Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

डेंगी संंक्रमण भयावह हुन सक्ने संकेत

खबरडबली संवाददाता

काठमाडौं । देशका विभिन्न भागमा फैलिएको डेंगी संंक्रमणले उग्र रूप लिन सक्ने संकेत देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। अहिले संक्रमितको संख्या पाँच हजारभन्दा बढी नाघिसकेको र थप दुई महिना संक्रमणका लागि अनुकूल भएकाले सजग रहनुपर्ने महाशाखाको कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए।

‘अहिले विभिन्न जिल्लामा संक्रमितको संख्या हेर्दा अझै उच्च दरमा फैलिने संकेत देखिएको छ, अझै थप सतर्क हुनुपर्ने अवस्था छ,’ उनले भने।

यो वर्ष डेंगी संक्रमित तीनजनाको मृत्यु भइसकेको छ। मृतकमध्ये झापा र तनहुँका एकएकजना छन् । अर्का एक बालकको कान्ति बाल अस्पताल काठमाडौंमा मृत्यु भएको हो। तथ्यांकअनुसार आइतबारसम्म देशभरिमा पाँच हजार एक सय १९ जनामा डेंगी संक्रमण भएको छ।

मुलुकका ७५ जिल्लामा डेंगीका बिरामी देखिएका छन्। महाशाखाको तथ्यांकअनुसार केही जिल्लामा संक्रमितको संख्या बढेको छ। तनहुँमा एक हजार ४५, काठमाडौंमा चार सय २१, कास्कीमा चार सय आठ, चितवनमा एक हजार ६८, पर्वतमा दुई सय ७२, गोर्खामा एक सय ७७, झापामा एक सय ५५ र मकवानपुरमा एक सय चारजनामा संक्रमण भइसकेको महाशाखाले जनाएको छ।

चारवटा जिल्लामा केही दिनमै संक्रमितको संख्या पाँच सय बढी पुग्ने संकेत देखिएको छ। एउटा जिल्लामा पाँच सयजनाभन्दा बढीमा संक्रमित हुनु जनस्वास्थ्यका हिसाबले महामारी मानिन्छ।

कास्की र तनहुँमा डेंगीले प्रकोपको रूप लिएको छ। अब काठमाडौं उपत्यकामा पनि यो प्रकोपका रूपमा देखिने सम्भावना बढेको अस्पतालहरूले जनाएका छन। पाटन अस्पतालका अनुसार दैनिक १०–१२ जना डेंगी संक्रमित उपचारका लागि त्यहाँ पुग्ने गरेका छन्। उनीहरू सबैजसो उपत्यकाभित्रकै हुन्।

‘एक सातादेखि कडा ज्वरोसहितका बिरामी आउन थालेका छन्’, पाटन अस्पतालका निर्देशक डा। रवि शाक्यले भने। अहिले पाटन अस्पतालमा डेंगीका तीनजना बिरामी भर्ना छन्।

डेंगीका बिरामी बढ्न थालेको सिभिल अस्पतालले पनि जनाएको छ। सिभिल अस्पतालमा तीनजना संक्रमित भर्ना भएका छन्। सिभिल अस्पतालमा शय्या खाली नभएपछि केहीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरिएको मेडिकल निर्देशक डा। विदेश विष्टले बताए।

उनका अनुसार धेरैजसो संक्रमित युवा उमेर समूहका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा अहिले डेंगीका दुईजना बिरामी भर्ना छन्। भर्ना भएका केही निको भएपछि घर गएको अस्पतालले जनाएको छ।

बहिरंग विभागमा स्वास्थ्य जाँचका लागि पुग्नेको संख्या भने बढ्दै गएको अस्पतालहरूले जनाएका छन। बहिरंग विभागमा पुग्नेमा डेंगीको कडा लक्षणसहितका बिरामी रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान शाखाका संयोजक डा। शेरबहादुर पुनले बताए।

उनले भने, ‘अहिले कडा ज्वरो र आन्तरिक रक्तश्राव भएका बिरामी पनि देखिएका छन्’, उनले भने। कडा लक्षणसहितका बिरामी आउनुले डेंगी संक्रमितको संख्यामा वृद्धि हुँदै गएको संकेत मिलेको उनले बताए।

विस्तारै उकालो लाग्दै गएको डेंगी संक्रमणलाई समयमै नियन्त्रण गर्न नसके यसले प्रकोपको रूप लिन सक्ने महाशाखाको कीटजन्य शाखा प्रमुख डा। दाहालले बताए। महाशाखाले डेंगी नियन्त्रणका लागि सरोकारवाला निकायलाई समन्वय गर्न निर्देशन दिइसकेको छ।

स्थानीय तहले डेंगी सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान चलाइरहे पनि थप सहयोग आवश्यक भएको डा। दाहाल बताउँछन्। हरेक तहबाट सहयोग नभएसम्म नियन्त्रण सम्भव नभएको उनले बताए। ‘नागरिक अटेरी भएमा सरकार एक्लैको प्रयासबाट मात्र नियन्त्रण सम्भव छैन’, उनले भने।

सफा पानी जमेको ठाउँमा लामखुट्टेको जीवनचक्र एक साताभित्र पूरा हुने र लामखुट्टेको संख्या वृद्धि हुने भएकाले हरेक साता पानी जमेको ठाउँ सफा गर्नु नियन्त्रणको उचित उपाय भएको उनले बताए। थप दुई महिना डेंगी संक्रमणका लागि अनुकूल समय भएकाले थप सजग रहनुपर्ने उनको सुझाव छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending