काठमाडौं । पछिल्लो ८ महिनामा ७ लाख २० हजार ३३४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगष्टमा मात्र ७२ हजार ७१९ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
यससँगै सन् २०२४ को ८ महिनामा सो संख्यामा पर्यटक आएको तथ्यांकले देखाएको छ । यस वर्ष मार्च महिनामा सबैभन्दा धेरै १ लाख २८ हजार १६७ जना पर्यटक आएको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । जुलाईमा सबैभन्दा कम ६४ हजार ५९९ पर्यटक आएको बोर्डको तथ्यांकमा देखिन्छ ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को जनवरीमास् ७९ हजार १ सय, फेब्रुअरीमा ९७ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६ पर्यठकले नेपाल भ्रमण गरेका छन् ।
यसैगरी सन् २०२४ कै मेमा ९० हजार २११, जुनमास् ७६ हजार ७३६, जुलाईमा ६४ हजार ५९९ र अगष्टमा ७२ हजार ७१९ जनाले नेपाल भ्रमण गरेको तथ्याङ्क रहेको छ ।
अगष्ट महिनामा भएको आगमन सन् २०१९ को भन्दा कम हो । त्यस समय यो महिनामा ९४ हजार ७४९ जना पर्यटक नेपाल आएका थिए । नेपालले मनसुनमा लामो समयदेखि पर्यटक भित्राउन सकेको छैन ।
खासगरी पूर्वाधार क्षेत्र तहसनहस हुँदा सडक र हवाई यातायात असुरक्षित बनेको छ । यसको नकारात्मक असर पर्यटन क्षेत्रमा समेत देखिएको छ । अगष्टको आगमन सन् २०२३ को तुलनामा भने ८।२९ प्रतिशतले बढेको छ । २०२३ अगष्टमा ६७ हजार १५३ जना पर्यटक आएका थिए । कोभिड महामारीले असर गरेको वर्ष सन् २०२० देखि भने आगमन खस्किएको थियो ।
भारतीय पर्यटक खस्किए, दुर्घटनाको असर कति ?
यो महिनामा भारतबाट मात्र २५ हजार ८३२ जना पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको यसै महिनाको तुलनामा ३।१ प्रतिशत कम हो । अघिल्लो वर्ष २६ हजार ६६५ जना भारतीय पर्यटक नेपाल आएका थिए । नेपालले स्थलमार्गबाट आउने भारतीयलाई पर्यटक मान्ने गरेको छैन ।
यस वर्ष ठूला सडक र हवाई दुर्घटनाले नेपालको पर्यटकीय छवि बिग्रिएको छ । यसको प्रभाव पर्यटक आगमनमा समेत देखिएको छ । अगष्ट महिनामा श्रीलंकन पर्यटकको आगमन भने उल्लेख्य बढेको छ । यो महिनामा श्रीलंकाबाट ४ हजार ८५१ जना पर्यटक आएका छन् ।
अघिल्लो वर्ष यस मुलुकबाट ३ हजार ८५८ जना पर्यटक आएको तथ्यांक छ । यो महिनामा कुल आगमनको दोस्रो स्थानमा चीन छ । चीनबाट ६ हजार ६१४ जना पर्यटक आएका छन् । गत वर्षको अगष्टमा ५ हजार २७ जना चिनियाँ पर्यटक आएका थिए । तेस्रो स्थानमा अमेरिका रहेको छ । यस मुलुकबाट ५ हजार ६१४ जना पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्षको यो महिनामा ४ हजार ६२९ जना नेपाल आएको देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - १५:५९
ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ। मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...
फाल्गुन १९ गते, २०८२ - १५:५३
पोखरा । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...
फाल्गुन १९ गते, २०८२ - १५:१८
काठमाडौं । खाडी क्षेत्रमा चर्किएको युद्धका कारण बन्द दुबई र आबुधावीका विमानस्थल आंशिक खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेलायती सञ...
फाल्गुन १९ गते, २०८२ - १४:२४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना प्रत्यक्ष उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । धनुषा १ मा रास्वपाका उम्मेदवार रहेका किशोरी शाहको उम्मे...
फाल्गुन १९ गते, २०८२ - १४:२३
विराटनगर । निर्वाचनको मौन अवधिमा विराटनगर र ताप्लेजुङमा फेला परेका शङ्कास्पद वस्तुहरूलाई नेपाली सेनाले सुरक्षित रूपमा निष्क्रिय पारेको छ। विराटनग...
फाल्गुन १९ गते, २०८२ - १४:१९
भक्तपुर । सशस्त्र प्रहरीले सूर्यविनायक नगरपालिका ८ भुम्डोलबाट इन्सास राईफलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्रको विशेष टोलीले गोरखा जिल्ला पा...
फाल्गुन १९ गते, २०८२ - १२:२३
काठमाडौं । मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका अफन्तले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण अस्पताल परिसरभित्र तनावको ...
फाल्गुन १९ गते, २०८२ - १२:१७
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका-–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ। जिल्ला प्रहरी कार्यालय ...
फाल्गुन १९ गते, २०८२ - १२:१६
काठमाडौं । लुटपाट गर्न खोज्ने दुई जना युवालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका ९ स्थित चिल्मिलिया २१ ...
फाल्गुन १९ गते, २०८२ - १२:०४
काठमाडौं । इरानको रिभोल्युसनरी गार्डले बहराइनस्थित अमेरिकी एयरबेसलाई ध्वस्त पारिएको दावी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीले ड्रोन आक्रमण गरेर शेख ...



प्रतिकृया लेख्नुहोस्: