुपियाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपियाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रीपरिषद्मा प्रस्ताव पेस गर्न अर्थ मन्त्रालयले सहमति दिएको थियो । सो प्रस्ताव अनुसार डिडिसीलाई ऋण उपलब्ध गराउने निर्णय भएको हो । डिडिसीका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले दिनुभएको जानकारी अनुसार कोभिड–१९ को समयमा किसानलाई भुक्तानी गर्न नसक्दा डिडिसीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत माग गरेबमोजिम अर्थ मन्त्रालयले २०७८ असार २० करोड रुपियाँ सहुलित ऋणमा उपलब्ध गराएको थियो । त्यसपछि २०७९ मा थप १५ करोड रुपियाँ उपलब्ध गराएको छ ।

निमित्त उपमहाप्रबन्धक अधिकारीले त्यो १५ करोड रुपियाँ किसानको भुक्तानीका लागि नभएर बालाजु दुध वितरण आयोजनालाई स्तरोन्नतिका लागि दिएको दाबी गरे । त्यसले पनि किसानको भुक्तानी गर्न नसकेपछि डिडिसीले कृषि मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग थप ३० करोड रुपियाँ माग गरेको थियो । गत चैतमा त्यो ३० करोड रुपियाँ पनि अर्थ मन्त्रालयले दियो । अर्थ मन्त्रालयले ६५ करोड रुपियाँ सहुलित ऋणमा उपलब्ध गराए पनि डिडिसीले किसानको भुक्तानी दिन सकिरहेको थिएन । त्यसपछि डिडिसीले थप रकम माग ग¥यो । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले डिडिसीलाई ६० करोड रुपियाँ सहुलियत ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।

यसरी डिडिसीले सरकारसँग पटक पटक गरी एक अर्ब २५ करोड रुपियाँ ऋण लिइसकेको छ । सुरुमा लिएको ५० करोड रुपियाँ किसानलाई भुक्तानी गरिसकेको निमित्त उपमहानिर्देशक अधिकारीले दाबी गर्नुभयो । बालाजु आयोजनाका लागि १५ करोडमध्ये केही खर्च भएका छन् र केही बाँकी रहेको उहाँको दाबी छ । तर डिडिसीका अन्य कर्मचारीका अनुसार किसानका लागि भनी लिएको ऋण रकम अन्य शीर्षकमा खर्च गरेका कारण किसानलाई भुक्तानीमा समस्या भइरहेको छ । डिडिसी अहिले घाटामा छ, कर्मचारीलाई समेत तलब खुवाउन समस्या भइरहेको छ । अन्य व्यवस्थापकीय खर्च धान्न पनि गाह्रो छ । किसानलाई भुक्तानी गर्ने भनेर लिएको ऋणको रकम अन्य शीर्षकमा खर्च गर्न थालेपछि भुक्तानीको समस्या बल्झिँदै गएको स्रोतले दाबी गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending