Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

तबला उपहार दिएका ओलीसँग बालेनको किन पर्दैछ जुहारी ?

खबरडबली संवाददाता

काठमाडौं । काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’को समर्थन गरेको देखिने केही मानिसले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत फेसबुक पेज 'अनफलो' गर्न आह्वान गरेपछि दुई तहका सरकारका कार्यकारी प्रमुखबीचको टकराव पुनः एक पटक सार्वजनिक बहसको विषय बनेको छ।

विगत २४ घण्टामा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीको फेसबुक पेज ४० हजार भन्दा धेरैले 'अनफलो' गरेको देखिएको छ भने यो समाचार तयार पार्दासम्म पनि यो क्रम जारी देखिन्छ।

सामाजिक सञ्जालको निगरानी गर्ने अन्तर्राष्ट्रिय वेबसाइट ‘सोशल ब्लेड’का अनुसार सोमवारसम्म केपी ओलीको आधिकारिक फेसबुक पेज लाइक गर्नेहरूको सङ्ख्या ६,३२,७०८ थियो। तर बुधवार अपह्नसम्म यो पेज लाइक गर्नेहरूको सङ्ख्या ५,८९,००० मात्रै देखिएको छ।

उक्त वेबसाइटका अनुसार बुधवार मात्रै करिब दुई लाख जनाले केपी ओली र दुई लाख ५० हजार बढीले बालेनबारे फेसबुकमा चर्चा गरेका छन्।

तर राजनीति र समाजिक सञ्जालको बहसलाई नजिकबाट नियालिरहेकाहरू ओली र बालेनबीचको आरोपप्रत्यारोपलाई अस्वाभाविक भने मान्दैनन्।

पछिल्लो विवादको विषय

नेकपा एमालेकी एक जना प्रदेश सांसदको घरमा राखिएकी बालिकामाथि श्रम शोषण र दुर्व्यवहार भएको भन्दै काठमाण्डू महानगरपालिकाले उनको उद्धार गरेको थियो।

तर ती सांसदलाई कारबाही हुनबाट सरकारले जोगाएको आरोप लगाउँदै बालेनले सामाजिक सञ्जालबाट प्रधानमन्त्री ओलीमाथि प्रश्न गरेपछि एमाले कार्यकर्ता पङ्क्ति बालेनको आलोचनामा उत्रिएको थियो।

बालेनले प्रदेश सांसद शर्माको तस्बिरसहित राखेको पोस्ट अहिले फेसबुकमा देखिँदैन। बालेनले उक्त पोस्ट सरकारले हटाइदिएको आरोप लगाउँदै अर्को पोस्टमा लेखेका छन्, “पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार। म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ।”

बालेनको आलोचना गर्ने क्रममा एमालेको विद्यार्थी सङ्गठनका अध्यक्ष समिक बडालले बालेनमाथि भारतीय गुप्तचर संस्थाको इसारामा काम गरिरहेको आरोप लगाउँदै फेसबुकमा 'स्ट्याटस' राखेपछि दुवै पक्षका समर्थकहरू सामाजिक सञ्जालमा आरोप प्रत्यारोप र घोचपेचमा उत्रिएका छन्। बडालले राखेको 'स्ट्याटस' पनि पछि हटाइएको थियो।

‘जिम्मेवार राजनीति भएन’

राजनीतिक स्तम्भकार डम्बर खतिवडा एमाले र बालेन दुवै पक्षबाट सामाजिक सञ्जालमा भइरहेका टिप्पणी तथा आरोपप्रत्यारोप जिम्मेवार किसिमको नभएको बताउँछन्।

“राजनीति भनेको एउटा जिम्मेवारी नैतिकता मुद्दा आधारित बहस र विचारभन्दा पनि सामाजिक सञ्जालबाट सेलिब्रिटीहरू जन्माउने युगमा हामी आइपुगेका छौँ। तर यो ठिक प्रवृत्ति हो जस्तो चाहिँ मलाई लाग्दैन,” खतिवडाले बीबीसी न्यूज नेपालीसँग भने।

एमालेले पनि बालेनलाई राजनीतिकमा उदय हुँदै गरेको नेताको रूपमा हेरेको र बालेनले पनि दल खोल्ने तयारी गरिरहेको धेरैको आकलनबीच दुई पक्षबीच टकराव देखिएको हुन सक्ने कतिपयले अर्थ लगाउँदै आएका छन्।

“तर बालेनले उठाएका कतिपय मुद्दा पनि सङ्गति नमिलेको जस्तो देखिन्छ,” खतिवडा भन्छन्। “एमाले सत्तामा भएको र धेरै पुरानो पार्टी हो। एउटा मेयरसँग जोरी खोजेर के जित्छ होला जस्तो लाग्छ मलाई।”

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाली कांग्रेससँग निकट अर्थशास्त्री विश्व पौडेलले पनि प्रधानमन्त्री ओलीलाई बालेनसँग झगडा गरेर नबस्न सुझाव दिएका छन्।

“फेसबुकका फलोअर गनेर बसेर नेता भइन्छ?,” पौडेलले फेसबुकमा लेखेका छन्। “गणेशमान सिंहको एउटा फेमस भनाइ थियो, नेताले कहिल्यै आफ्नो पछाडि कति मान्छे छ भनेर हेर्दैन। कहिले ऊ एक्लै हुन्छ, कहिले उसका पछाडि लाखौँको भिड हुन्छन्। फलोअर गनेर सेलिब्रिटी भइन्छ, नेता भइँदैन।”

संसद्‌सम्मै पुगेको बहस

काठमाण्डूको न्यूरोडको सडकपेटी विस्तारबारे मेयर बालेन र सडक विभागबीच देखिएको विवादमा पनि एमालेले बालेनको आलोचना गर्‍यो।

एमाले सचिव योगेश भट्टराईले सदनमै त्यस विषयमा कुरा उठाएका थिए। एमालेबाट निर्वाचित वडाध्यक्ष यस विषयमा बालेनको विपक्षमा देखिएसँगै बालेनले सामाजिक सञ्जालमा एमाले नेतृत्वको आलोचना गरेका थिए।

न्यूरोड सडकपेटी विस्तारमा असहयोग भएको आरोप लगाएका बालेनले सडक विभाग र काठमाण्डू सडक डिभिजनको कार्यालयअघि महानगरको फोहोर थुपारिदिएका थिए।

गत जेठमा महानगर, सडक विभाग र न्यूरोडका जनप्रतिनिधिबीचको विवाद उत्कर्षतिर पुग्दै गर्दा ओली आफैँ बालेनको आलोचनामा उत्रिए।

“छिमेकीसँग रिस उठ्यो भने उसको ढोकामा फोहोर फ्यालिदिने? यो कुनै सभ्यता हो?” भन्दै ओलीले बालेनको नाम उल्लेख नगरी गरेको टिप्पणीपछि बालेन र एमालेका कर्यकर्ताबीचको आरोपप्रत्यारोप नेतृत्व तहसम्मै पुग्यो।

त्यसपछि बालेनले “गिरिबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा” ओलीको संलग्नताको आरोप लगाए।

लगत्तै ओलीले त्यस्ता टिप्पणीले आफूलाई कुनै फरक नपर्ने आशयको टिप्पणी गर्दै आफूले अनावश्यक वादविवाद गर्न नचाहेको बताएका थिए।

पछिल्लो समय ओली मौन देखिएका छन् तर उनको दलका नेता र समर्थकहरू बालेनविरुद्ध खनिएका छन्।

ओलीको त्यो तबला उपहार

कतिपयले भने अहिले बालेन निर्वाचित भएपछि केपी ओलीले तबला उपहार दिएको तस्बिर सामाजिक सञ्जालमा राख्दै एमाले पङ्क्ती र बालेनबीचको बहसबारे आफ्नो धारणा सामाजिक सञ्जालमा राखेका छन्।

बालेनलाई मेयरमा निर्वाचित भएपछि एमाले अध्यक्ष केपी ओलीले तबला उपहार दिएको स्मरण गर्दै एमाले सचिव योगेश भट्टराईले दुई महिनाअघि संसद्‌मा भनेका थिए, “किन उहाँले ड्रम उपहार दिनुभएन, किन तबला दिनुभयो भने अब उहाँले तबलाको धुनमा काम गर्नुहोस्।”

“तबलाको अर्थ करुणा, प्रेम, सद्भाव, संयम हो तर काठमाण्डू महानगरपालिकाका प्रमुखले संयम गुमाउँदै जानुभएको छ।”

ओली आफैँले यूट्यूबर सञ्जय सिलवाल गुप्तासँगको एक अन्तर्वार्तामा बालेनले “राम्रो अभ्यास” गरेर राम्रो राजनीतिज्ञ बनुन् भनेर आफूले तबला उपहार दिएको बताएका थिए।

आफ्नै दलका उम्मेदवारलाई पराजित गरेर मेयरमा निर्वाचित बालेनसँग एमाले नेतृत्वको टकराव नयाँ बनेश्वर क्षेत्रमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना हटाउने क्रमबाटै सुरु भएको थियो।

विसं २०७९ भदौमा सडक किनारका संरचना भत्काएको विषयमा बालेनको आलोचना गरेका एमाले नेता महेश बस्नेतले बालेन समर्थकबाट आलोचना र ट्रोलको सामना गर्नुपरेको थियो।

कहिले महानगरले सडकमा व्यापार गर्ने व्यवसायीलाई हटाउने विषयमा त कहिले धरहराको पार्किङको विषयमा एमाले र बालेनबीच सामाजिक सञ्जालमा घोचपेच र आरोपप्रत्यारोप नौलो विषय होइन।

महानगरमा बालेन र सुनिताको टकराव

काठमाण्डू महानगरका ३२ मध्ये १२ वटा वडासहित उपमेयरमा एमालेबाट निर्वाचित जनप्रतिनिधि छन्। तिनै जनप्रतिनिधिसँगको खटपटका कारण बालेनलाई नगरसभाबाट बजेट पारित गर्न समेत सकस भएको थियो।

बालेनअघि काठमाण्डू महानगरको नेतृत्व एमालेका विद्या सुन्दर शाक्यले गरेका कारण पनि महानगरमा एमालेको पकड र प्रभाव बलियो रहेको ठानिन्छ। तर बालेनले महानगरमा एमालेको कुरा नसुनेपछि उनीसँग स्थानीय स्तरबाटै खटपट सुरु भएको कतिपय जानकारहरू बताउँछन्।

महानगरका कतिपय निर्णयहरूमा उपमेयर सुनिता डङ्गोलले पनि असहमति राख्दै आएकी छन्। यसै साता सर्वोच्च अदालतको आदेशपछि महानगरको नदी किनारको जग्गाको मापदण्डबारे बालेनले निकालेको सूचनामा उपमेयर डङ्गोलले कार्यपालिकाको बैठकमा आपत्ति जनाएकी थिइन्।

उनले मेयरस्तरको निर्णयबाट जारी भएको जग्गाको मापदण्डबारेको सूचनामा आफूहरूलाई थाहा नदिइएको आरोप लगाएकी थिइन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending