काठमाडौं । अभिनेता पल शाहले एक वर्ष मुद्दा लड्दा आफूलाई आर्थिकरूपमा चर्को क्षति पुगेको गुनासो गरेका छन् । सोही कारणले काठमाडौंमा घर बनाउने सपना अहिलेसम्म अधुरो रहेको उनको भनाइ छ ।
गायिका समीक्षा अधिकारीले पलविरुद्ध बलात्कारको मुद्दा दायर गरेकी थिइन् । त्यसपछि उनी पक्राउ परेर एक वर्ष जेल जीवन बिताएका थिए । पछि उनले उच्च अदालत पोखराबाट सफाइ पाए । जेलबाट निस्किएपछि पुन पहिलेकै रफ्तारमा काम गरिरहेका उनी पुराना सपना अधुरै रहेको बताउँछन् ।
आफ्नो चलचित्र रावायणको प्रमोसनका क्रममा युट्यूवमा अन्तर्वार्ता दिँदै हिँडिरहेका पललाई युट्यूवरहरूले थरिथरि प्रश्न सोधिरहेका छन् । एक अन्तर्वार्तामा उनलाई मुद्दा लड्दा भएको खर्चबारे सोधिएको थियो । पलले यो मुद्दा आफ्नो लागि महंगा परेको संकेत गरे । उनले भने, ‘कानूनी काममा वकिलहरूलाई पे गर्नुपर्ने हुन्छ । हामीले सर्वोच्चकै ‘ए’ ग्रेडका ४–५ जना वकिल हायर गरेका थियौं । बाँकी लोकल वकिलहरू पनि थिए । प्रत्येक बहसमा वकिललाई काठमाडौंबाट ल्याउनुपर्यो । प्लेन टिकट काट्नुपर्यो । वान वे टिकटकै ५ हजार पर्छ । राम्रै होटलमा राख्नुपर्यो । एकपटकमा १० जना वकिल हुन्छन् । एक वकिलले न्यूनतम एक लाख लिन्छन् । यसरी एक पटकमा १०–१५ लाख सकिन्थ्यो । एक वर्षभित्र ४०–५० पटक बहस भयो होला । त्यसरी धेरै खर्च भयो ।’
उनले जेल जानुअघि आफू काठमाडौंमा घर बनाउने तयारीमा रहेको खुलाए । तर, मुद्दामा करोडौं खर्च भएपछि सेभिङ सकिएको र आफू माइनसमा गएको उनको भनाइ छ । शाहले भने, ‘सबै राम्रो भइरहेको थियो । हामी काठमाडौंमा घर बनाउने तर्खरमा थियौं । जग्गा–सग्गा लिएर रेडी भएको थिएँ । तर, त्यो घटना भयो । अनि त भएको सबै सेभिङ सकियो । अकाउन्ट रित्तिएर पनि म माइनसमा गएँ ।’
अब घर बनाउन अझै केही वर्ष लाग्ने उनले बताए । ‘तपाईंहरूको आशीर्वाद भयो र सबै काम राम्रो हुँदै गयो भने केही वर्षमा हुन्छ । पहिले घाटामा गएको चिजहरू फुलफिल गर्न बाँकी छ । अहिले पनि माइनसमै छु,’ उनले थपे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: