Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

कैलालीमै १४ सय ५२ किशोरीले जन्माए २० वर्ष नपुग्दै बच्चा

खबरडबली संवाददाता

धनगढी । कैलालीमा झण्डै चार प्रतिशत महिलाले २० वर्ष नपुग्दै बच्चा जन्माउने गरेको पाइएको छ । आर्थिक वर्ष २०७९–८० मा १० दशमलव २७ प्रतिशत र आर्थिक वर्ष २०८०–८१ मा ९ प्रतिशत महिलाले २० वर्ष नपुग्दै बच्चा जन्माएको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकले देखाएको हो । २० वर्ष उमेर नपुग्दै विवाह गर्नु मुलुकी अपराध संहिता ऐन २०७४ विपरीत हो ।

२०७२ को संविधानले २० वर्ष नपुग्दै विवाह गर्नु र गराउनु कानुनी अपराध मानेको छ । तर अशिक्षा, आर्थिक अवस्था कमजोर र बालविवाह गर्दा हुन सक्ने समस्याका विषयमा पर्याप्त जानकारी नभएकै कारण ग्रामीण क्षेत्रका बालबालिका उमेरै नपुगी वैवाहिक जीवनमा जोडिन बाध्य छन् ।

यस्तो छ २० वर्ष नपुग्दै आमा बन्नेको तथ्यांक
कैलालीमा आर्थिक वर्ष २०७९–८० मा १६ हजार ७४९ महिलाले बच्चा जन्माएका छन् । तीमध्ये एक हजार ७१९ महिला २० वर्ष नपुग्दै आमा बनेका हुन् । यो कुल आमा बन्ने महिलाको १० दशमलव २७ प्रतिशत हो । यस्तै आर्थिक वर्ष २०८०–८१ मा कैलालीमा १६ हजार १४१ महिला सुत्केरी भएका छन् ।

जसमध्ये एक हजार ४५२ महिला २० वर्ष नपुग्दै आमा बनेका छन् । जिल्लामा पछिल्लो दुई आर्थिक वर्षको तथ्यांकले उमेर नपुग्दै विवाह र आमा बन्नेको संख्या शून्यमा नझरेको देखिएको स्वास्थ्य कार्यालय कैलालीका तथ्यांक अधिकृत गौरी जोशीले बताइन् । उनले उमेर नपुग्दै विवाह गर्दा २० वर्ष नपुग्दै आमा बन्नुपर्ने अवस्था आउने गरेको बताइन् ।

यस्तो छ कानुनी व्यवस्था
मुलुकी अपराध संहिता ऐन, २०७४ मा २० वर्ष नपुग्दै विवाह गरे कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिबाना हुने व्यवस्था छ । प्रजनन स्वास्थ्यका दृष्टिकोणबाट पनि २० वर्ष नपुग्दै विवाह गर्दा प्रजन स्वास्थ्य समस्या देखिने, आमा र बच्चाको स्वास्थ्यमा समस्या देखापर्ने जोखिम हुन्छ । तर पनि सुदूरपश्चिमकै सुगम मानिएको कैलालीमा समेत २० वर्ष नपुग्दै घरजम गर्नेको संख्या उल्लेख्य देखिएको छ ।

सामाजिक सञ्जालको दुरुपयोगले बाल विवाह बढ्दो
उमेर नपुग्दै विवाह गर्दा शारीरिक, मानसिक र आर्थिक समस्या आउने जोखिम रहे पनि बाल विवाह रोकिएको छैन । सामाजिक सञ्जालको दुरुपयोगले विद्यालय उमेरमै विवाह गर्ने समस्या देखा परेको छ । जनचेतना र शिक्षाको अभावसँगै सामाजिक सञ्जालका कारण बाल विवाहका घटना बढेको बुझाइ स्वास्थ्य कार्यालय कैलालीका तथ्या्ंक अधिकृत जोशीको छ ।

उनले विद्यालय उमेरका केटाकेटी सामाजिक सञ्जालका माध्यमबाट नजिकिँदै उमेर नपुग्दै विवाह गर्ने अवस्थासम्म पुग्ने गरेको बताइन् । विद्यमान कानुनले २० वर्ष नपुगी विवाह गर्नु कसुर ठहरिने भए पनि कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा बाल विवाह रोक्न सकिएको छैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending