Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

कर्मचारी सरुवा बिरुद्ध मुख्यमन्त्री कार्यालयमा उजुरी

खबरडबली संवाददाता

सुर्खेत ।  कर्णाली प्रदेशमा कार्यरत कर्मचारीको सरुवा प्रदेश निजामती सेवा ऐन, २०८० विपरीत भएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती कर्णाली प्रदेश समितिले प्रदेश सरकारका निमित्त प्रमुख सचिव आनन्द सारुसमक्ष कानुन विपरीत भएका सरुवा बदर गर्न माग गर्दै उजुरी दिएको हो । मुख्यमन्त्री कार्यालयले गत साउन ३२ गते प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फका एक सय ११ कर्मचारीको एकैसाथ सरुवा गरेको थियो ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती कर्णाली प्रदेश समितिका उपाध्यक्ष जमानसिंह परियारले प्रदेश निजामती सेवा ऐन, २०८० को दफा २४ को उपदफा (३) को प्रतिबन्धात्मक व्यवस्थामा बाहेक कुनै कर्मचारीले एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा हुनका लागि दुई वर्षको समयावधि पूरा गरेको हुनुपर्ने र त्यसभन्दा अगाडि सरुवा गर्न नपाइने व्यवस्थालाई मिचेर सरुवा गराइएको दाबी गरे ।

उनले भने, ‘प्रदेश निजामती ऐनमा कम्तीमा दुई वर्ष एक कार्यालयमा बस्ने व्यवस्था गरिएको छ, तर दुई महिनादेखि दुई वर्ष नपुगेका धेरै कर्मचारीलाई राजनीतिक आस्थाका आधारमा सरुवा गरिएकाले ऐन नियम विपरीत गरिएका कर्मचारीहरुको सरुवा बदको माग राख्दै हामीले मुख्यमन्त्री कार्यालयमा उजुरी दर्ता गरेका छौँ ।’

उजुरी बुझ्दै प्रदेश सरकारका निमित्त सचिव सारुले नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले उजुरीमार्फत उठाएका गुनासा जायज भएको बताए । उनले भने, ‘ती सबै गुनासा मबाट सम्बोधन हुन सम्भव छैन, मुख्यमन्त्री तथा प्रमुख सचिवज्यू काठमाडौँबाट फर्किसकेपछि सामूहिक रुपमा बसेर छलफल गरी समाधान निकालौँला, यसमा म सकारात्मक छु ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending