Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा दसैँ अगाडि आउने

खबरडबली संवाददाता

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा दसैँसम्ममा आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षाको नतिजा दसैँ अगाडि नै प्रकाशन गर्नेगरी तयारी गरेको हो ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले हाल कापी परीक्षणको काम भइरहेको बताए । कक्षा ११ को रजिस्ट्रेसन फारामलाई असर नपर्नेगरी नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको उनको भनाइ छ ।

बोर्डको वार्षिक कार्यतालिका अनुसार कक्षा ११ को रजिस्ट्रेसन फाराम भराउने समय असोज १५ देखि कात्तिक ३० भित्र (विलम्ब शुल्कसहित) को समय तोकिएको छ । त्यस अगाडि नै नतिजा प्रकाशन गर्ने योजनाका साथ काम भइरहेको पौडेलले बताए ।

हाल देशभरका विभिन्न ३४ वटा केन्द्रमा कापी परीक्षणको काम भइरहेको छ । कापी परीक्षण सकिएको क्षेत्रबाट कापी र मार्क बोर्डमा पठाउने समेत काम भइरहेको छ  भने वर्षातले गर्दा कतिपय ठाउँमा समस्या समेत भइरहेको छ ।

‘दसैँ अगाडि नै नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको छ । बर्खाले समस्या भइरहेको छ । टाढा विकट क्षेत्रका कापी परीक्षण केन्द्रसम्म ल्याउन समस्या भइरहेको छ । त्यस्तै परीक्षण भइसकेका कापी बोर्डमा ल्याउन पनि बर्खाले समस्या भइरहेको छ,’ परीक्षा नियन्त्रक पौडेलले भने ।

२०८० सालको एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीलाई ग्रेडबृद्धिको मौका दिइएको थियो । त्यसअघि दुई विषयमा मात्रै एनजी आएका विद्यार्थीले ग्रेडबृद्धि परीक्षा दिन पाउने व्यवस्था थियो । तर, तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एनजी आएका सबै र अनुपस्थित भएका सबै विद्यार्थीलाई ग्रेडबृद्धि परीक्षा दिन पाउने निर्णय गरेकी थिइन् ।

सोही आधारमा बोर्डले सबैलाई परीक्षा दिन पाउनेगरी कार्यतालिका सार्वजनिक गरेको थियो । जसमा दुई लाख नौं हजार ८०४ विद्यार्थीले ग्रेडबृद्धि परीक्षा दिएका थिए । एनजी आएका तथा अनुपस्थित रहेका दुई लाख ३४ हजारमध्ये उक्त संख्यामा मात्रै विद्यार्थीहरूले परीक्षा दिएका थिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending