Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

आयल निगमले भन्यो - विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण सम्भव छैन

खबरडबली संवाददाता

काठमाडौँ। नेपाल आयल निगम लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण गर्न सम्भव नभएको बताएको छ ।

आइतबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव तथा नेपाल आयल निगम लिमिटेडका अध्यक्ष मधुसुदन बुर्लाकोटीले यस्तो बताएको हो ।

उनले विमानस्थलभित्र रहेको अयाल निगमको इन्धन भण्डारणलाई तत्काल विमानस्थल बाहिर स्थानान्तरण गर्न सम्भव नभएको बताए। उनले प्राविधिक कारणले पनि बाहिर स्थानान्तरण गर्न नसकिने भन्दै विमानस्थलभित्रै भण्डारण गर्नु आफूहरुको बाध्यता भएको जिकिर गरे। यद्यपी प्रधानमन्त्रीको निर्देशन अनुरुप आफूले काठमाडौँ उपत्यकाका केही स्थानहरुमा विकल्प खोजिरहेको भन्दै राजनीतिक तहबाट स्वीकृत हुन बाँकी रहेको बताए ।

राजनीतिक तहले स्वामित्व नलिएसम्म सो स्थानबारे आफूले अहिले नै खुलाउनु उपयुक्त नहुने बताउदै अध्यक्ष बुर्लाकोटीले विमानस्थल भित्रको इन्धन भण्डारणलाई सम्भव भएसम्म सुरक्षित तवरले राखिएको बताए।

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरण गर्न निगम तयार भए पनि जग्गा अभावका कारण सम्भव नभएको औंल्याए।

उनले जग्गा उपलब्ध हुन सकेमा आफूहरुले तुरुन्त काम अगाडी बढाउने बताए। उनले निगमले स्थानान्तरणका लागि बजेट छुट्याएर राखेको भए पनि जग्गा प्राप्ति नहुँदा गर्न नसकिएको बताए ।

‘‘यो समितिले नार्कलाई एउटा निर्देशन तुरुन्त जग्गा उपलब्ध गराइदिनु । यति ढिला किन गर्नुभयो भनेर एउटा निर्देशन दिए भने असाध्यै राम्रो हुन्थ्यो । हामी त तयारी अवस्थामा छौँ । हामीले डिपिआर गर्न पाइरहेका छैनौँ । गत आर्थिक वर्षमा पनि हामीले बजेट राख्यौँ । डिपिआर गर्न सुरु गर्न खोज्यौँ तर जग्गा उपलब्ध भएको छैन ।,’’ निर्देशक डा। भट्टले भने, ‘‘हाम्रो जग्गाका इस्युहरु छन् । हाम्रो ३२ रोपनी जग्गा यतापट्टी छ । ५ रोपनी भाडामा लिएका छौँ । सम्बन्धित निकायले पनि हामीसँग यो जग्गाको विषय सल्ट्याउनुपर्‍यो । हामी सल्ट्याउन तयार छौँ । जग्गा तुरुन्तै उपलब्ध गराउँछौ भन्ने विषय आइदियो भने सहज हुन्थ्यो । जग्गा उपलब्ध नभएकोले हामीले काम अगाडी बढाउन नसकेको अवस्था छ ।’’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङमा निर्माणाधीन घरको पानी ट्यांकीमा दुई जनाको शव फेला

काठमाडौं । दाङमा निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्य...

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्ने

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायलाई ४७ बुँदे बजेट कार्यान्...

बजारमा सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु ११० ले बढेको हो । नेपा...

बागमती सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा

हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। उनीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसम...

आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन

चितवन। आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २६ अर्ब ८३ करोड पाँच लाख राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा रु एक अर्ब ...

प्रधानमन्त्री शाहले आज हस्तकला क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालका हस्तकला उद्योगको विकास, विस्तार र प्रवर्द्धनका विषयमा आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने भ...

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज रु एक खर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ ।  राष्ट्र बै...

तनहुँमा बस दुर्घटना : चालकसहित १० जना घाइते

तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...

भक्तपुरमा विश्वकप फाइनल हेर्दा भएको झडपमा एक युवाको मृत्यु, १८ जना पक्राउ

काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending