धनगढी। गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच असार १७ गते भएको सहमति, सम्झौतालाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने बताएको छन् ।
गृह जिल्ला कञ्चनपुरको महेन्द्रनगरमा जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै गृहमन्त्रीले सहमति कार्यान्वयनमा कुनै पनि शङ्का नगर्न आग्रह गरेको हो । “यो सहमतिलाई कार्यान्वयन गर्ने भनेर नेपाली कांग्रेसको तर्फबाट हाम्रो पूर्ण प्रतिबद्धता छ”, उनले थपे, “नेकपा ९एमाले० ले पनि यो सहमतिको विकल्प नरहेको ठहर गर्दै यसलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरेको छ ।”
देशको आवश्यकता र जनताको चाहना बमोजिम दुई ठुला दलले सातबुँदे सहमति गरेर सरकार बनाएको गृहमन्त्रीको भनाइ थियो । उनले कांग्रेस र एमाले मिलेर यो देशमा ऐतिहासिक सफलताहरु प्राप्त गरेको बताए। गृहमन्त्री लेखकले भने, “२०४६-४७ को आन्दोलनमा हामी मिल्दा पञ्चायती व्यवस्थाको विरुद्धमा हामीले यो देशमा लोकतान्त्रिक व्यवस्था-बहुदलीय व्यवस्था स्थापना गर्यौं । २०५२ देखि २०६२ सालसम्म भएको सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्यौं । तत्कालीन माओवादीलाई शान्तिमा ल्यायौं र सहकार्यका साथ अगाडि बढ्यौं, त्यो कांग्रेस, एमाले मिलेरै भएको हो ।”
मिलेरै अन्तरिम संविधान, संविधान सभा र २०७२ को संविधान बनाई ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गर्नुहुँदै गृहमन्त्रीले अहिले पनि देशको विशिष्ट कार्यभार पूरा गर्नका लागि एक ठाउँमा उभिएको बताए ।
कांग्रेस, एमालेको सहमति देशको विकास र विकास निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाउन र संविधान कार्यान्वयनको क्रममा देखापरेका सवल तथा दुर्वल पक्ष, जटिलतालाई पहिचान गरेर आवश्यकतानुसार संविधान संशोधनका लागि रहेको लेखकको भनाइ थियो । उनले मुलुकमा सरकारको स्थायित्व, भ्रष्टाचार अन्त्य, सुशासन स्थापना गर्न, अर्थतन्त्रलाई चलायमान तथा क्रियाशील बनाउनका लागि दुई ठुला दलले सहमति गरेको उल्लेख गरे।
संविधान संशोधनको कुरा उठ्दा कतिपय पार्टीका नेताहरु झस्किने गरेको भन्दै गृहमन्त्री लेखकले त्यसरी नझस्किन आग्रह गरे । उनले भने,“सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृद्ध गर्न, संविधानलाई जनताको लागि झन् उपयोगी बनाउन र समावेशी चरित्रको राज्य बनाउने विषयलाई थप राम्रो बनाउनका लागि यो एजेण्डा ल्याएका हौं ।”
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य आफूहरु मिलेर ल्याएको व्यवस्था रहेको उल्लेख गर्नुहुँदै उनले भने,“अहिलेको संविधान पनि हामीले मिलेर बनाएको हो । हामी यसप्रति प्रतिबद्ध छौं । यसको कार्यान्वयनमा प्रतिवद्ध छौं । त्यही गर्नका लागि यो समीकरण बनाइएको हो ।”
गृहमन्त्री लेखकले प्रहरीलाई आधुनिक बनाउँदै लगिने उल्लेख गर्दै आधुनिक खालको अपराध नियन्त्रणका लागि आधुनिक प्रहरीको आवश्यकता पर्ने गरेको बताए । नयाँ भवन निर्माणले प्रहरीको काम कारबाहीमा थप सहयोग मिल्ने उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८२ - १७:२६
काठमाडौँ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ । निर्वाचतन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार बिहान ९ बजेदेख...
माघ १२ गते, २०८२ - १६:५९
विराटनगर। राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन्। उनी कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार थिइन्। दलित तर्...
माघ १२ गते, २०८२ - १६:३९
रुकुम पूर्व र पश्चिममा प्रलोपालाई एमालेले सघाउने
माघ १२ गते, २०८२ - १६:३२
काठमाडौं । आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशम...
माघ १२ गते, २०८२ - १६:२१
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र रुकुम पश्चिममा नेकपा एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई सघाउने भएको छ । यस ...
माघ १२ गते, २०८२ - १६:१३
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७...
माघ १२ गते, २०८२ - १६:०५
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम, तथ्यहीन तथा अमर्यादित सामग्री फैलाउनेहरूलाई माथिल्लो तहको आदेश कुर्नु नपरी तत्काल क...
माघ १२ गते, २०८२ - १५:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीका उम्मेदवारहरूसँग...
माघ १२ गते, २०८२ - १५:२७
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद सदस्य सन्तोष परियारले विवाह गरेका छन्। परियारले आइतबार जिल्ला अदालत कास्कीमा पु...
माघ १२ गते, २०८२ - १५:१८
काठमाडौँ। राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२:४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जना...




प्रतिकृया लेख्नुहोस्: