Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

पहिलो किस्ताको पाँच अर्ब बुझाएर एनसेलको अनुमतिपत्र नवीकरण

खबरडबली संवाददाता

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पछिल्लो पाँच वर्षको सेवा सञ्चालन अनुमतिपत्र नवीकरण गरेको छ । गत भदौ १३ गते मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार एनसेलले नवीकरण शुल्कबापत लाग्ने पहिलो किस्ता ५ अर्ब रुपैयाँ बुझाएर अनुमतिपत्र नवीकरण गरेको हो ।

एनसेलले मन्त्रिपरिषद्को‍ निर्णयअनुसार पहिलो किस्ताबापत लाग्ने रकम बुझाएर सेवा सञ्चालन अनुमतिपत्रको नवीकरण गरेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए । बाँकी ३ किस्ता १० प्रतिशत ब्याजसहित बुझाउन सक्नेगरी नवीकरण भएको उनले बताए ।

दूरसञ्चार ऐन, २०५३ र दूरसञ्चार नियमावलीको व्यवस्थाअनुसार अनुमतिपत्रको म्याद सकिन ३ महिनाअगाडि अर्थात् गत जेठ १५ गतेभित्रै २० अर्ब बढी रकम बुझाएर अनुमतिपत्रको नवीकरण गर्नुपर्नेमा एनसेलले किस्ता सुविधा मागे थियो । त्यहीकारण एनसेलको नवीकरण अड्किएको थियो ।

सरकारले भदौ १३ गतेको मन्त्रिपरिषद्को बैठकबाट एनसेललाई ४ किस्तामा नवीकरण शुल्क बुझाउन सक्नेगरी निर्णय गरेको थियो । सरकारको त्यही निर्णयअनुसार एनसेलले पहिलो किस्ता बापत लाग्ने ५ अर्ब रुपैयाँ बुझाएर आइतबार मात्रै अनुमतिपत्र नवीकरण गरेको हो ।

एनसेलले गत जेठ १४ गते नै नेपाल दूरसञ्चार प्राधिकरणलाई ४ अर्ब रूपैयाँ बुझाएर बाँकी रकमको लागि किस्ता सुविधा दिन माग गरेको थियो । तर, कानूनअनुसार प्राधिकरणले उक्त विषयमा निर्णय गर्नसक्ने व्यवस्था नभएका कारण निर्णय हुन सकेको थिएन ।

पछिल्लो सेवा सञ्चालन अनुमतिपत्रको नवीकरणसँगै एनसेलले आगामी पाँच वर्षसम्म अब सेवा सञ्चालन गर्न पाउने छ । त्यसपछि भने ऐन तथा नियमावलीमा भएको व्यवस्थाअनुसार एनसेल स्वतः सरकारको स्वामित्वमा आउने आउने व्यवस्था छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending