Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

ब्रजिलमा प्रहरीको तथ्यांक- शरण खोज्ने प्रत्येक पाँच जनामध्ये औसतमा एक नेपाली, कसरी पुग्छन् ?

खबरडबली संवाददाता

काठमाडौं । ब्रजिलको प्रहरीअन्तर्गतको गुप्तचर निकायले विगत डेढ वर्षमा उक्त देशमा शरण माग्नेहरूमध्ये तेस्रो ठूलो सङ्ख्या नेपालीहरूको रहेको प्रतिवेदन दिएलगत्तै नेपालीहरूले ट्रान्जिटका लागि अग्रिम भिसा लिनुपर्ने नियम ब्रजिलले लागु गरेको पाइएको छ।

बीबीसी ब्रजिलले नयाँ अध्यागमन नियमको सम्बन्ध शरण माग्ने नेपालीहरूको सङ्ख्यासँग सम्बन्धित रहे वा नरहेकोबारे उक्त देशका निकायहरूसँग सोधेको छ। तर त्यसको जवाफ बीबीसीलाई प्राप्त भइसकेको छैन।

ब्रजिलियामा रहेको नेपाली दूतावासले हालै नेपालसहितका केही देशका राहदानीवाहकलाई प्रवेशाज्ञा लिएर मात्रै ब्रजिल प्रवेशको अनुमति दिने नियम आएको र नेपालीलाई उक्त देशले शरण नदिने नीति ल्याएको जनाएको थियो।

“अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सीधै गन्तव्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोही विमानमार्फत् फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ,” ब्रजिलको नयाँ नियमबारे नेपाली दूतावासको विज्ञप्तिमा भनिएको छ।

ब्रजिलले सोमवारबाट नयाँ अध्यागमन नीति कार्यान्वयनमा ल्याएको हो। यससँगै ब्रजिलको सबैभन्दा प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल साओ पाउलोस्थित ‘गुहारुल्युस’मा अलपत्र परेका १७६ जना नेपालीहरूलाई स्वदेश फर्काउने पहल भइरहेको अधिकारीहरूले बताएका छन्।

शरण माग्ने नेपालीको सङ्ख्या

ब्रजिलको प्रहरीको 'इन्टेलिजन्स डेटा अन्यालसिस सेन्टर'ले सन् २०२३ को ज्यानुअरीबाट २०२४ को जुलाईसम्म उक्त देशमा शरण माग्न आउने देशका नागरिकहरूबारे अध्ययन गरेको थियो।

एक महिनाअघि उक्त निकायले बुझाएको प्रतिवेदनमा ब्रजिलमा विगत डेढ वर्षमा शरण माग्ने ८,३०० बढी मानिसहरूमध्ये करिब १,९०० जना नेपालीहरू रहेको उल्लेख छ।

ब्रजिलमा विगत डेढ वर्षमा शरणार्थी बन्न निवेदन दिएकाहरूमध्ये सबैभन्दा धेरै २३.९ प्रतिशत भारतीयहरू छन्। त्यसपछि भियतनामी २३.५ प्रतिशत र नेपाली २२.८ प्रतिशत छन्।

प्रहरी गुप्तचर निकायको प्रतिवेदनअनुसार पछिल्लो डेढ वर्षको अवधिमा उक्त देशमा शरण माग्नेहरूको ७० प्रतिशत हिस्सा भारत, भियतनाम र नेपालबाट गएका मानिसहरूको छ।

ब्रजिलमा पाकिस्तान र बाङ्ग्लादेशजस्ता दक्षिण एशियाली देशहरू र केही अफ्रिकी देशहरूबाट पुगेकाहरूले पनि शरण माग्नेहरूको सङ्ख्या उल्लेख्य देखिएको त्यहाँको सङ्घीय प्रहरीले जनाएको छ।

शरण माग्नेमध्ये ९८% 'ब्रजिलमा बस्दैनन्'

प्रहरीका अनुसार उनीहरू ब्रजिलको भिसा नलिई ट्रान्जिटका रूपमा उक्त देश पुग्ने गरेका छन् र विमानस्थलमा शरणार्थी बन्ने आवेदन दिएर शरणार्थीका रूपमा ब्रजिल प्रवेश गर्ने गरेका छन्।

“शरणार्थीका रूपमा देश प्रवेश गरेपछि उनीहरू अमेरिका र क्यानडा जाने उद्देश्यले पेरूतर्फ जाने गरेका छन्,” ब्रजिलको प्रहरी प्रतिवेदनमा भनिएको छ।

नेपाली दूतावासले पनि नेपालीहरूलाई अमेरिका र क्यानडाजस्ता देशहरूमा लैजान ब्रजिललाई बाटोको रूपमा प्रयोग गर्ने क्रम बढेको जनाएको छ।

“दक्षिण अमेरिकाका ब्रजिललगायतका मुलुक हुँदै अवैध रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरूमा आउने प्रवृत्ति बढ्दो छ। सङ्गठित रूपमा सञ्चालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरू यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ,” दूतावासले मङ्गलवार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

ब्रजिलको प्रहरी गुप्तचर एकाइको प्रतिवेदन अनुसार उक्त देशमा शरण माग्दै निवेदन दिएकाहरूमध्ये अधिकांशले देश छोडेर अर्को देशमा पुग्ने गरेका छन्।

प्रहरीका अनुसार शरण माग्नेहरूमध्ये १.४१ प्रतिशत व्यक्तिहरू मात्रै 'न्याश्नल इमिग्रेशन सिस्टम' भनिने आप्रवासन प्रणालीमा दर्ता भएका छन्।

अर्को शब्दमा विमानस्थलमा शरण माग्नेहरूमध्ये ९८.५९ प्रतिशत व्यक्तिहरूले या त देश छोडिसकेका हुन्छन् वा उनीहरू गैरकानुनी हैसियतमा रहेका हुन्छन्।

सङ्घीय प्रहरीका अनुसार शरणार्थीको प्रणालीमा नरहेका शरण माग्नेहरूमध्ये १,५०१ जना मात्रै ब्रजिलबाट बाहिरिएको अभिलेखमा भेटिएको छ। त्यसमध्ये १,३९१ जनाले शरणका लागि आवेदन दिएको एक महिनाभित्रै देश छोडेका पाइएको छ। देशबाट बाहिरिनेहरू ब्रजिलको उत्तर पश्चिमी देशमा पर्ने एकर राज्य हुँदै पेरू जाने गरेको प्रहरीको गुप्तचर एकाइले तयार गरेको प्रतिवेदनमा उल्लेख छ।

किन ब्रजिलमा शरण माग्न पुग्छन् नेपालीहरू

यसअघि ब्रजिलको अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर अर्को देश जाने हवाई यात्रुहरूलाई ट्रान्जिट भिसा आवश्यक पर्ने नियम थिएन।

ब्रजिलको प्रहरीका अनुसार नयाँ नियम लागु हुनुअघिसम्म उक्त देशमा ट्रान्जिट भिसा नचाहिने भएकाले त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्थे। तर गैरकानुनी बाटोबाट अमेरिका जान चाहनेहरू त्यहाँको विमानस्थलमा उत्रिएपछि गन्तव्य देशतर्फ नलागी शरणका लागि निवेदन दिने गरेका थिए।

ब्रजिलमा यसअघि शरणका लागि निवेदन दिएपछि देशभित्र स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने नियम थियो। त्यसकारण उनीहरू ब्रजिलका विभिन्न भूभाग हुँदै गैरकानुनी रूपमा उत्तर अमेरिकी देशहरू जाने बाटो पछ्याउँदै ब्रजिलबाट बाहिरिन्थे।

प्रहरीको प्रतिवेदनअनुसार कतिपय त्यसरी देश बाहिर जानेहरूले सडक मार्गको प्रयोग गर्ने र अध्यागमन छल्ने गरेका कारण उनीहरूको अभिलेख पनि नभेटिने अवस्था रहन्थ्यो।

नयाँ नियममा के छ ?

ब्रजिलको नयाँ नियमले शरण लिन पूर्ण रूपमा रोक लगाएको भने छैन। तर अब त्यहाँ शरणका लागि निवेदन दिनेहरूले देशभित्र हिँडडुल गर्नका लागि आफ्नो देशमा आफूलाई सताइएको वा जोखिम भएको पुष्टि गर्न सक्नुपर्छ। नभए ब्रजिलबाट उनीहरूलाई फिर्ता पठाइने भनिएको छ।

त्यहाँको सरकारले अर्को देश जाने उद्देश्यले आफ्नो देशलाई ट्रान्जिट बनाउनका लागि भिसा नलिएकालाई पनि स्वदेश फर्काइने जनाएको छ।

यस्तो नियम सबै देशका नागरिकहरूका लागि भने लागु गरिएको छैन। ब्रजिलमा जानका लागि भिसा लिनुपर्ने देशका नागरिकहरूका लागि मात्रै यो नियम लागु हुने भनिएको छ।

नेपालीहरूले पनि ब्रजिलमा भिसा लिएर मात्रै जान पाउँछन्। मानव तस्करको प्रलोभनमा परेर अमेरिका जान हिँडेकाहरूमध्ये कैयौँले “अकल्पनीय पीडा बेहोर्नुका साथै ठूलो धनराशि खर्च गर्नुपर्ने परिस्थितमा फस्न पुगेको पाइएको” भन्दै दूतावासले सचेत गराएको छ।

“मानव तस्करहरूको सञ्जाल प्रयोग गरी गरिने यसप्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने समेत सन्दर्भमा जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,” नेपाली दूतावासले भनेको छ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता गौतम मिश्रले अलपत्र परेका नेपालीहरू कसरी त्यहाँसम्म पुगे भन्नेबारे खोजी सुरु गरिएको बताएका छन्।

ब्रजिलस्थित नेपाली दूतावासका नियोग उपप्रमुख बाबुराम सिग्द्यालका अनुसार उनीहरू काठमाण्डूबाट यूएईको दुबई र पोर्चुगलको लिस्बन हुँदै साओ पाउलो पुगेका थिए। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending