Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको हो ।

विद्यालयले दुईवटा स्मार्ट बोर्ड र आवश्यक उपकरणको खरिद गरेर स्मार्ट बोर्डबाट पठनपाठन गराउने कार्यको सुरुआत गरेको विद्यालयका प्रधानध्यापक लेखबहादुर हमालले जानकारी दिए । उनका अुनसार गत वर्ष बेनी नगरपालिकामा कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएपछि नगरपालिकाबाट प्राप्त गरेको रु तीन लाख पुरस्कार रकमबाट रु दुई लाख १८ हजार खर्च गरेर एउटा स्मार्ट बोर्ड सहित स्ट्याण्ड, ओपिएस बक्सलगायत सामग्री गरिद गरिएको छ ।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले समेत व्यक्तिगत रूपमा रु एक लाख ६० हजार खर्च गरेर एक थान स्मार्ट बोर्ड खरिद गरी विद्यालयलाई उपलब्ध गराएका थिए । विद्यालयमा दुईवटा स्मार्ट बोर्ड भएपछि विज्ञान विषयमा पठनपाठन हुने कक्षा ११ र १२ मा यसै स्मार्ट बोर्डबाट अध्यापन गराउन थालिएको प्रअ हमालले बताए ।

विद्यालयको शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए । उनले प्रविधिमा विद्यार्थी अघि र शिक्षक पछि पर्ने जोखिम रहेकाले स्मार्ट बोर्डले शिक्षकलाई समेत प्रविधिमैत्री बनेर अध्यापन गराउन सहयोग पुग्ने बताए ।

विद्यालयले पहिलोपटक प्रयोगमा ल्याएको स्मार्ट बोर्डको आइतबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शुभारम्भ गर्दै शिक्षण सिकाइलाई समयसापेक्ष रूपमा प्रविधि र व्यावहारिकतामा जोड्नुपर्ने बताए । 

कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयमा एक हजार एक सय ५० बढी विद्यार्थी अध्ययरत छन् । विसं २०६६ देखि जिल्लामा पहिलोपटक विज्ञान विषयमा कक्षा ११ र १२ मा पठनपाठन गराउन सुरु गरेको विद्यालयमा अहिले कक्षा १२ मा ३० र कक्षा ११ मा २५ जना भर्ना भइसकेको र भर्ना हुने क्रम जारी रहेको विद्यालयका सहायक प्रधानध्यापक विनय श्रेष्ठले जानकारी दिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न व्यवसायीको माग

रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व...

कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्तिमार्फत...

रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्न...

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र स...

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फि...

चैत्र कृष्ण एकादशी: पशुपति क्षेत्रस्थित बज्रेश्वरी मन्दिरमा देशोद्धार पूजा

काठमाडौँ । देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा सुरु गरिएको देशोद्धार पूजा आइतबार तिलगंगास्थित बज्रेश्वरी मन्दिरमा गरिएको छ...

प्राकृतिक उपचारको केन्द्र बन्दै म्याग्दीको सिंगा तातोपानी कुण्ड, बिरामीको चाप ह्वात्तै बढ्यो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकास्थित सिंगा तातोपानी कुण्ड पछिल्लो समय प्राकृतिक चिकित्साको भरपर्दो गन्तव्य बनेको छ। विरेनुनको गन्ध आउने र ५० डिग्...

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवाद: उद्योगीको माग दाबी नपुग्ने आयोगको निर्णय

काठमाडौँ । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको माग दाबी नपुग्ने निर्णय गरेको छ । आयोगले आइतबार पञ्...

के पानी इरान युद्धमा हतियारका रूपमा प्रयोग हुन सक्छ ?

काठमाडौं । त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि...

चितवनमा तोरीको उत्पादन घट्यो

चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ ।  कृषि विकास कार्यालयका कृषि ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: