गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकामा पशुपालक किसानलाई व्यावसायिक तथा प्राविधिक पशुपालन तालिम प्रदान गरिएको छ । पालिकामा दूध र मासु उत्पादन बढाउन किसानलाई थप व्यावसायिक बनाउँदै लैजाउनुपर्ने भएकाले विज्ञ पशुचिकित्सक बोलाएर तालिम सञ्चालन गरिएको गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए।
“दैनिक जीविकोपार्जनका लागि घरमा वर्षौंदेखि पशुपालन गर्दै आएका किसान छनोट गरेर तालिम दिइएको छ”, उनले भने, “पशुबस्तुको राम्रो स्याहारसुसार गर्न नजान्दा किसानले पर्याप्त लाभ लिन नसकेकाले विज्ञ पशु चिकित्सकमार्फत तालिम प्रदान गरिएको हो ।” तालिमबाट किसानले पशुवस्तुको हेरचाह र सामान्य रोगको पहिचान तथा प्राथमिक उपचारकाबारेमा जानकारी लिएका छन् ।
त्यस्तै नश्ल गुणस्तर पहिचान, पशुबस्तुका लागि आवश्यक पर्ने सन्तुलित आहार बनाउने तरिकालगायत विषयमा पनि तालिमका माध्यमबाट किसानलाई जानकारी प्रदान गराइएको उनको भनाइ छ । तालिममा पशुविज्ञ चिकित्सक डा कमलेश्वर भट्टलगायतले सहभागी किसानलाई सहजीकरण गरेका हुन्। तालिममा गाउँपालिकाअन्तर्गत वडा नं ७ र ८ का ५० जनाभन्दा बढी पशुपालक किसानको सहभागिता थियो ।
गाउँघरमा प्रायः देखिने खोरेत, लम्पीस्किन, थुनेलो, पड्के आदि रोगबाट पशुबस्तुलाई जोगाउन र रोग लागेमा उपचारका लागि किसानले ध्यान दिनुपर्ने विषयमा विज्ञहरुले तालिममार्फत किसानलाई सचेत गराएका छन् ।
विज्ञले किसानलाई गोठमा रहेका रोगी र निरोगी पशुको पहिचान गर्न सिकाइएको तालिममा सहभागी हुनुभएका पशुपालक किसान शरण श्रेष्ठले बताए ।
पशुबस्तुका लागि खोपको महत्व र पशु बीमा आवश्यकता बारेमा सचेतनाले तालिम प्रभावकारी भएको उनको भनाइ छ । युवा शक्ति समाज रुपान्तरणको सहयोग तथा मिलनसार युवा क्लबको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: