Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

समस्याग्रस्त बाघको सङ्ख्या बढ्यो

फइल तस्विर
खबरडबली संवाददाता

नारायणगढ । पछिल्लो समय संरक्षित क्षेत्रबाट घाइते बाघ मानव बस्तीमा निस्किने क्रम बढेसँगै बाघ मानवबिचको द्वन्द्व बढ्ने देखिन्छ। बाघ मानवबिचको द्वन्द्व बढ्नु अगावै समस्याग्रस्त अवस्थामा आउन सक्ने बाघको पहिचान गरेर व्यवस्थापन गर्नु जरुरी छ। 

यू.एस.आइ.डि. जल जङ्गल कार्यक्रमका जैविक विविधता प्रमुख डा. बाबुराम लामिछाने अहिले देशैभर बाघ पाइने संरक्षित क्षेत्रमा बाघ मानवबिचको द्वन्द्व बढ्न सक्ने अवस्था आएको बताउँछन्। 

डा। लामिछानेले सन् २०१७ मै  ‘समस्याग्रस्त  बाघको पहिचान र तुलनात्मक भिन्नता’ विषयमा अध्ययन गर्नुभएको थियो। अहिलेको अवस्थामा समस्याको समाधानका लागि बाघको दिगो व्यवस्थापन जरुरी रहेको उनको भनाइ छ । 

डा. लामिछानेले  गरेको सो अध्ययनले नै ५ प्रतिशतसम्म बाघ समस्याग्रस्त हुनसक्ने औंल्याएका छन् । पछिल्लो गणना अनुसार नेपालमा ३५५ बाघ छन्। सन् २०२२ मा बाघको गणना भएको अवधिले पनि यो समय दुई वर्ष पूरा भइसकेका कारण  यो सङ्ख्या अझै बढ्न सक्ने बताइन्छ । यो तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा १८ वटा बाघ समस्याग्रस्त छन् । चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शाही शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा मात्रै अहिले बाघ पाइन्छन् । 

पछिल्लो समय भरतपुर २ का ६० वर्षीय पशुपति श्रेष्ठलाई  आक्रमण गर्ने  ५ वर्षको बाघलाई उद्धार गरेर सौराहा लगियो। गत साउन २१ गते उद्धार गरिएको बाघलाई साउन २२ गते  निकुञ्जको पूर्वी क्षेत्रमा लगेर  छाडियो ।

बाघ–मानव द्वन्द्व कसरी घटाउन सकिन्छ भनेर अध्ययन अनुसन्धान गर्नुभएका इकोलोजिष्ट हरिभद्र आचार्य पछिल्लो समय बाघको सख्या बढेकै कारण वासस्थानको खोजीमा  संरक्षित क्षेत्रभन्दा बाहिर आइरहेको बताउँछन्। 

नेपालभरि कति बाघको उद्धार भयो भन्ने तथ्याङ्क कतै भेटिँदैन। चितवन राष्ट्रिय निकुञ्जले भने विगत एक वर्ष एक महिनामा  १३ वटा बाघ चितवन र नवलपरासीबाट उद्धार गरेको जनाएको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार नेपालमा एक वर्षमा ११ बाघको मृत्यु भएको छ भने बाघको आक्रमणबाट २१ जना मानिसको मृत्यु र १५ जना घाइते भएका छन्। बाघकै कारण ४८१ पशु क्षति भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ। 

यसरी बाघले मानिस र पशुलाई मार्ने क्रम देखिने हो भने बाघ र मानिसको द्वन्द्व बढ्दै जाने चिन्ता विज्ञमा छ। यसरी समस्याग्रस्त हुने बाघलाई नियन्त्रणमा लिने र थुनेर राख्ने कामले मात्रै समस्याको समाधान नदिने उनीहरुको बुझाइ छ। छिमेकी देश भारतमा मान्छे खाने बाघलाई मार्ने गरिन्छ। पछिल्लो पटक सन् २०२२ को अक्टोबर ९ गते भारतको बिहारमा १० जना मानिस र घरपालुवा जनावर खाएको बाघलाई गोली हानेर मारियो। 

नेपालमा वन्यजन्तु ऐनमा मान्छे खाने बाघ र बहुलाएको हात्तीलाई मार्न पाउने कानुनी व्यवस्था छ। तर कार्यान्वनमा आउन सकेको छैन। विभागमा योजना शाखाका प्रमुख समेत रहनुभएका इकोलोजिष्ट आचार्य बाघ व्यवस्थापनको विकल्प नभएको बताउँछन् । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत  दिलबहादुर पुर्जा बाघको व्यवस्थापनका लागि तत्कालीन र दीर्घकालीन योजना आवश्यक देख्छन्। बाघ बस्न सक्ने क्यारिङ क्यापासिटीका बारेमा अध्ययन गरेर त्यसको क्षमताका आधारमा राख्न सकिने हो भने यसले द्वन्द्व घटाउने उनको निष्कर्ष छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सन्ततिको भविष्यका लागि जेष्ठनागरिक पनि मतदानमा

काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनका क्रममा युवापुस्ता केन्द्रमा देखिए पनि जेष्ठनागरिकहरूको सक्रिय सहभागिता पनि उल्लेखनीय देखिएको छ। आफ्नो सन्तति...

खारेज भएका उम्मेदवारको चिह्नमा मत नहाल्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...

दोलखामा सुरक्षा कडा, शान्तिपूर्ण मतदानको तयारी

  दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...

सिरहाको गोलबजारमा दुई पक्षबीच झडप, तीन घाइते

जनकपुरधाम ।  सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...

श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...

मतदान केन्द्रमा खटिएका कर्मचारी नै पक्राउ परेपछि‍‍‍‍....

विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...

शान्तिपूर्ण निर्वाचनमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...

चुनावी मैदानमा भए पनि आफ्नै भोटबाट वञ्चित भए यी पाँच नेता

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...

अफगानिस्तानमा हरित क्षेत्र विस्तारको नयाँ कार्यक्रम

काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE