मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कस्थित रत्ना होटलमा गत भदौ १० गते मृत फेला परेकी एलिसा न्यौपानेको हत्याको मुख्य आरोपी समिर खान भन्ने चाँद खाँ पैठानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पैठानलाई हेटौँडा ५ स्थित लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो । मकवानपुर प्रहरीको प्रारम्भिक अनुन्धानबाट हेटौँडा ४ कमलडाँडा निवासी २२ वर्षीय समिरले हेटौँडा ११ सरस्वतीकी २३ वर्षीया एलिसलाई होटलको कोठामा हत्या गरि फरार भएको खुलेको छ ।
९ गते आइतबार अपराह्न ५ बजेतिर एलिसासँगै समिर होटेलको कोठा नम्बर २०५ मा बसेका थिए । उनीहरु बा ६४ प १३५ नम्बरको स्कुटर चढेर उक्त होटलमा पुगेका थिए । त्यसको भोलिपल्ट भदौ १० गते विहान एलिसा मृत अवस्थामा होटलको कोठमा फेला परेकी थिइन् ।
एलिसाको हत्यापछि समिर कोठाको झ्यालबाट राति ९ बजेतिर होटलबाट बाहिरिएका थिए । उनले एलिसामाथी दुईवटा वियरको बोत्तलसहित धारिलो हतियारले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ । सोमबार बिहान अवेरसम्म कोठाको ढोका नखुलेपछि होटल साहुले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजाल र प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी नेतृत्वको टोलीले घटनास्थल पुगेर जनप्रतिनिधिको रोहोबरमा कोठा फोडेर हेर्दा एलिसाको शरिर रगतले लतपत्तिएको अवस्थामा फेला पारेको थियो । प्रहरी अनुसन्धानका ।क्रममा समिर र एलिसा लामो समयदेखि प्रेम सम्बन्धमा रहेको पाइएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार हत्याको कारणबाट विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।
प्रहरी प्रवक्ता भण्डारीले घटनापछि समिरलाई भगाउन र लुकाउन सहयोग गरेको आरोपमा निजकी आमा ५५ वर्षीया सैरुन खान, निजकी श्रीमती २६ वर्षीया रविना खातुन, ससुरा वीरगंज महानगरपालिका वडा नम्बर ३० का ५६ वर्षीय लालबाबु खाँ पैठान, उनका छोरा ३० वर्षीय फैयाज अहमद पक्राउ गरिएको छ । पक्राउ परेका चारै जनालाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: