सुर्खेत। प्रदेश अस्पताल सुर्खेत र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर बिच क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्झौता भएको छ । सङ्घीय सरकारले क्यान्सर नियन्त्रण राष्ट्रिय रणनीति (२०२४–२०३०)तयार पारेसँगै अब सातै प्रदेशबाट क्यान्सर निदान र उपचार सेवा सुरु हुन लागेको हो ।
मङ्गलबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल र प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्का बिच सेवा विस्तार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा बीपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख छ । यसैगरी सुर्खेत प्रादेशिक अस्पतालले भने आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
सरकारको क्यान्सर नियन्त्रण रणनीतिमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कर्णालीमा सेवा विस्तार गर्ने जिम्मेवारी तोकेको थियो । रणनीति कार्यान्वयनका लागि सङ्घीय स्वास्थ तथा जनजङ्ख्या मन्त्रालयले कार्यविधिसमेत पारित गरिसकेको छ । सुर्खेतमा सेवा विस्तार हुने भएसँगै कर्णाली प्रदेशका नागरिकलाई क्यान्सरको उपचार गर्न अन्यत्र जार्नुपर्ने बाध्यताको अन्त्य प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - १५:४१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...
श्रावण ५ गते, २०८३ - १५:२७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...
श्रावण ५ गते, २०८३ - १५:१६
काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...
श्रावण ५ गते, २०८३ - १५:०१
काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...
श्रावण ५ गते, २०८३ - १४:५५
काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ लागू नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक प्रतिक्रिया र सुझावलाई ध्यानमा राख्दै उक्त निर...
श्रावण ५ गते, २०८३ - १४:५०
तनहुँ। तनहुँमा परेको अविरल वर्षाका कारण भानु नगरपालिका–४ चुँदीबेँसीस्थित भानुभक्त टोलमा मङ्गलबार बिहान एक घर भत्किएको छ। जिल्ला प्रहरी कार्यालय तनह...
श्रावण ५ गते, २०८३ - १४:०२
नयाँदिल्ली। भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्तीमा नौ जना मजदुरको मृत्यु भएको छ भने अझै १५ जना सुरुङभित्...
श्रावण ५ गते, २०८३ - १३:५०
इस्लामाबाद। पाकिस्तानमा गएको २४ घण्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तिमा नौ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ । यो सँगै गत ज...
श्रावण ५ गते, २०८३ - १३:४६
कपिलवस्तु। कपिलवस्तु प्रहरीले जिल्लाका प्रमुख व्यापारिक क्षेत्र तथा आसपासका बस्तीमा अवैध रूपमा घरेलु मदिरा बिक्री–वितरण गर्ने विरुद्ध विशेष अभियान सञ्...
श्रावण ५ गते, २०८३ - १३:३७
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न जिल्लाबाट बग्ने साना नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड)को मध्यम जोखिम रहने भएकाले नदी तटीय क्षेत...



प्रतिकृया लेख्नुहोस्: