Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

हैजा नियन्त्रणमा छ, स्वास्थ्य संकटकाल आवश्यक छैनः मन्त्री पौडेल

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यमन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि तदारुकताका साथ काम भैरहेको बताएका छन् ।

व्यवस्थापिका संसदको बुधबारको बैठकमा बोल्दै उनले मन्त्रालय अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सक्रियतामा प्रदेश तथा स्थानीय तहसम्मै द्रुत प्रतिकार्य टोली परिचालन गरी नियमित केस अनुसन्धान, बिरामीहरूको खोजी र बिरामीहरूको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गर्ने गराउने कार्य भैरहेको बताए ।

‘झाडापखाला तथा हैजाका बिरामीहरूको १४४ सरकारी तथा निजी अस्पतालहरूबाट नियमित रुपमा निगरानी भइ रहेको छ,’ उनले भने । ललितपुर ३ की सांसद तोसिमा कार्कीले दर्ता गराएका हैजा महामारीका कारण निम्तन सक्ने स्वास्थ्य संकटका लागि पूर्वानुमान नियन्त्रण र द्रुत कार्यलाई प्रभावकारी बनाउनुपर्ने सम्बन्धको ध्यानाकर्षण प्रस्तावमाथि स्पष्टीकरण दिंदै मन्त्री पौडेलले हाल देशैभर ६८ जनामा संक्रमण देखिएकामा हाल ४ जना मात्र बिरामी रहेको र उनीहरु पनि उपचाररत रहेको उल्लेख गरे ।

‘बिरामी नियन्त्रण दर बढेको छ,’ उनले भने, ‘तीनै तहसँग मिलेर नियन्त्रण तथा द्रुत कार्य पनि भैरहेकाले अहिल्यै स्वास्थ्य संकटकाल लगाउनु आवश्यक देखिन्न । ’ मन्त्री पौडेलले डेंगु तथा हैजासम्बन्धी परीक्षणका लागि आवश्यक किट सातै प्रदेशमा मौज्दात रहेको र कतै महामारी फैलिएमा आवश्यक कार्यका लागि हटलाइन नम्बर १११५ को व्यवस्थासहित सूचना प्रणालीसमेत प्रभावकारी बनाइएको जानकारी दिए ।

महामारी नियन्त्रणमा खानेपानी मन्त्रालयसँग समेत समन्वय भैरहेको भन्दै उनले जोखिम हुने ठाउँमा बिरामी देखिएका स्थानहरूमा खानेपानीको नमुना जाँच कार्य भइरहेको र आवश्यक ठाउँमा भ्याक्सिन चाहिएमा आवश्यक तयारी गरिएको मन्त्री पौडेलले बताए ।

मन्त्री पौडेलले भने, हैजा यकिन भएका ठाउँमा साझेदार संस्थासँग वडालक्षित सरसफाई तथा शुद्ध खानेपानी अभियान सञ्चालन गर्न समन्वय भैरहेको छ ।

मन्त्री पौडेलले हैजा नियन्त्रण रोकथाम योजना २०२४ बनाएर आवश्यक काम भैरहेको भन्दै हैजा तथा डेंगु नियन्त्रणका लागि सचेतना फैलाउन स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र मार्फत जानकारीमूलक सामग्रीसमेत प्रचार भैरहेको संसदसमक्ष जानकारी गराए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending