काठमाडौं । पछिल्लो ८ महिनामा ७ लाख २० हजार ३३४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगष्टमा मात्र ७२ हजार ७१९ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
यससँगै सन् २०२४ को ८ महिनामा सो संख्यामा पर्यटक आएको तथ्यांकले देखाएको छ । यस वर्ष मार्च महिनामा सबैभन्दा धेरै १ लाख २८ हजार १६७ जना पर्यटक आएको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । जुलाईमा सबैभन्दा कम ६४ हजार ५९९ पर्यटक आएको बोर्डको तथ्यांकमा देखिन्छ ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को जनवरीमास् ७९ हजार १ सय, फेब्रुअरीमा ९७ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६ पर्यठकले नेपाल भ्रमण गरेका छन् ।
यसैगरी सन् २०२४ कै मेमा ९० हजार २११, जुनमास् ७६ हजार ७३६, जुलाईमा ६४ हजार ५९९ र अगष्टमा ७२ हजार ७१९ जनाले नेपाल भ्रमण गरेको तथ्याङ्क रहेको छ ।
अगष्ट महिनामा भएको आगमन सन् २०१९ को भन्दा कम हो । त्यस समय यो महिनामा ९४ हजार ७४९ जना पर्यटक नेपाल आएका थिए । नेपालले मनसुनमा लामो समयदेखि पर्यटक भित्राउन सकेको छैन ।
खासगरी पूर्वाधार क्षेत्र तहसनहस हुँदा सडक र हवाई यातायात असुरक्षित बनेको छ । यसको नकारात्मक असर पर्यटन क्षेत्रमा समेत देखिएको छ । अगष्टको आगमन सन् २०२३ को तुलनामा भने ८।२९ प्रतिशतले बढेको छ । २०२३ अगष्टमा ६७ हजार १५३ जना पर्यटक आएका थिए । कोभिड महामारीले असर गरेको वर्ष सन् २०२० देखि भने आगमन खस्किएको थियो ।
भारतीय पर्यटक खस्किए, दुर्घटनाको असर कति ?
यो महिनामा भारतबाट मात्र २५ हजार ८३२ जना पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको यसै महिनाको तुलनामा ३।१ प्रतिशत कम हो । अघिल्लो वर्ष २६ हजार ६६५ जना भारतीय पर्यटक नेपाल आएका थिए । नेपालले स्थलमार्गबाट आउने भारतीयलाई पर्यटक मान्ने गरेको छैन ।
यस वर्ष ठूला सडक र हवाई दुर्घटनाले नेपालको पर्यटकीय छवि बिग्रिएको छ । यसको प्रभाव पर्यटक आगमनमा समेत देखिएको छ । अगष्ट महिनामा श्रीलंकन पर्यटकको आगमन भने उल्लेख्य बढेको छ । यो महिनामा श्रीलंकाबाट ४ हजार ८५१ जना पर्यटक आएका छन् ।
अघिल्लो वर्ष यस मुलुकबाट ३ हजार ८५८ जना पर्यटक आएको तथ्यांक छ । यो महिनामा कुल आगमनको दोस्रो स्थानमा चीन छ । चीनबाट ६ हजार ६१४ जना पर्यटक आएका छन् । गत वर्षको अगष्टमा ५ हजार २७ जना चिनियाँ पर्यटक आएका थिए । तेस्रो स्थानमा अमेरिका रहेको छ । यस मुलुकबाट ५ हजार ६१४ जना पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्षको यो महिनामा ४ हजार ६२९ जना नेपाल आएको देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: