Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८२ सोमबार | 19th May, 2025 Mon
Investment bank

चिया निर्यातका लागि विकल्प खोज्दै व्यवसायी

खबरडबली संवाददाता

इलाम । चिया निर्यातको ठूलो हिस्सा ओगटेको भारतमा वर्सेनी चिया निर्यातमा समस्या आउन थालेपछि इलामका चिया व्यवसायीले चिया निर्यातका लागि वैकल्पिक उपाय खोज्न थालेका छन् । 

भारतले वर्सेनी नेपाली चिया निर्यातमा विभिन्न बहाना बनाएर अंकुश लगाउन थालेपछि चिया क्षेत्रका सरोकारवालाले चिया निर्यातका लागि अन्य मुलुकमा वैकल्पिक उपायको खोजी गर्न थालेका हुन् । 

इलामको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईको पहलमा सूर्योदय टी प्रोर्डयुस प्रा.लि. का डिल्लीराम श्रेष्ठको संयोजकत्वमा काठ्माडौं गएको चिया उद्योगीको प्रतिनिधि मण्डलले श्रीलंका र दुवईमा चिया निर्यातका लागि पहल थालेको छ । उक्त प्रतिनिधि मण्डलसहित अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिले नेपालका लागि दुवईका राजदुत सईद हमदान अल्नाक्बी र नेपालका लागि श्रीलंकाका राजदुत मार्सल शुर्दसन पाथिरनासँग भेट गरी नेपालको अर्थोडक्स चिया निर्यातका लागि छलफल भएको सूर्योदय टी प्रोर्डयुस प्रा।लि।का सचिव तथा चिया उद्योगी गोपाल कट्टेलले जानकारी दिए। 

उनका अनुसार छलफलमा अर्थ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे र परराष्ट्र मन्त्रालयका सह–सचिव अमृत राई लगायतको सहभागीता रहेको थियो। छलफलमा नेपाली चिया निर्यात गर्नका लागि दुबै देशले पहल थाल्ने सहमती भएको छ । दुबै देशमा नेपाली चिया निर्यात गर्नका लागि राजदुतमार्फत् अर्थ र परराष्ट्र मन्त्रालयले पहल थाल्ने सहमती भएको सचिव कट्टेलले जानकारी दिए । 

श्रीलंकाले वार्षिक रुपमा विश्वमै सबैभन्दा बढी २८ करोड किलोग्राम चिया निर्यात गर्ने गरेको तथ्याङ्क छ । सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले विश्वमै बढी चिया निर्यात गर्ने श्रीलंकाको अभ्यासबारे छलफल भएको जानकारी दिए। उनले नेपाली चिया गुणस्तरीय भएपनि विश्व बजारमा लैजान नसक्दा वर्सेनी समस्या आउने गरेका कारण भारतको मात्र भर नपरी अन्य देशमा चिया निर्यातका लागि व्यवसायीकै सक्रियतामा पहल सुरु भएको बताए।  

नगर प्रमुख राईले दुवईको डी।एम।सी।सी। कम्पनीले विश्वका १३ वटा देशमा चिया खरिद गरी बिक्री गरीरहेकाले राजदुतको पहलमा उक्त कम्पनी मार्फत नेपालको अर्थोडक्स चिया निर्यातका लागि पहल थालिएको जानकारी दिए। ूकरौडौं किलोग्राम चिया खरिद गर्ने यस देशमा कसरी नेपालले सिधै प्रवेश पाउन सक्छ र कुटनीतिक पहल वा निजी व्यवसायीले कुन विधिबाट जान उपयुक्त हुन्छ भन्ने बारेमा छलफल भएको छ,ू नगर प्रमुख राईले भने । 

भारतले नेपाली चियालाई गुणस्तरहिन र बिषदीको मात्रा बढी भएको भन्दै पटकपटक निर्यात रोक्दा पनि नेपाली चिया भारतमै बेच्नुपर्ने बाध्यता अहिलेसम्म रहेको छ । हाल सम्म १५ प्रतिशत अर्थोडक्स चिया नेपालमा खपत हुने गरेको छ भने बाँकी चिया भारत लगायत अन्य मुलुक जाने गरेको छ । 

राष्ट्रिय चिया तथा कफी विकास र्बोड चिया विस्तार योजना फिक्कलका चिया प्राविधिक नविन कोइरालाका अनुसार वार्षिक रुपमा इलाममा मात्र ६७ लाख ५७ हजार ५७६ किलोग्रम अर्थोडक्स चिया उत्पादन हुने गरेको छ । नेपालमा बार्षिक रुपमा दुई करोड ६३ लाख किलोग्राम अर्थोडक्स चिया उच्पादन हुने गरेको प्रविधिक कोइराले जानकारी दिनुभयो । 

सन् २००० देखि २०१५ सम्मको प्राप्त तथ्याङ्क अनुसार चियाको आन्तरिक बजार तथा प्रति व्यक्ति उपभोग वार्षिक ११ प्रतिशतका दरले वृद्धि भइरहेको देखाउँछ । तर, कफी लगायत अन्य प्रतिस्पर्धी पेय पदार्थको उपभोग बढ्दै जाँदा सन् २०२५ सम्ममा नेपालमा चिया उपभोगको वार्षिक वृद्धीदर ५देखि ८ प्रतिशतमा झर्न सक्ने अनुमान गरेको पाइन्छ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अदालतले प्रसाईंलाई र...

कुलमान हटाइनु सम्पूर्ण नेपालीहरूको पहिचानमाथि सरकारले गरेको अत्याचार हो : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनु सम्पूर्ण नेपा...

रसुवामा ठूलो परिमाणमा सुन बरामद

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, रसुवाले ठूलो परिमाणमा सुन बरामद गरेको छ । अहिले सुन जोख्ने काम भइरहेको रसुवा प्रहरी प्रमुख हेमबहादुर शाहीले बताए...

महिला टी–२० विश्वकप छनोट : सुपर तीनमा नेपालको पहिलो खेल युएईसँग

काठमाडौँ । थाइल्यान्डमा जारी आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर तीनको पहिलो खेलमा नेपालले सोमबार संयुक्त अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्ध...

६ दिनदेखि नेप्सेको गिरावट कायमै

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक २.६९ अंकले घटेको छ । शून्य दशमलव १० प्रतिशतले घटेर २ हजार ६ सय ९ दशमलव शून्य पाँच विन्दुमा ओर्लिएको हो । ग...

देउवापछि कांग्रेसमा को सभापति ? सानेपामा देउवानिकट ६ भाइको बैठक जारी

काठमाडौँ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवानिकट ६ पूर्व पदाधिकारीहरु छलफलमा जुटेका छन्। पूर्व उपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, वि...

एक हप्तामा गभर्नरको नियुक्ति : सञ्चारमन्त्री गुरुङ

सरकार साढे तीन वर्ष ढुक्कले जाने भएपछि विपक्षीहरू आत्तिए

२५ बुँदे आह्वान जारी गर्दै सम्पन्न भयो सगरमाथा संवाद

काठमाडौँ। नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ। ‘जलवायु परिवर्तन, हिमाल र म...

सुदूरपश्चिममा नाउपाबाट रामेश्वर चौधरी मन्त्री नियुक्त

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद रामेश्वर चौधरी सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । आइतब...

उच्च मनोबलका साथ विश्व प्रतिस्पार्धामा विजयी हुनुस् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending