Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन गर्छौं : गृहमन्त्री लेखक

खबरडबली संवाददाता

धनगढी। गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच असार १७ गते भएको सहमति, सम्झौतालाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने बताएको छन् । 

गृह जिल्ला कञ्चनपुरको महेन्द्रनगरमा जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै गृहमन्त्रीले सहमति कार्यान्वयनमा कुनै पनि शङ्का नगर्न आग्रह गरेको हो । “यो सहमतिलाई कार्यान्वयन गर्ने भनेर नेपाली कांग्रेसको तर्फबाट हाम्रो पूर्ण प्रतिबद्धता छ”, उनले थपे, “नेकपा ९एमाले० ले पनि यो सहमतिको विकल्प नरहेको ठहर गर्दै यसलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरेको छ ।”

देशको आवश्यकता र जनताको चाहना बमोजिम दुई ठुला दलले सातबुँदे सहमति गरेर सरकार बनाएको गृहमन्त्रीको भनाइ थियो । उनले कांग्रेस र एमाले मिलेर यो देशमा ऐतिहासिक सफलताहरु प्राप्त गरेको बताए। गृहमन्त्री लेखकले भने, “२०४६-४७ को आन्दोलनमा हामी मिल्दा पञ्चायती व्यवस्थाको विरुद्धमा हामीले यो देशमा लोकतान्त्रिक व्यवस्था-बहुदलीय व्यवस्था स्थापना गर्‍यौं । २०५२ देखि २०६२ सालसम्म भएको सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्‍यौं । तत्कालीन माओवादीलाई शान्तिमा ल्यायौं र सहकार्यका साथ अगाडि बढ्यौं, त्यो कांग्रेस, एमाले मिलेरै भएको हो ।”

मिलेरै अन्तरिम संविधान, संविधान सभा र २०७२ को संविधान बनाई ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गर्नुहुँदै गृहमन्त्रीले अहिले पनि देशको विशिष्ट कार्यभार पूरा गर्नका लागि एक ठाउँमा उभिएको बताए । 

कांग्रेस, एमालेको सहमति देशको विकास र विकास निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाउन र संविधान कार्यान्वयनको क्रममा देखापरेका सवल तथा दुर्वल पक्ष, जटिलतालाई पहिचान गरेर आवश्यकतानुसार संविधान संशोधनका लागि रहेको लेखकको भनाइ थियो । उनले मुलुकमा सरकारको स्थायित्व, भ्रष्टाचार अन्त्य, सुशासन स्थापना गर्न, अर्थतन्त्रलाई चलायमान तथा क्रियाशील बनाउनका लागि दुई ठुला दलले सहमति गरेको उल्लेख गरे। 

संविधान संशोधनको कुरा उठ्दा कतिपय पार्टीका नेताहरु झस्किने गरेको भन्दै गृहमन्त्री लेखकले त्यसरी नझस्किन आग्रह गरे । उनले भने,“सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृद्ध गर्न, संविधानलाई जनताको लागि झन् उपयोगी बनाउन र समावेशी चरित्रको राज्य बनाउने विषयलाई थप राम्रो बनाउनका लागि यो एजेण्डा ल्याएका हौं ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य आफूहरु मिलेर ल्याएको व्यवस्था रहेको उल्लेख गर्नुहुँदै उनले भने,“अहिलेको संविधान पनि हामीले मिलेर बनाएको हो । हामी यसप्रति प्रतिबद्ध छौं । यसको कार्यान्वयनमा प्रतिवद्ध छौं । त्यही गर्नका लागि यो समीकरण बनाइएको हो ।”

गृहमन्त्री लेखकले प्रहरीलाई आधुनिक बनाउँदै लगिने उल्लेख गर्दै आधुनिक खालको अपराध नियन्त्रणका लागि आधुनिक प्रहरीको आवश्यकता पर्ने गरेको बताए । नयाँ भवन निर्माणले प्रहरीको काम कारबाहीमा थप सहयोग मिल्ने उनको भनाइ थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सांसदका लागि महामन्‍त्रीको पाँचबुँदे निर्देशन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...

निजी अस्पतालका १० प्रतिशत बेड र निजी शैक्षिक संस्थाका १० प्रतिशत सिट कडाइका साथ कार्यान्वयन हुने

काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...

प्रधानमन्त्री बालेनले विदेशी राजदूतसँग छुट्टाछुट्टै भेट्ने तयारी

काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...

शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ लागू नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक प्रतिक्रिया र सुझावलाई ध्यानमा राख्दै उक्त निर...

अविरल वर्षाले घर भत्कियो: दुई जनाको उद्धार

तनहुँ। तनहुँमा परेको अविरल वर्षाका कारण भानु नगरपालिका–४ चुँदीबेँसीस्थित भानुभक्त टोलमा मङ्गलबार बिहान एक घर भत्किएको छ। जिल्ला प्रहरी कार्यालय तनह...

सिक्किम सुरुङ दुर्घटनामा नौ जनाको मृत्यु

नयाँदिल्ली। भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्तीमा नौ जना मजदुरको मृत्यु भएको छ भने अझै १५ जना सुरुङभित्...

पाकिस्तानमा मनसुनी वर्षाका कारण नौ जनाको मृत्यु

इस्लामाबाद। पाकिस्तानमा गएको २४ घण्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तिमा नौ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ । यो सँगै गत ज...

तीन हजार लिटर बढी घरेलु मदिरा नष्ट

कपिलवस्तु। कपिलवस्तु प्रहरीले जिल्लाका प्रमुख व्यापारिक क्षेत्र तथा आसपासका बस्तीमा अवैध रूपमा घरेलु मदिरा बिक्री–वितरण गर्ने विरुद्ध विशेष अभियान सञ्...

साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न जिल्लाबाट बग्ने साना नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड)को मध्यम जोखिम रहने भएकाले नदी तटीय क्षेत...

जानकी मन्दिरबाट किन लखेटिए हर्क सम्पाङका कार्यकर्ता ?

जनकपुरधाम । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न जानकी मन्दिर पुगेका पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending