काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार र जनताप्रति उत्तरदायी भएर काम गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा नायव कार्यकारी निर्देशकसँग आज मन्त्रालयमा भएको छलफलमा नेपाल विद्युत् प्राधिकरण सरकारकै अङ्ग भएकाले सरकारप्रति र जनताप्रति उत्तरदायी भएर कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।
“सरकारले ऊर्जा क्षेत्रको विकासका लागि ठूलो लक्ष्य राखेको छ, सरकारले राखेको लक्ष्य पूरा हुनेगरी तपाईंहरुले काम गर्नुपर्छ,” मन्त्री खड्काले भने । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको योग्यता र क्षमतामाथि सरकारले ठूलो आशा गरेको उनको भनाइ थियो ।
ऊर्जामन्त्री खड्काले हिजोका दिनमा बत्ती बाल्नका लागि मात्र बिजुली चाहिए पनि आजका दिनमा यसको प्रयोग अत्यधिक बढेकाले ऊर्जा खपतलाई बढाउँदै राज्यलाई आर्थिक लाभ हुनेगरी प्राधिकरणले काम गर्न आवश्यक रहेको उल्लेख गरे । उनले चाँडो सेवा प्रदान गर्नेगरी काम गर्नुपर्ने बताए । विगतमा भएका कमीकमजोरीलाई सुधार्दै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपाल विद्युत् प्राधिकरण सरकारको मातहत रहेको संस्था भए पनि निजी संस्थाजस्तो देखिएको बताए । उनले नेपाल विद्युत् प्राधिकरणमा भएका गतिविधि र समस्यालाई दैनिक मन्त्रालयमा जानकारी गराउन निर्देशन दिए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कतिपय विद्युत् गृहका प्लान्टमा समस्या रहेकाले त्यसलाई तत्काल मर्मतसम्भार गर्न आवश्यक रहेको बताए । उखले नेपाल विद्युत् प्राधिकरणमार्फत हाल देशभर ५४ लाख ६० हजार जनताको घरमा बिजुली जडान गरिसकिएको जानकारी दिए । सोही अवसरमा उहाँले नेपाल विद्युत् प्राधिकरणले गरेका काम र त्यसभित्रका समस्याको बारेमा मन्त्रीलाई जानकारी गराएका थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - १७:३९
बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...
फाल्गुन १९ गते, २०८२ - १७:३९
काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...
फाल्गुन १९ गते, २०८२ - १७:१९
तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...
फाल्गुन १९ गते, २०८२ - १७:१५
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए । आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...
फाल्गुन १९ गते, २०८२ - १७:१३
काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...
फाल्गुन १९ गते, २०८२ - १७:१२
मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...
फाल्गुन १९ गते, २०८२ - १६:११
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...
फाल्गुन १९ गते, २०८२ - १६:०८
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...
फाल्गुन १९ गते, २०८२ - १५:५९
ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ। मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...
फाल्गुन १९ गते, २०८२ - १५:५३
पोखरा । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...



प्रतिकृया लेख्नुहोस्: