काठमाडौं । प्याजेन्ट नेपालको आयोजनामा यो बर्षको तिज महोत्सव द मल्ल होटलमा भव्य रुपमा सम्पन्न भएको छ । शोभा बुटिक होटल तथा राष्ट्रखबरको प्रस्तुतीमा आयोजित उक्त महोत्सवको समुद्घाटन प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाबाट भएको थियो ।
सांस्कृतिक चाडपर्वहरुको अवसर पारेर नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्दै जाने उद्देश्य अनुरुप प्याजेन्ट नेपालले प्रत्येक वर्ष मनाउदै आएको तिज फेस्टिवलमा डेढ दर्जन बढि महिला उद्यमी अपाङ्गहरुद्धारा उत्पादिन खाद्यान्न,कपडा,घरेलु उत्पादनबाट उत्पादित वस्तुहरुको प्रदर्शनी स्टल राखिएको थियो । समारोहमा लायन्स क्लब अफ ड्रिम्सबाट रक्तदान कार्यक्रमको आयोजना गरिनुका साथै ओम समाज डेन्टल,ओम चावहिल डेन्टल,नेपाल भारत मैत्री अस्पताल तथा एएसजी आई केयरबाट निशूल्क स्वास्थ्य शिविर संचालन गरेका थियो ।
देश विदेशमा विभिन्न अवार्ड समारोह,फेशन शो सांस्कृतिक कार्यक्रम,पर्यटन प्रर्वद्धनका लागि गरिने विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको प्याजेन्ट नेपालले सो कार्यक्रममा ‘मिस एण्ड मिसेस तिज’ को समेत आयोजना गरेको थियो ।
करिब ४० जना भन्दा वढि प्रतियोगीहरुले भाग लिएको उक्त प्रतियोगिताम अविवाहित महिला तथा विवाहित महिलाहरुको सहभागिता रहेको थियो । विभिन्न उमेर समूहमा रहेको सहभागीहरु मध्येबाट विभिन्न शिर्षकमा उपाधी जितेका थिए ।
प्रतियोगीताका मुख्य निणार्यक कलाकार किरण केसी तथा अन्य निणार्यकहरु वरिष्ठ रेडियोलोजिष्ट डा.सुशिल जंग शाह, डर्माटोलोजिष्ट डा.अपर्णा शाह, ईन्टरनेशनल रनवे मोडल दिपक घिमिरे, गायिका सरस्वती खत्री ‘सुरसुधा’, हबिव्सका प्रमुख सेजल जलान, मुम्बईबाट आएकी चर्चित अन्तराष्ट्रिय मोडल ऐश्वर्य उपाध्याय तथा भारतिय वरिष्ठ संचारकर्मी एवं ईभेन्ट डाईरेक्टर सविता भारति राणाले विजेताहरुलाई उपाधीको प्रमाण पत्र तथा ताज पहिराईदिएका थिए ।
यो वर्षको प्याजेन्ट नेपाल तिज महोत्सवको डायमण्ड मिसेस तिजको उपाधी लिला केसीले हात पार्न सफल भएकी छिन । उनलाई जुरी टिमले उपाधी तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
विजेतालाई विभिन्न गिफ्ट ह्याम्पर समेत उपलव्ध गराईएको थियो । प्रतियोगीताको कोरियोग्राफी लविन अन्सारी र सुमी बानियाले गरेका थिए । भने कार्यक्रममा प्याजेन्ट नेपालकी सिईओ ममोथा बस्नेतको सत्यम शिवम् सुन्दरम बोलको नृत्यलाई दर्शक दिर्घाबाट निकै रुचाइएको थियो ।
कार्यक्रममा चर्चित कलाकारहरु आनन्द कार्की, गायिका मन्जु थापा, गायक सपन श्रेष्ठ, गायिका सरस्वती खत्री सुरसुधा, गायिका पूजन काफ्ले,गायिका सुजाता केसी,नृत्यङ्गना रोमा न्यौपाने,नृत्यङ्गना वर्षा कार्की तथा होचा पुड्का कलाकारहरुले आ आफ्नो प्रस्तुती दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८३ - २१:५८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुस...
बैशाख १९ गते, २०८३ - २१:४५
‘राज्य आतंक’ नरोके कडा आन्दोलनमा जाने चेतावनी,
बैशाख १९ गते, २०८३ - २१:४१
काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर...
बैशाख १९ गते, २०८३ - २१:३८
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका-३ का वडाध्यक्ष जेफर राईले नेपाली कांग्रेस परित्याग गरेका छन्। उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू आबद्ध रहे...
बैशाख १९ गते, २०८३ - २१:३४
एजेन्सी । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएक...
बैशाख १९ गते, २०८३ - २१:२९
खोटाङ । खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । भीरबाट खस्दा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको ...
बैशाख १९ गते, २०८३ - २१:२१
तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन ...
बैशाख १९ गते, २०८३ - २१:१८
काठमाडाैं । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। उच्च अदालत विराटनगर, ...
बैशाख १९ गते, २०८३ - २१:१६
कालीकोट । ११ वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति फर्किँदा दुःखको अन्धकार सधैँ हटेको छ । उनको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्...
बैशाख १९ गते, २०८३ - २१:०९
काठमाडौँ । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी...


प्रतिकृया लेख्नुहोस्: