काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बताएको छन् ।
बुधवार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै अध्यक्ष दाहालले देशलाई दुई दलीय शासनतिर लान खोजिएको बताउनुभएको अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनए। उनले पार्टी कार्यकर्ता र जनतालाई प्रशिक्षित गर्दै पार्टी एकताबद्ध भएर अगाडी बढ्नुपर्ने बताए।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता सापकोटाले अध्यक्ष दाहालले सबै प्रतिपक्षलाई समाहित गर्दै अघि बढ्नुपर्ने बताएको जानकारी दिए । त्यस्तै संसदमा माओवादी केन्द्रको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा पनि दाहालले जोड दिनुभएको उनको भनाइ छ ।
बैठकमा अध्यक्ष प्रचण्डले भने, 'भूराजनीतिक स्थितिले गर्दाखेरी राष्ट्रियताको सवाल धेरै संवेदनशील भएको छ । राष्ट्रियता, जनजिविकाका सवालहरू दिन प्रतिदिन पेचिलो बन्दै गएका छन् । यस्तो परिस्थितिमा हामीले नयाँ विचारको विकास गर्दै यो जटिल परिस्थितिलाई चिर्नका लागि, चुनौतीको सामना गर्नका लागि पार्टीलाई एकताबद्ध बनाउने, सुदृढ गर्ने र जनदिशा लागू गर्ने । जनताका समस्याहरूको तथ्याङ्क सङ्कलन गर्ने । सदनलाई प्रभावकारी बनाउने । अन्तरक्रिया छलफल गर्ने । सरकारले पहिलेका सरकारले गरेका सुशासन, समृद्धिका कुराहरूलाई उल्ट्याउने खालको स्थिति बनाइरहेको छ । अब जनताको हक अधिकार खोसिने आशङ्का भएको छ । जनतामा आक्रोश पनि बढिरहेको छ । जनता सरकारका क्रियाकलाप, रवैयाप्रति असन्तुष्ट हुँदै गएको छ ।'
यसैगरी सबै प्रतिपक्षलाई समाहित गर्दै संसदमा भएको शक्तिलाई प्रभावकारी बनाउने तथा अन्य फोरमहरूमा पनि सरकारको जनविरोधी क्रियाकलापहरू, भ्रष्टाचार विरोधी अभियान रोकिएको बताउँदै अध्यक्ष दाहालले लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श पनि कमजोर हुँदै गइराखेको उल्लेख गरे।
उनले भने, 'दुई दलीय शासनतिर देशलाई लान खोजिएको छ । त्यसले अधिनायकवादतिर लाने सङ्केत देखा परेको छ । पश्चगमनतिर जान खोजेको छ । त्यसलाई रोक्नका लागि जनतालाई सुसूचित गर्नुपर्छ । प्रशिक्षित गर्नुपर्छ । पार्टी एकताबद्ध भएर अगाडी बढ्नुपर्छ भन्ने निर्णय भएको छ ।'
यस्तै, प्रवक्ता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसा भन्नु संविधान विपरीत भएको बताए। प्रधानमन्त्रीले वृहत् शान्ति सम्झौताको विपरीत बोलेको उनले बताए। उनले नेकपा हुँदा दस्ताबेजमै जनयुद्धलाई सशस्त्र सङ्घर्ष लेखिएको भन्दै सो कुरा बिर्सिएर जनयुद्धलाई हिंसा भन्नुमा बदनियत रहेको बताए।
उनले सरकारको गतिविधिका कारण यो सरकार दलाल पुँजीपति, बिचौलिया र माफियाहरूको पक्षमा छ भन्ने स्पष्ट भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८२ - १७:२६
काठमाडौँ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ । निर्वाचतन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार बिहान ९ बजेदेख...
माघ १२ गते, २०८२ - १६:५९
विराटनगर। राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन्। उनी कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार थिइन्। दलित तर्...
माघ १२ गते, २०८२ - १६:३९
रुकुम पूर्व र पश्चिममा प्रलोपालाई एमालेले सघाउने
माघ १२ गते, २०८२ - १६:३२
काठमाडौं । आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशम...
माघ १२ गते, २०८२ - १६:२१
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र रुकुम पश्चिममा नेकपा एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई सघाउने भएको छ । यस ...
माघ १२ गते, २०८२ - १६:१३
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७...
माघ १२ गते, २०८२ - १६:०५
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम, तथ्यहीन तथा अमर्यादित सामग्री फैलाउनेहरूलाई माथिल्लो तहको आदेश कुर्नु नपरी तत्काल क...
माघ १२ गते, २०८२ - १५:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीका उम्मेदवारहरूसँग...
माघ १२ गते, २०८२ - १५:२७
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद सदस्य सन्तोष परियारले विवाह गरेका छन्। परियारले आइतबार जिल्ला अदालत कास्कीमा पु...
माघ १२ गते, २०८२ - १५:१८
काठमाडौँ। राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२:४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जना...




प्रतिकृया लेख्नुहोस्: