काठमाडौं । सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पहाडीलाई आगामी चार वर्षका लागि टेलिकम प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले आफुलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको खबर पाएके उनले बताइन । आफ्नो चार वर्षे कार्यकालमा टेलिकमलाई अझै उचाइमा लैजाने लक्ष्य रहेको उनले बताइन् ।
पहाडी यसअघि २०८० असोज दोस्रो सातादेखि टेलिकमको निमित्त प्रबन्ध निर्देशक थिइन् । निमित्तको जिम्मेवारी सम्हाल्दा पहाडी नायब प्रबन्ध निर्देशक थिइन् । त्यो बेला सरकारले अर्को व्यवस्था नभएसम्मका लागि पहाडीलाई निमित्त प्रबन्ध निर्देशक भई काम गर्न दिने निर्णय गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसनधान आयोगले ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’ मा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेपछि टेलिकममा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल निलम्बनमा परेपछि अदालतबाट फैसला नआउन्जेल टेलिकमको नेतृत्व पहाडीले गरेकी थिइन् । पहाडीले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन् ।
तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी उनले २०५१ फागुन १० मा स्थायी नियुक्ति लिएकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८३ - २१:५८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुस...
बैशाख १९ गते, २०८३ - २१:४५
‘राज्य आतंक’ नरोके कडा आन्दोलनमा जाने चेतावनी,
बैशाख १९ गते, २०८३ - २१:४१
काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर...
बैशाख १९ गते, २०८३ - २१:३८
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका-३ का वडाध्यक्ष जेफर राईले नेपाली कांग्रेस परित्याग गरेका छन्। उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू आबद्ध रहे...
बैशाख १९ गते, २०८३ - २१:३४
एजेन्सी । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएक...
बैशाख १९ गते, २०८३ - २१:२९
खोटाङ । खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । भीरबाट खस्दा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको ...
बैशाख १९ गते, २०८३ - २१:२१
तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन ...
बैशाख १९ गते, २०८३ - २१:१८
काठमाडाैं । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। उच्च अदालत विराटनगर, ...
बैशाख १९ गते, २०८३ - २१:१६
कालीकोट । ११ वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति फर्किँदा दुःखको अन्धकार सधैँ हटेको छ । उनको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्...
बैशाख १९ गते, २०८३ - २१:०९
काठमाडौँ । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी...


प्रतिकृया लेख्नुहोस्: