Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

आत्महत्याका घटना बढ्दै, न्यूनीकरण अभियान प्रभावहीन

खबरडबली संवाददाता

तानसेन  ।  पाल्पामा आत्महत्याका घटनामा वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा गत आव २०८०/०८१ मा आत्महत्या गर्ने बढेका हुन्। 

घरायासी समस्या, आवेग, डिप्रेसन, दीर्घरोग, प्रेममा वियोग लगायतका कारणले आत्महत्या बढेको प्रहरीले जनाएको छ । अघिल्लो आव २०७९/०८० मा जिल्लाभर ६७ जनाले आत्महत्या गरेकामा गत आव २०८०/०८१ मा ८८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अघिल्लो आवको तुलनामा २१ जना बढीले आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । तुलनात्मक रुपमा ४० वर्ष माथिका मानिसले बढी आत्महत्या गर्ने गरेको उनले बताए । 

गत आवमा ४० वर्षभन्दा माथिका ४८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । जबकी अघिल्लो आवमा यो उमेर समूहका ४० जनाले मात्र आत्महत्या गरेका थिए। ४० वर्षभन्दामाथि आत्महत्या गर्ने मानिस दीर्घरोगी, पारिवारिक समस्यामा रहेका, डिप्रेसनका औषधी सेवन गरेका रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय गरिवीका कारण पारिवारिक समस्यामा परेका मानिसले पनि आत्महत्याको बाटो रोजेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने अवस्था आउँदा आत्महत्या गरेको अनुसन्धानमा खुलेको उनले बताए। 

यस्तै पछिल्लो समय आत्महत्या गर्ने किशोर–किशोरी पनि बढेका छ । गत आव २०८०(०८१ मा सात जना बालबालिकासहित किशोर–किशोरीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यो सङ्ख्या अघिल्लो आवको तुलनामा चारले बढी हो । 

मानिस विभिन्न समस्यामा पर्दा समयमै उचित परामर्शको अभावमा पनि आत्महत्या बढेको छ । समस्यामा परेको बेलामा उचित सल्लाह र साथ नपाएपछि आत्महत्या गर्ने गरेको प्रहरीको दावी छ । एक्लै बस्ने प्रचलन, एकको पीरमर्का अर्कालाई नभन्ने प्रवृत्ति बढेकाले पनि आत्महत्याको दर बढेको प्रहरीले जनाएको छ । 

न्यूनीकरण अभियान प्रभावहीन

आत्महत्या न्युनीकरण गर्न प्रहरी र केही सङ्घसंस्थाले अभियान चलाएका छन् । प्रहरीले मातहतका सबै निकायलाई आत्महत्या न्युनीकरणका अभियान निरन्तर चलाउन निर्देशन गरेको छ । तर उक्त अभियानले खासै प्रभावकारी हुन सकेको छैन । आत्महत्या गर्न सक्ने मानिसको पहुँचसम्म अभियान पुग्न नसकेको सरोकारवाला निकायले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending