Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

किसानलाई व्यावसायिक तथा प्राविधिक पशुपालन तालिम

खबरडबली संवाददाता

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकामा पशुपालक किसानलाई व्यावसायिक तथा प्राविधिक पशुपालन तालिम प्रदान गरिएको छ । पालिकामा दूध र मासु उत्पादन बढाउन किसानलाई थप व्यावसायिक बनाउँदै लैजाउनुपर्ने भएकाले विज्ञ पशुचिकित्सक बोलाएर तालिम सञ्चालन गरिएको गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए।

“दैनिक जीविकोपार्जनका लागि घरमा वर्षौंदेखि पशुपालन गर्दै आएका किसान छनोट गरेर तालिम दिइएको छ”, उनले भने, “पशुबस्तुको राम्रो स्याहारसुसार गर्न नजान्दा किसानले पर्याप्त लाभ लिन नसकेकाले विज्ञ पशु चिकित्सकमार्फत तालिम प्रदान गरिएको हो ।” तालिमबाट किसानले पशुवस्तुको हेरचाह र सामान्य रोगको पहिचान तथा प्राथमिक उपचारकाबारेमा जानकारी लिएका छन् ।

त्यस्तै नश्ल गुणस्तर पहिचान, पशुबस्तुका लागि आवश्यक पर्ने सन्तुलित आहार बनाउने तरिकालगायत विषयमा पनि तालिमका माध्यमबाट किसानलाई जानकारी प्रदान गराइएको उनको भनाइ छ । तालिममा पशुविज्ञ चिकित्सक डा कमलेश्वर भट्टलगायतले सहभागी किसानलाई सहजीकरण गरेका हुन्। तालिममा गाउँपालिकाअन्तर्गत वडा नं ७ र ८ का ५० जनाभन्दा बढी पशुपालक किसानको सहभागिता थियो ।

गाउँघरमा प्रायः देखिने खोरेत, लम्पीस्किन, थुनेलो, पड्के आदि रोगबाट पशुबस्तुलाई जोगाउन र रोग लागेमा उपचारका लागि किसानले ध्यान दिनुपर्ने विषयमा विज्ञहरुले तालिममार्फत किसानलाई सचेत गराएका छन् ।

विज्ञले किसानलाई गोठमा रहेका रोगी र निरोगी पशुको पहिचान गर्न सिकाइएको तालिममा सहभागी हुनुभएका पशुपालक किसान शरण श्रेष्ठले बताए ।

पशुबस्तुका लागि खोपको महत्व र पशु बीमा आवश्यकता बारेमा सचेतनाले तालिम प्रभावकारी भएको उनको भनाइ छ । युवा शक्ति समाज रुपान्तरणको सहयोग तथा मिलनसार युवा क्लबको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अध्यादेश मार्फत १ सय १० कानून परिमार्जन हुँदा यी निकायमा पदाधिकारी पदमुक्त हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुस...

धरानमा सुकुम्बासीको प्रदर्शन: विकल्पबिनाको हटाउने अभियान अस्वीकार्य

‘राज्य आतंक’ नरोके कडा आन्दोलनमा जाने चेतावनी,

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर...

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष राईले गरे पार्टी परित्यागको घोषणा

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका-३ का वडाध्यक्ष जेफर राईले नेपाली कांग्रेस परित्याग गरेका छन्। उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू आबद्ध रहे...

जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा, नेटोले माग्यो विस्तृत विवरण

एजेन्सी । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएक...

हराएको खुकुरी खोज्नेक्रममा भीरबाट खसेर दुई जनाको मृत्यु

खोटाङ । खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । भीरबाट खस्दा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको ...

तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन ...

जबरजस्ती करणीमा १२ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।  उच्च अदालत विराटनगर, ...

८ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा ...

कालीकोट । ११ वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति फर्किँदा दुःखको अन्धकार सधैँ हटेको छ । उनको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्...

कृष्ण मन्दिर हत्या प्रकरणः हत्यारालाई समात्ने प्रहरी जवानलाई मृतकका आमाबुवाले दिए नगद पुरस्कार

काठमाडौँ । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending