मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कस्थित रत्ना होटलमा गत भदौ १० गते मृत फेला परेकी एलिसा न्यौपानेको हत्याको मुख्य आरोपी समिर खान भन्ने चाँद खाँ पैठानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पैठानलाई हेटौँडा ५ स्थित लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो । मकवानपुर प्रहरीको प्रारम्भिक अनुन्धानबाट हेटौँडा ४ कमलडाँडा निवासी २२ वर्षीय समिरले हेटौँडा ११ सरस्वतीकी २३ वर्षीया एलिसलाई होटलको कोठामा हत्या गरि फरार भएको खुलेको छ ।
९ गते आइतबार अपराह्न ५ बजेतिर एलिसासँगै समिर होटेलको कोठा नम्बर २०५ मा बसेका थिए । उनीहरु बा ६४ प १३५ नम्बरको स्कुटर चढेर उक्त होटलमा पुगेका थिए । त्यसको भोलिपल्ट भदौ १० गते विहान एलिसा मृत अवस्थामा होटलको कोठमा फेला परेकी थिइन् ।
एलिसाको हत्यापछि समिर कोठाको झ्यालबाट राति ९ बजेतिर होटलबाट बाहिरिएका थिए । उनले एलिसामाथी दुईवटा वियरको बोत्तलसहित धारिलो हतियारले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ । सोमबार बिहान अवेरसम्म कोठाको ढोका नखुलेपछि होटल साहुले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजाल र प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी नेतृत्वको टोलीले घटनास्थल पुगेर जनप्रतिनिधिको रोहोबरमा कोठा फोडेर हेर्दा एलिसाको शरिर रगतले लतपत्तिएको अवस्थामा फेला पारेको थियो । प्रहरी अनुसन्धानका ।क्रममा समिर र एलिसा लामो समयदेखि प्रेम सम्बन्धमा रहेको पाइएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार हत्याको कारणबाट विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।
प्रहरी प्रवक्ता भण्डारीले घटनापछि समिरलाई भगाउन र लुकाउन सहयोग गरेको आरोपमा निजकी आमा ५५ वर्षीया सैरुन खान, निजकी श्रीमती २६ वर्षीया रविना खातुन, ससुरा वीरगंज महानगरपालिका वडा नम्बर ३० का ५६ वर्षीय लालबाबु खाँ पैठान, उनका छोरा ३० वर्षीय फैयाज अहमद पक्राउ गरिएको छ । पक्राउ परेका चारै जनालाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - १२:२३
काठमाडौं । मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका अफन्तले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण अस्पताल परिसरभित्र तनावको ...
फाल्गुन १९ गते, २०८२ - १२:१७
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका-–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ। जिल्ला प्रहरी कार्यालय ...
फाल्गुन १९ गते, २०८२ - १२:१६
काठमाडौं । लुटपाट गर्न खोज्ने दुई जना युवालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका ९ स्थित चिल्मिलिया २१ ...
फाल्गुन १९ गते, २०८२ - १२:०४
काठमाडौं । इरानको रिभोल्युसनरी गार्डले बहराइनस्थित अमेरिकी एयरबेसलाई ध्वस्त पारिएको दावी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीले ड्रोन आक्रमण गरेर शेख ...
फाल्गुन १९ गते, २०८२ - १२:००
एजेन्सी । युुनाइटेड स्टेट्स र इरानबीचको द्वन्द्व खुला सैन्य चरणमा प्रवेश गरेपछि यसको आर्थिक, सामरिक र रणनीतिक लागतबारे बहस तीव्र बनेको छ। अमेरिकी रा...
फाल्गुन १९ गते, २०८२ - ११:५१
काठमाडौं । नेपाली बजारमा सुनको भाउ मंगलबार पनि उकालो लागेको छ । सोमबार तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको सुन आज मंगलबार पनि २ हजार ५ सय रुपैयाँ बढेको ...
फाल्गुन १९ गते, २०८२ - ११:४९
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट एक खर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकले ६ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत १ खर्ब रुपैयाँ ...
फाल्गुन १८ गते, २०८२ - २०:४८
अबको चार दिनपछि, अर्थात् फागुन २१ गते देशमा निर्वाचन हुँदैछ । यस निर्वाचनबाट नयाँ संसद गठन हुनेछ र संसदबाट नयाँ सरकार बन्नेछ । त्यसैले यस निर्वाचनको अ...
फाल्गुन १८ गते, २०८२ - २०:४७
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वन कार्यालयस्थित बागेश्वरी भवनको अगाडि कार दुर्घटना भएको छ । सोमबार नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा ...
फाल्गुन १८ गते, २०८२ - २०:३८
काठमाडौं। निर्वाचन अवधिमा न्यायालयको सेवा प्रवाह प्रभावित भएको विषयले आलोचना बढाएको छ। नेपालमा बैंकहरू समेत सेवा दिन तत्पर रहँदा, न्यायालयले पाँच दिनस...



प्रतिकृया लेख्नुहोस्: