Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

मुलुकको अर्थतन्त्र चलायमान हुँदैछः अर्थमन्त्री पौडेल

खबरडबली संवाददाता

काठमाडौं। अर्थमन्त्री अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र चलायमान हुँदै गएको बताएका छन्।

मंगलबार काठमाडौंको भृकुटिमण्डपमा नाडा अटो शो २०२४ को उद्घाटन गर्दै मन्त्री पाडैलले वर्तमान सरकारले गरेको सहज नीतिगत व्यवस्थाका कारण मुलुलकको अर्थतन्त्र चलायमान हुँदै गएको बताएका हुन्। नीतिगर स्थिरता राजनीतिक स्थिरतासँग जोडिएको भन्दै अहिलेको सरकार भनेको स्थीर सरकार भएको उनले बताए।

उनले व्यवसायीहरुको नीतिगत समस्यालाई समाधान गर्ने गरि सरकार अघि बढ्ने उल्लेख गरे। अब अटो उत्पादनतर्फ ध्यान केन्द्रीत हुनुपर्ने र यसमा सरकारले साथ दिने उनको भनाइ छ। उनले नेपालमा गुणस्तरीय उत्पादन गर्न सके विदेशी बजारमा पनि नेपालको उत्पादनले स्थान लिन सक्ने जिकिर गरे।

अर्थमन्त्री पौडेलले विद्युतीय सवारीसाधानका साथै अर्थतन्त्रका सवै क्षेत्रमा अध्ययन र अनुसन्धान गरे निष्कर्षमा पुग्ने र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने बताए। त्यस्तै उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटो मोवाइल्सलाई लक्जरको रुपमा हेर्दा केही सीमाहरु र संकुचन देखिएको भन्दै यसलाई राज्यले ध्यान दिएर सहजीकरण गर्नुपर्ने बताए।

अटो मोवाइल्सलाई प्राथमिकतामा राख्न सके करमा समेत बृद्धि हुने उनको भनाइ छ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले हरेक बर्ष बृहत् अटो शो गर्दै आएको छ । यसपटकको अटो शो भाद्र १६ गतेसम्म आयोजना हुने बताइएको छ।

नाडा अटो शोमा विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे गाडीका स्टलसँगै विभिन्न अटोमोबाइल कम्पोनेन्ट, टायर, ट्युव, लुब्रिकेन्ट तथा एसोसरिजका स्टलहरू रहेका छन्। नाडाले अटो शो अवधिभर करिब ७५ हजारले अवलोकन गर्ने अपेक्षा आयोजकले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

नेपाल टेलिकमको थ्रीजी सेवा क्रमिक बन्द, फोरजीमा रूपान्तरण सुरु

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...

डोल्पामा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...

सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...

जनयुद्धकालदेखि संसदसम्मको राजनीतिक यात्रामा ‘बादल’, बने एमाले संसदीय दलको नेता

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...

नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा सूचीकृत

काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...

एमालेको रणनीति: सदनमा ‘वाचडग’ भूमिका, पहिलो बैठक अवरोध नगर्ने

काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...

सधैं साथमा तिम्रो’मा सुरेश–रेहाको रोमान्टिक प्रस्तुति सार्वजनिक

काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...

सवारी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending