Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

रास्वपा बारा जिल्ला संयोजक पदमुक्त

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरेको छ । उनलाई अनुशासनको कारबाहीसहित पार्टीको जिम्मेवारीबाट हटाइएको हो ।

पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले करिब १५ दिन अगावै पार्टीको प्रदेश कार्यसमितिले उनको जिम्मेवारी हेरफेर गरेको जानकारी दिए । ‘उहाँलाई प्रदेश सभापतिले जिम्मेवारी हेरफेर गरेर प्रदेश समिति सदस्य राखेको हो‚’ उनले भने । चन्दनमाथि पार्टी केन्द्रीय अनुशासन आयोगमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको तथा नशालु पदार्थ ख्वाई करणी गरेको भन्दै उजुरी परेको थियो । उक्त उजुरी उपर अनुशासन समितिले पार्टी उपसभापति डीपी अर्यालको समेत उपस्थितिमा छलफल गरेको थियो ।

छलफलमा ती महिलासहित जिल्लाका लगभग २० जना पार्टी पदाधिकारीहरू तथा साधारण सदस्यहरू पनि राखिएको अनुशासन आयोगले बताएको छ । अनुशासन समितिले ‘उक्त विषय फौजदारी न्यायको विषय भएको र अनुशासन आयोगको क्षेत्राधिकार भित्रको विषय समेत नभएको’ ठहर गरेको थियो ।

यस्तै चन्दनको आचरण राजनीतिक प्रकृतिको नभएको र सीमा क्षेत्रमा अवैधानिक रूपमा पैठारीको काममा संलग्न रहेको आरोप पनि लागेको थियो । जसमा अनुशासन समितिले‘ स्वर्णकारको के कमजोरी छ भन्नका लागि यथेष्ट आधार र प्रमाण देखिएको र चन्दन उक्त काममा संलग्न रहेको’ उल्लेख गरेको छ ।

यस्तै उजुरीकर्ता महिलाको आचरण तथा व्यवहारका सम्बन्धमा विचार गर्दा निजको आचरण समेत राजनीतिक रूपमा स्वीकारयोग्य नभएको अनुशासन आयोगले निष्कर्ष निकालेको छ । अनुशासन आयोगले चन्दन स्वर्णकारलाई पार्टी विधान विपरीत कारबाही गर्न र एक वर्षका लागि साधारण सदस्य समेत नरहने नगरी अनुशासन आयोग नियमावलीको नियम ५ बमोजिम साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको उल्लेख छ ।

‘स्वर्णकारको आचरण प्रदेश अनुशासन आयोगमार्फत अनुगमन गरी ६–६ महिना प्रतिवेदन पेस गर्ने र आचरणमा उल्लेख्य सुधार आएको देखिएमा निजलाई गरिएको कारबाही माथि पुनर्विचार गर्न सकिने’ भनी आयोगले लेखेको छ । साथै उजुरीकर्ता महिलालाई पनि १ वर्षसम्म पार्टीको कुनै जिम्मेवारी लिन तथा आन्तरिक राजनीतिक प्रतिस्पर्धाहरूमा भाग लिन नपाउने गरी सजाय गर्ने आयोगले निर्णय गरेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending