Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

मुद्दा लड्दा करोडौं सकियो, अहिले पनि माइनसमा छुः अनिेता पल शाह

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । अभिनेता पल शाहले एक वर्ष मुद्दा लड्दा आफूलाई आर्थिकरूपमा चर्को क्षति पुगेको गुनासो गरेका छन् । सोही कारणले काठमाडौंमा घर बनाउने सपना अहिलेसम्म अधुरो रहेको उनको भनाइ छ ।

गायिका समीक्षा अधिकारीले पलविरुद्ध बलात्कारको मुद्दा दायर गरेकी थिइन् । त्यसपछि उनी पक्राउ परेर एक वर्ष जेल जीवन बिताएका थिए । पछि उनले उच्च अदालत पोखराबाट सफाइ पाए । जेलबाट निस्किएपछि पुन पहिलेकै रफ्तारमा काम गरिरहेका उनी पुराना सपना अधुरै रहेको बताउँछन् । 

आफ्नो चलचित्र रावायणको प्रमोसनका क्रममा युट्यूवमा अन्तर्वार्ता दिँदै हिँडिरहेका पललाई युट्यूवरहरूले थरिथरि प्रश्न सोधिरहेका छन् । एक अन्तर्वार्तामा उनलाई मुद्दा लड्दा भएको खर्चबारे सोधिएको थियो । पलले यो मुद्दा आफ्नो लागि महंगा परेको संकेत गरे । उनले भने, ‘कानूनी काममा वकिलहरूलाई पे गर्नुपर्ने हुन्छ । हामीले सर्वोच्चकै ‘ए’ ग्रेडका ४–५ जना वकिल हायर गरेका थियौं । बाँकी लोकल वकिलहरू पनि थिए । प्रत्येक बहसमा वकिललाई काठमाडौंबाट ल्याउनुपर्‍यो । प्लेन टिकट काट्नुपर्‍यो । वान वे टिकटकै ५ हजार पर्छ । राम्रै होटलमा राख्नुपर्‍यो । एकपटकमा १० जना वकिल हुन्छन् । एक वकिलले न्यूनतम एक लाख लिन्छन् । यसरी एक पटकमा १०–१५ लाख सकिन्थ्यो । एक वर्षभित्र ४०–५० पटक बहस भयो होला । त्यसरी धेरै खर्च भयो ।’

उनले जेल जानुअघि आफू काठमाडौंमा घर बनाउने तयारीमा रहेको खुलाए । तर, मुद्दामा करोडौं खर्च भएपछि सेभिङ सकिएको र आफू माइनसमा गएको उनको भनाइ छ । शाहले भने, ‘सबै राम्रो भइरहेको थियो । हामी काठमाडौंमा घर बनाउने तर्खरमा थियौं । जग्गा–सग्गा लिएर रेडी भएको थिएँ । तर, त्यो घटना भयो । अनि त भएको सबै सेभिङ सकियो । अकाउन्ट रित्तिएर पनि म माइनसमा गएँ ।’

अब घर बनाउन अझै केही वर्ष लाग्ने उनले बताए । ‘तपाईंहरूको आशीर्वाद भयो र सबै काम राम्रो हुँदै गयो भने केही वर्षमा हुन्छ । पहिले घाटामा गएको चिजहरू फुलफिल गर्न बाँकी छ । अहिले पनि माइनसमै छु,’ उनले थपे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अध्यादेश मार्फत १ सय १० कानून परिमार्जन हुँदा यी निकायमा पदाधिकारी पदमुक्त हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुस...

धरानमा सुकुम्बासीको प्रदर्शन: विकल्पबिनाको हटाउने अभियान अस्वीकार्य

‘राज्य आतंक’ नरोके कडा आन्दोलनमा जाने चेतावनी,

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर...

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष राईले गरे पार्टी परित्यागको घोषणा

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका-३ का वडाध्यक्ष जेफर राईले नेपाली कांग्रेस परित्याग गरेका छन्। उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू आबद्ध रहे...

जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा, नेटोले माग्यो विस्तृत विवरण

एजेन्सी । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएक...

हराएको खुकुरी खोज्नेक्रममा भीरबाट खसेर दुई जनाको मृत्यु

खोटाङ । खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । भीरबाट खस्दा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको ...

तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन ...

जबरजस्ती करणीमा १२ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।  उच्च अदालत विराटनगर, ...

८ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा ...

कालीकोट । ११ वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति फर्किँदा दुःखको अन्धकार सधैँ हटेको छ । उनको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्...

कृष्ण मन्दिर हत्या प्रकरणः हत्यारालाई समात्ने प्रहरी जवानलाई मृतकका आमाबुवाले दिए नगद पुरस्कार

काठमाडौँ । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending