Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सरकार र जनताप्रति उत्तरदायी भएर काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार र जनताप्रति उत्तरदायी भएर काम गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा नायव कार्यकारी निर्देशकसँग आज मन्त्रालयमा भएको छलफलमा नेपाल विद्युत् प्राधिकरण सरकारकै अङ्ग भएकाले सरकारप्रति र जनताप्रति उत्तरदायी भएर कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।

“सरकारले ऊर्जा क्षेत्रको विकासका लागि ठूलो लक्ष्य राखेको छ, सरकारले राखेको लक्ष्य पूरा हुनेगरी तपाईंहरुले काम गर्नुपर्छ,” मन्त्री खड्काले भने । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको योग्यता र क्षमतामाथि सरकारले ठूलो आशा गरेको उनको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले हिजोका दिनमा बत्ती बाल्नका लागि मात्र बिजुली चाहिए पनि आजका दिनमा यसको प्रयोग अत्यधिक बढेकाले ऊर्जा खपतलाई बढाउँदै राज्यलाई आर्थिक लाभ हुनेगरी प्राधिकरणले काम गर्न आवश्यक रहेको उल्लेख गरे । उनले चाँडो सेवा प्रदान गर्नेगरी काम गर्नुपर्ने बताए । विगतमा भएका कमीकमजोरीलाई सुधार्दै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपाल विद्युत् प्राधिकरण सरकारको मातहत रहेको संस्था भए पनि निजी संस्थाजस्तो देखिएको बताए । उनले नेपाल विद्युत् प्राधिकरणमा भएका गतिविधि र समस्यालाई दैनिक मन्त्रालयमा जानकारी गराउन निर्देशन दिए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कतिपय विद्युत् गृहका प्लान्टमा समस्या रहेकाले त्यसलाई तत्काल मर्मतसम्भार गर्न आवश्यक रहेको बताए । उखले नेपाल विद्युत् प्राधिकरणमार्फत हाल देशभर ५४ लाख ६० हजार जनताको घरमा बिजुली जडान गरिसकिएको जानकारी दिए । सोही अवसरमा उहाँले नेपाल विद्युत् प्राधिकरणले गरेका काम र त्यसभित्रका समस्याको बारेमा मन्त्रीलाई जानकारी गराएका थियो ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending