Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

डेंगी संंक्रमण भयावह हुन सक्ने संकेत

खबरडबली संवाददाता

काठमाडौं । देशका विभिन्न भागमा फैलिएको डेंगी संंक्रमणले उग्र रूप लिन सक्ने संकेत देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। अहिले संक्रमितको संख्या पाँच हजारभन्दा बढी नाघिसकेको र थप दुई महिना संक्रमणका लागि अनुकूल भएकाले सजग रहनुपर्ने महाशाखाको कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए।

‘अहिले विभिन्न जिल्लामा संक्रमितको संख्या हेर्दा अझै उच्च दरमा फैलिने संकेत देखिएको छ, अझै थप सतर्क हुनुपर्ने अवस्था छ,’ उनले भने।

यो वर्ष डेंगी संक्रमित तीनजनाको मृत्यु भइसकेको छ। मृतकमध्ये झापा र तनहुँका एकएकजना छन् । अर्का एक बालकको कान्ति बाल अस्पताल काठमाडौंमा मृत्यु भएको हो। तथ्यांकअनुसार आइतबारसम्म देशभरिमा पाँच हजार एक सय १९ जनामा डेंगी संक्रमण भएको छ।

मुलुकका ७५ जिल्लामा डेंगीका बिरामी देखिएका छन्। महाशाखाको तथ्यांकअनुसार केही जिल्लामा संक्रमितको संख्या बढेको छ। तनहुँमा एक हजार ४५, काठमाडौंमा चार सय २१, कास्कीमा चार सय आठ, चितवनमा एक हजार ६८, पर्वतमा दुई सय ७२, गोर्खामा एक सय ७७, झापामा एक सय ५५ र मकवानपुरमा एक सय चारजनामा संक्रमण भइसकेको महाशाखाले जनाएको छ।

चारवटा जिल्लामा केही दिनमै संक्रमितको संख्या पाँच सय बढी पुग्ने संकेत देखिएको छ। एउटा जिल्लामा पाँच सयजनाभन्दा बढीमा संक्रमित हुनु जनस्वास्थ्यका हिसाबले महामारी मानिन्छ।

कास्की र तनहुँमा डेंगीले प्रकोपको रूप लिएको छ। अब काठमाडौं उपत्यकामा पनि यो प्रकोपका रूपमा देखिने सम्भावना बढेको अस्पतालहरूले जनाएका छन। पाटन अस्पतालका अनुसार दैनिक १०–१२ जना डेंगी संक्रमित उपचारका लागि त्यहाँ पुग्ने गरेका छन्। उनीहरू सबैजसो उपत्यकाभित्रकै हुन्।

‘एक सातादेखि कडा ज्वरोसहितका बिरामी आउन थालेका छन्’, पाटन अस्पतालका निर्देशक डा। रवि शाक्यले भने। अहिले पाटन अस्पतालमा डेंगीका तीनजना बिरामी भर्ना छन्।

डेंगीका बिरामी बढ्न थालेको सिभिल अस्पतालले पनि जनाएको छ। सिभिल अस्पतालमा तीनजना संक्रमित भर्ना भएका छन्। सिभिल अस्पतालमा शय्या खाली नभएपछि केहीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरिएको मेडिकल निर्देशक डा। विदेश विष्टले बताए।

उनका अनुसार धेरैजसो संक्रमित युवा उमेर समूहका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा अहिले डेंगीका दुईजना बिरामी भर्ना छन्। भर्ना भएका केही निको भएपछि घर गएको अस्पतालले जनाएको छ।

बहिरंग विभागमा स्वास्थ्य जाँचका लागि पुग्नेको संख्या भने बढ्दै गएको अस्पतालहरूले जनाएका छन। बहिरंग विभागमा पुग्नेमा डेंगीको कडा लक्षणसहितका बिरामी रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान शाखाका संयोजक डा। शेरबहादुर पुनले बताए।

उनले भने, ‘अहिले कडा ज्वरो र आन्तरिक रक्तश्राव भएका बिरामी पनि देखिएका छन्’, उनले भने। कडा लक्षणसहितका बिरामी आउनुले डेंगी संक्रमितको संख्यामा वृद्धि हुँदै गएको संकेत मिलेको उनले बताए।

विस्तारै उकालो लाग्दै गएको डेंगी संक्रमणलाई समयमै नियन्त्रण गर्न नसके यसले प्रकोपको रूप लिन सक्ने महाशाखाको कीटजन्य शाखा प्रमुख डा। दाहालले बताए। महाशाखाले डेंगी नियन्त्रणका लागि सरोकारवाला निकायलाई समन्वय गर्न निर्देशन दिइसकेको छ।

स्थानीय तहले डेंगी सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान चलाइरहे पनि थप सहयोग आवश्यक भएको डा। दाहाल बताउँछन्। हरेक तहबाट सहयोग नभएसम्म नियन्त्रण सम्भव नभएको उनले बताए। ‘नागरिक अटेरी भएमा सरकार एक्लैको प्रयासबाट मात्र नियन्त्रण सम्भव छैन’, उनले भने।

सफा पानी जमेको ठाउँमा लामखुट्टेको जीवनचक्र एक साताभित्र पूरा हुने र लामखुट्टेको संख्या वृद्धि हुने भएकाले हरेक साता पानी जमेको ठाउँ सफा गर्नु नियन्त्रणको उचित उपाय भएको उनले बताए। थप दुई महिना डेंगी संक्रमणका लागि अनुकूल समय भएकाले थप सजग रहनुपर्ने उनको सुझाव छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नाम ‘सुकुमबासी’, तर जग्गा प्रशस्त : थापाथलीको यथार्थले उठायो गम्भीर प्रश्न

काठमाडौँ । राजधानीको थापाथलीस्थित सुकुमबासी बस्ती फेरि बहसको केन्द्रमा आएको छ । बस्ती खाली गराउने सरकारी तयारीसँगै “को वास्तविक सुकुमबासी ?” भन्ने प्र...

सुकुम्बासीको बीचबाट रक्षा बमकाे रविलाई प्रश्नः ‘सुकुम्बासी बस्तीमा आएर छाती थाप्न सक्नुहुन्छ ?’

काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने निर्णयले तातेको बहसबीच नागरिक तहबाट नेतृत्वप्रति प्रत्यक्ष प्रश्न उठ्न थालेको छ । यही क्रममा अभियन्ता रक्षा बमले रा...

निर शाहको कमब्याक निर्देशन, साउन २२ मा आउँदै ‘कमला मिस’

काठमाडौं  । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको चलचित्र कमला मिस को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार वितरक कम्पनीहरू...

महाराजगञ्जको जग्गा यथावत् : राष्ट्रपति विस्तार योजना फिर्ता

काठमाडौं । राष्ट्रपतिका लागि अतिरिक्त संरचना विस्तार गर्ने योजना अन्ततः रोकिएको छ । सरकारले महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान को जग्गा...

सीमा कडाइ : वीरगञ्ज नाकामा विदेशी प्रवेशमाथि कडा निगरानी

वीरगञ्ज । खुला सीमाको संवेदनशीलता फेरि एकपटक केन्द्रमा आएको छ । सम्भावित अवैध घुसपैठ र सुरक्षाजन्य जोखिमलाई ध्यानमा राख्दै वीरगञ्ज नाकामा सुरक्षाकर्मी...

तीन साता बित्दा पनि निष्कर्ष टाढै : नेकपाको बैठक किन अल्झियो ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजक समिति बैठक सुरु भएको तीन साता बितिसक्दा पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । चैत ...

भ्रामक र अपुष्ट सामग्री प्रकाशन प्रसारण नगर्न प्रेस काउन्सिलको चेतावनी

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, आधारहीन तथा भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम र पत्रकारलाई कडा निर्देशन दिएको छ । ...

व्यवसायी शेखर गोल्छा पक्राउ

काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार गोल्छालाई पक्राउ गरेको हो। सम्पत्ति शुद्धी...

सार्वजनिक सवारीको भाढा ९.८ प्रतिसतले बढाउन सिफारिस

काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरे...

पश्चिम एसियाली द्वन्द्वको असर : मल खरिद टेन्डर असफल, असारपछि आपूर्ति अनिश्चित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending