Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

दैनिक उपभोग्य वस्तु किन्न भारतीय बजारमा नेपाली उपभोक्ताको लर्को

खबरडबली संवाददाता

बाँके ।  बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक उपभोग्य वस्तु खरिदका लागि नेपाली उपभोक्ताको लर्को लागेको छ । तीजको बेलामा पनि नेपालगञ्ज बजारमा व्यापार नहुँदा भारतीय बजारमा भने नेपाली उपभोक्ताको लर्को लागेको हो ।

नेपाली बजारमा उपभोक्ताको चहलपहल कम छ । सीमापारि भारतीय बजार रुपैडिहामा किनमेल गर्ने नेपाली उपभोक्ताको चहलपहल बढेको छ । नेपालगञ्जका व्यापारी भने चिन्तित् छन् ।

भारतीय बजारका धेरैजसो उपभोक्ता नेपाली हुने भएकाले रुपैडिहामा नेपाली रुपैयाँ र मूल्यमा कारोबार हुने गरेको छ । व्यापारीहरूले पसलमा काम गर्ने कामदारसमेत नेपालीलाई राखेर भाषाको सहजता गरेका छन् ।

नेपाली उपभोक्ताको भरमा रुपैडिहा बजार चलेको स्थानीय व्यापारी सुजित वैश्यले बताउनुभयो । चाडपर्व मात्र नभई अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहामै निर्भर रहने गरेका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठको भनाइ छ ।

रुपैडिहा बजार नेपाली उपभोक्ताको भरमा टिकेको छ । दैनिक झन्डै एक करोड रुपैयाँको कारोबार नेपाली उपभोक्ताबाटै हुने गरेको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको हरेक चुनावका बेला नेपाली उपभोक्तालाई नेपालगञ्जमै रोक्ने नारा बन्ने गर्दछ तर चुनावपछि सेलाउँदै जाने गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अध्यादेश मार्फत १ सय १० कानून परिमार्जन हुँदा यी निकायमा पदाधिकारी पदमुक्त हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुस...

धरानमा सुकुम्बासीको प्रदर्शन: विकल्पबिनाको हटाउने अभियान अस्वीकार्य

‘राज्य आतंक’ नरोके कडा आन्दोलनमा जाने चेतावनी,

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर...

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष राईले गरे पार्टी परित्यागको घोषणा

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका-३ का वडाध्यक्ष जेफर राईले नेपाली कांग्रेस परित्याग गरेका छन्। उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू आबद्ध रहे...

जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा, नेटोले माग्यो विस्तृत विवरण

एजेन्सी । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएक...

हराएको खुकुरी खोज्नेक्रममा भीरबाट खसेर दुई जनाको मृत्यु

खोटाङ । खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । भीरबाट खस्दा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको ...

तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन ...

जबरजस्ती करणीमा १२ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।  उच्च अदालत विराटनगर, ...

८ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा ...

कालीकोट । ११ वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति फर्किँदा दुःखको अन्धकार सधैँ हटेको छ । उनको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्...

कृष्ण मन्दिर हत्या प्रकरणः हत्यारालाई समात्ने प्रहरी जवानलाई मृतकका आमाबुवाले दिए नगद पुरस्कार

काठमाडौँ । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending