Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

चिया निर्यातका लागि विकल्प खोज्दै व्यवसायी

खबरडबली संवाददाता

इलाम । चिया निर्यातको ठूलो हिस्सा ओगटेको भारतमा वर्सेनी चिया निर्यातमा समस्या आउन थालेपछि इलामका चिया व्यवसायीले चिया निर्यातका लागि वैकल्पिक उपाय खोज्न थालेका छन् । 

भारतले वर्सेनी नेपाली चिया निर्यातमा विभिन्न बहाना बनाएर अंकुश लगाउन थालेपछि चिया क्षेत्रका सरोकारवालाले चिया निर्यातका लागि अन्य मुलुकमा वैकल्पिक उपायको खोजी गर्न थालेका हुन् । 

इलामको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईको पहलमा सूर्योदय टी प्रोर्डयुस प्रा.लि. का डिल्लीराम श्रेष्ठको संयोजकत्वमा काठ्माडौं गएको चिया उद्योगीको प्रतिनिधि मण्डलले श्रीलंका र दुवईमा चिया निर्यातका लागि पहल थालेको छ । उक्त प्रतिनिधि मण्डलसहित अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिले नेपालका लागि दुवईका राजदुत सईद हमदान अल्नाक्बी र नेपालका लागि श्रीलंकाका राजदुत मार्सल शुर्दसन पाथिरनासँग भेट गरी नेपालको अर्थोडक्स चिया निर्यातका लागि छलफल भएको सूर्योदय टी प्रोर्डयुस प्रा।लि।का सचिव तथा चिया उद्योगी गोपाल कट्टेलले जानकारी दिए। 

उनका अनुसार छलफलमा अर्थ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे र परराष्ट्र मन्त्रालयका सह–सचिव अमृत राई लगायतको सहभागीता रहेको थियो। छलफलमा नेपाली चिया निर्यात गर्नका लागि दुबै देशले पहल थाल्ने सहमती भएको छ । दुबै देशमा नेपाली चिया निर्यात गर्नका लागि राजदुतमार्फत् अर्थ र परराष्ट्र मन्त्रालयले पहल थाल्ने सहमती भएको सचिव कट्टेलले जानकारी दिए । 

श्रीलंकाले वार्षिक रुपमा विश्वमै सबैभन्दा बढी २८ करोड किलोग्राम चिया निर्यात गर्ने गरेको तथ्याङ्क छ । सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले विश्वमै बढी चिया निर्यात गर्ने श्रीलंकाको अभ्यासबारे छलफल भएको जानकारी दिए। उनले नेपाली चिया गुणस्तरीय भएपनि विश्व बजारमा लैजान नसक्दा वर्सेनी समस्या आउने गरेका कारण भारतको मात्र भर नपरी अन्य देशमा चिया निर्यातका लागि व्यवसायीकै सक्रियतामा पहल सुरु भएको बताए।  

नगर प्रमुख राईले दुवईको डी।एम।सी।सी। कम्पनीले विश्वका १३ वटा देशमा चिया खरिद गरी बिक्री गरीरहेकाले राजदुतको पहलमा उक्त कम्पनी मार्फत नेपालको अर्थोडक्स चिया निर्यातका लागि पहल थालिएको जानकारी दिए। ूकरौडौं किलोग्राम चिया खरिद गर्ने यस देशमा कसरी नेपालले सिधै प्रवेश पाउन सक्छ र कुटनीतिक पहल वा निजी व्यवसायीले कुन विधिबाट जान उपयुक्त हुन्छ भन्ने बारेमा छलफल भएको छ,ू नगर प्रमुख राईले भने । 

भारतले नेपाली चियालाई गुणस्तरहिन र बिषदीको मात्रा बढी भएको भन्दै पटकपटक निर्यात रोक्दा पनि नेपाली चिया भारतमै बेच्नुपर्ने बाध्यता अहिलेसम्म रहेको छ । हाल सम्म १५ प्रतिशत अर्थोडक्स चिया नेपालमा खपत हुने गरेको छ भने बाँकी चिया भारत लगायत अन्य मुलुक जाने गरेको छ । 

राष्ट्रिय चिया तथा कफी विकास र्बोड चिया विस्तार योजना फिक्कलका चिया प्राविधिक नविन कोइरालाका अनुसार वार्षिक रुपमा इलाममा मात्र ६७ लाख ५७ हजार ५७६ किलोग्रम अर्थोडक्स चिया उत्पादन हुने गरेको छ । नेपालमा बार्षिक रुपमा दुई करोड ६३ लाख किलोग्राम अर्थोडक्स चिया उच्पादन हुने गरेको प्रविधिक कोइराले जानकारी दिनुभयो । 

सन् २००० देखि २०१५ सम्मको प्राप्त तथ्याङ्क अनुसार चियाको आन्तरिक बजार तथा प्रति व्यक्ति उपभोग वार्षिक ११ प्रतिशतका दरले वृद्धि भइरहेको देखाउँछ । तर, कफी लगायत अन्य प्रतिस्पर्धी पेय पदार्थको उपभोग बढ्दै जाँदा सन् २०२५ सम्ममा नेपालमा चिया उपभोगको वार्षिक वृद्धीदर ५देखि ८ प्रतिशतमा झर्न सक्ने अनुमान गरेको पाइन्छ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेवाग्राही ठगेको अभियोगमा चितवनबाट १६ जना पक्राउ

चितवन। मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दु:ख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्‍याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको...

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ। बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले उपाध्यक्षको निर...

सदनमा मेरो भूमिका पक्ष, विपक्ष भन्दा निष्पक्ष हुनेछ : सांसद महावीर पुन

काठमाडौँ। स्वतन्त्र सांसद महावीर पुनले आफू सदनमा पक्ष, विपक्ष भन्दा निष्पक्ष रुपमा प्रस्तुत हुने बताएको छन् । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनप...

गृहमन्त्री गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेको छन्। फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रत...

प्रदेश संरचना खारेज गरे राप्रपाले समर्थन गर्छ - ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बह...

साताको अन्तिम दिन नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ। यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८२ अङ्...

विद्युत् खरिद सम्झौता र अनुमतिपत्रको अध्ययन गर्न दुई समिति गठन

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद सम्झौता (पीपीए) र विद्युत् उत्पादन अनुमतिपत्रहरूको विस्तृत अध्ययन तथा समीक्षा गर्न दुईवट...

हामी सरकारलाई रचनात्मक सहयोग गर्छौं : नेकपा सांसद पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताएको छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको...

सांसद साम्पाङले संसद्मा विभेदको विषय उठाए, बोल्ने समय सबैलाई बराबर हुनुपर्ने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले संसद्भित्रै विभेद रहेको टिप्पणी गरेका छन्। बिहीबार नयाँ प्रतिनिधिसभाको...

अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न सांसद साम्पाङको माग

काठमाडौं। श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ ले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्। प्रतिनिधिसभाको प...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending