काठमाडौं । आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटी बैठक आउँदो भदौ ११ र १२ गते काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा बस्दैछ ।
बैठकमा तेस्रो जनआन्दोलनको राणनीति तय हुनेछ । दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले त्यसबारेमा अगामी कार्ययोजना समेत पेश गर्दैछन् ।
आजपा महासचिव त्रिभुवन साहले अब हुने तेस्रो जनआन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित हुने बताए । बैठकले अब हुने आन्दोलन शसक्त र कडा बनाउँने योजना सहित अगाडी बढने बताए । बैठकमा सोही बिषय केन्द्रीत विषयमा गम्भिर छलफल हुने उनले बताए ।
बैठकमा आजपाले विगतका दिनमा गरेको बिभिन्न आन्दोलनको बारेमा समिक्षा पनि हुनेछ । आजपा महासचिव साहका अनुसार भन्सार, भ्रष्टाचार, वैदेशिक रोजगार, वैंकिङ ठगी तथा कवाड लगायतका आन्दोलनका बारेमा बैठकमा समिक्षा हुने एजेण्डा तय भएको छ । साथै यि आन्दोलनलाई अझै कसरी सशक्त बनाउँने र अगामी दिनमा कसरी अगाडी बढाउँने बारेमा समेत छलफल र योजनाको बनाउँने काम हुनेछ ।
यसैगरी शिक्षक दरबन्दीका लागि मधेसमा जारी आन्दोलनलाई अझै शसक्त बनाउँने र आम शैक्षिक हडताल ९आम शैक्षिक आन्दोलन० बारे समेत निर्णय हुनेछ । आजपा प्रवक्ता चन्द्रभुषण साहले विद्यार्थी अनुपातमा मधेसमा शिक्षकको व्यवस्था सरकारले गराउँन सकेको छैन् । यस बारेमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत सरकारले वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा जानुपर्ने र त्यसबारेमा समेत बैठकले निर्णय गर्ने उनले बताए ।
तेस्रो जनआन्दोलनको बारेमा मात्रै नभई विगतको आन्दोलनको समिक्षा गर्दै अगाडी बढने बारेमा छलफल गर्दै पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारी समेत सोही अनुसार आन्दोलन केन्द्रीत कार्यविभाजन समेत हुने आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहले बताए । नेताहरुलाई आन्दोलनको बिभिन्न जिम्मेवारी तोकेरै परिचालन गर्ने योजना रहेको छ । आन्दोलन केन्द्रीत नेताहरुको कार्यविभाजन गर्दै ससक्त रुपमा अगाडी बढने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १२:००
काठमाडौं । दाङमा निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्य...
श्रावण ६ गते, २०८३ - ११:४२
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
श्रावण ६ गते, २०८३ - ११:२५
काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायलाई ४७ बुँदे बजेट कार्यान्...
श्रावण ६ गते, २०८३ - ११:१६
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु ११० ले बढेको हो । नेपा...
श्रावण ६ गते, २०८३ - ११:१०
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। उनीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसम...
श्रावण ६ गते, २०८३ - १०:५१
चितवन। आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २६ अर्ब ८३ करोड पाँच लाख राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा रु एक अर्ब ...
श्रावण ६ गते, २०८३ - १०:४०
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालका हस्तकला उद्योगको विकास, विस्तार र प्रवर्द्धनका विषयमा आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने भ...
श्रावण ६ गते, २०८३ - १०:०५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज रु एक खर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बै...
श्रावण ५ गते, २०८३ - १७:५९
तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...
श्रावण ५ गते, २०८३ - १७:३७
काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...



प्रतिकृया लेख्नुहोस्: