काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
भारी वर्षा हुने क्षेत्रका नदीमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १८ गते, २०८२ - २०:४८
अबको चार दिनपछि, अर्थात् फागुन २१ गते देशमा निर्वाचन हुँदैछ । यस निर्वाचनबाट नयाँ संसद गठन हुनेछ र संसदबाट नयाँ सरकार बन्नेछ । त्यसैले यस निर्वाचनको अ...
फाल्गुन १८ गते, २०८२ - २०:४७
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वन कार्यालयस्थित बागेश्वरी भवनको अगाडि कार दुर्घटना भएको छ । सोमबार नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा ...
फाल्गुन १८ गते, २०८२ - २०:३८
काठमाडौं। निर्वाचन अवधिमा न्यायालयको सेवा प्रवाह प्रभावित भएको विषयले आलोचना बढाएको छ। नेपालमा बैंकहरू समेत सेवा दिन तत्पर रहँदा, न्यायालयले पाँच दिनस...
फाल्गुन १८ गते, २०८२ - २०:३७
झापा । बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापा क्षेत्र नम्बर ५ मा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचन शान्तिपूर्ण र निष्पक्ष र...
फाल्गुन १८ गते, २०८२ - २०:३३
काठमाडौं । लेबनानको राजधानी बेरुतमा आज साँझ एक शक्तिशाली विस्फोट भएको छ। स्थानीय समयअनुसार राती ८:०० बजे सुनिएको यो विस्फोटको आवाजले पूरा सहर थर्किए...
फाल्गुन १८ गते, २०८२ - २०:२३
काठमाडौं । मध्यपूर्व क्षेत्रमा देखिएको पछिल्लो असामान्य अवस्थाका कारण केही देशले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ...
फाल्गुन १८ गते, २०८२ - २०:१८
काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार हुने प्रतिनिधि सभा निर्वाचन चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको या...
फाल्गुन १८ गते, २०८२ - २०:१५
रामेछाप । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा श्याम कुमार श्रेष्ठ (कुशल) ले मतदातासँग पुनः समर्थनको अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अप...
फाल्गुन १८ गते, २०८२ - १९:५०
बागलुङ । बागलुङका दुई प्रतिनिधिसभा क्षेत्रमा कुल २३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिँदा ४० वर्षमुनिका पाँच युवा अनुहार विशेष चासोका केन्द्र बनेका छ...
फाल्गुन १८ गते, २०८२ - १९:३०
काठमाडौं। नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको कुनै पनि किसिमको अभाव नरहेको स्पष्ट पारेको छ। पछिल्लो समय विभिन्न पेट्रोल पम्पहरूमा देखिएको लामो...



प्रतिकृया लेख्नुहोस्: