काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा दसैँसम्ममा आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षाको नतिजा दसैँ अगाडि नै प्रकाशन गर्नेगरी तयारी गरेको हो ।
बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले हाल कापी परीक्षणको काम भइरहेको बताए । कक्षा ११ को रजिस्ट्रेसन फारामलाई असर नपर्नेगरी नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको उनको भनाइ छ ।
बोर्डको वार्षिक कार्यतालिका अनुसार कक्षा ११ को रजिस्ट्रेसन फाराम भराउने समय असोज १५ देखि कात्तिक ३० भित्र (विलम्ब शुल्कसहित) को समय तोकिएको छ । त्यस अगाडि नै नतिजा प्रकाशन गर्ने योजनाका साथ काम भइरहेको पौडेलले बताए ।
हाल देशभरका विभिन्न ३४ वटा केन्द्रमा कापी परीक्षणको काम भइरहेको छ । कापी परीक्षण सकिएको क्षेत्रबाट कापी र मार्क बोर्डमा पठाउने समेत काम भइरहेको छ भने वर्षातले गर्दा कतिपय ठाउँमा समस्या समेत भइरहेको छ ।
‘दसैँ अगाडि नै नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको छ । बर्खाले समस्या भइरहेको छ । टाढा विकट क्षेत्रका कापी परीक्षण केन्द्रसम्म ल्याउन समस्या भइरहेको छ । त्यस्तै परीक्षण भइसकेका कापी बोर्डमा ल्याउन पनि बर्खाले समस्या भइरहेको छ,’ परीक्षा नियन्त्रक पौडेलले भने ।
२०८० सालको एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीलाई ग्रेडबृद्धिको मौका दिइएको थियो । त्यसअघि दुई विषयमा मात्रै एनजी आएका विद्यार्थीले ग्रेडबृद्धि परीक्षा दिन पाउने व्यवस्था थियो । तर, तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एनजी आएका सबै र अनुपस्थित भएका सबै विद्यार्थीलाई ग्रेडबृद्धि परीक्षा दिन पाउने निर्णय गरेकी थिइन् ।
सोही आधारमा बोर्डले सबैलाई परीक्षा दिन पाउनेगरी कार्यतालिका सार्वजनिक गरेको थियो । जसमा दुई लाख नौं हजार ८०४ विद्यार्थीले ग्रेडबृद्धि परीक्षा दिएका थिए । एनजी आएका तथा अनुपस्थित रहेका दुई लाख ३४ हजारमध्ये उक्त संख्यामा मात्रै विद्यार्थीहरूले परीक्षा दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: