धनगढी । कैलालीमा झण्डै चार प्रतिशत महिलाले २० वर्ष नपुग्दै बच्चा जन्माउने गरेको पाइएको छ । आर्थिक वर्ष २०७९–८० मा १० दशमलव २७ प्रतिशत र आर्थिक वर्ष २०८०–८१ मा ९ प्रतिशत महिलाले २० वर्ष नपुग्दै बच्चा जन्माएको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकले देखाएको हो । २० वर्ष उमेर नपुग्दै विवाह गर्नु मुलुकी अपराध संहिता ऐन २०७४ विपरीत हो ।
२०७२ को संविधानले २० वर्ष नपुग्दै विवाह गर्नु र गराउनु कानुनी अपराध मानेको छ । तर अशिक्षा, आर्थिक अवस्था कमजोर र बालविवाह गर्दा हुन सक्ने समस्याका विषयमा पर्याप्त जानकारी नभएकै कारण ग्रामीण क्षेत्रका बालबालिका उमेरै नपुगी वैवाहिक जीवनमा जोडिन बाध्य छन् ।
यस्तो छ २० वर्ष नपुग्दै आमा बन्नेको तथ्यांक
कैलालीमा आर्थिक वर्ष २०७९–८० मा १६ हजार ७४९ महिलाले बच्चा जन्माएका छन् । तीमध्ये एक हजार ७१९ महिला २० वर्ष नपुग्दै आमा बनेका हुन् । यो कुल आमा बन्ने महिलाको १० दशमलव २७ प्रतिशत हो । यस्तै आर्थिक वर्ष २०८०–८१ मा कैलालीमा १६ हजार १४१ महिला सुत्केरी भएका छन् ।
जसमध्ये एक हजार ४५२ महिला २० वर्ष नपुग्दै आमा बनेका छन् । जिल्लामा पछिल्लो दुई आर्थिक वर्षको तथ्यांकले उमेर नपुग्दै विवाह र आमा बन्नेको संख्या शून्यमा नझरेको देखिएको स्वास्थ्य कार्यालय कैलालीका तथ्यांक अधिकृत गौरी जोशीले बताइन् । उनले उमेर नपुग्दै विवाह गर्दा २० वर्ष नपुग्दै आमा बन्नुपर्ने अवस्था आउने गरेको बताइन् ।
यस्तो छ कानुनी व्यवस्था
मुलुकी अपराध संहिता ऐन, २०७४ मा २० वर्ष नपुग्दै विवाह गरे कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिबाना हुने व्यवस्था छ । प्रजनन स्वास्थ्यका दृष्टिकोणबाट पनि २० वर्ष नपुग्दै विवाह गर्दा प्रजन स्वास्थ्य समस्या देखिने, आमा र बच्चाको स्वास्थ्यमा समस्या देखापर्ने जोखिम हुन्छ । तर पनि सुदूरपश्चिमकै सुगम मानिएको कैलालीमा समेत २० वर्ष नपुग्दै घरजम गर्नेको संख्या उल्लेख्य देखिएको छ ।
सामाजिक सञ्जालको दुरुपयोगले बाल विवाह बढ्दो
उमेर नपुग्दै विवाह गर्दा शारीरिक, मानसिक र आर्थिक समस्या आउने जोखिम रहे पनि बाल विवाह रोकिएको छैन । सामाजिक सञ्जालको दुरुपयोगले विद्यालय उमेरमै विवाह गर्ने समस्या देखा परेको छ । जनचेतना र शिक्षाको अभावसँगै सामाजिक सञ्जालका कारण बाल विवाहका घटना बढेको बुझाइ स्वास्थ्य कार्यालय कैलालीका तथ्या्ंक अधिकृत जोशीको छ ।
उनले विद्यालय उमेरका केटाकेटी सामाजिक सञ्जालका माध्यमबाट नजिकिँदै उमेर नपुग्दै विवाह गर्ने अवस्थासम्म पुग्ने गरेको बताइन् । विद्यमान कानुनले २० वर्ष नपुगी विवाह गर्नु कसुर ठहरिने भए पनि कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा बाल विवाह रोक्न सकिएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १० गते, २०८३ - २२:३८
काठमाडौँ । राजधानीको थापाथलीस्थित सुकुमबासी बस्ती फेरि बहसको केन्द्रमा आएको छ । बस्ती खाली गराउने सरकारी तयारीसँगै “को वास्तविक सुकुमबासी ?” भन्ने प्र...
बैशाख १० गते, २०८३ - २२:३०
काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने निर्णयले तातेको बहसबीच नागरिक तहबाट नेतृत्वप्रति प्रत्यक्ष प्रश्न उठ्न थालेको छ । यही क्रममा अभियन्ता रक्षा बमले रा...
बैशाख १० गते, २०८३ - २२:२६
काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको चलचित्र कमला मिस को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार वितरक कम्पनीहरू...
बैशाख १० गते, २०८३ - १९:३६
काठमाडौं । राष्ट्रपतिका लागि अतिरिक्त संरचना विस्तार गर्ने योजना अन्ततः रोकिएको छ । सरकारले महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान को जग्गा...
बैशाख १० गते, २०८३ - १९:३०
वीरगञ्ज । खुला सीमाको संवेदनशीलता फेरि एकपटक केन्द्रमा आएको छ । सम्भावित अवैध घुसपैठ र सुरक्षाजन्य जोखिमलाई ध्यानमा राख्दै वीरगञ्ज नाकामा सुरक्षाकर्मी...
बैशाख १० गते, २०८३ - १९:२२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजक समिति बैठक सुरु भएको तीन साता बितिसक्दा पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । चैत ...
बैशाख १० गते, २०८३ - १९:१४
काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, आधारहीन तथा भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम र पत्रकारलाई कडा निर्देशन दिएको छ । ...
बैशाख १० गते, २०८३ - १९:१२
काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार गोल्छालाई पक्राउ गरेको हो। सम्पत्ति शुद्धी...
बैशाख १० गते, २०८३ - ०७:२४
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरे...
बैशाख ६ गते, २०८३ - २१:५२
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...


प्रतिकृया लेख्नुहोस्: