Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

स्वच्छ खानेपानीको सुनिश्चिततामा छत्रेश्वरी गाउँपालिकाः एक घर एक धारा अभियानको सफलता

एकै वर्ष एउटै पालिकामा ८२१ खानेपानीको धारा, पौने तीन करोड लगानी

खबरडबली संवाददाता

सल्यान । छत्रेश्वरी गाउँपालिकामा एक वर्षमा ८२१ खानेपानीको धारा निर्माण भएका छन् । पालिकाका सबै नागरिक समक्ष स्वच्छ र दिगो खानेपानीको व्यवस्थापनका लागि एक घर एक धारा को अभियानमा रहेको छत्रेश्वरीले आर्थिक वर्ष २०८०।०८१ मा मात्रै ८२१ घरधुरीमा खानेपानीको सुविधा पुर्याएको हो । 

जसबाट पाँच हजार ३६० जनसंख्या लाभान्वित भएको गाउँपालिकाले जनाएको छ । खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रमा उल्लेख्य लक्ष्य हासिल गर्नका लागि पालिकाको आफ्नै लगानी तथा विभिन्न दातृ निकाय, संघसंस्था एवम् परियोजनाहरुसंगको सहकार्य र साझेदारीमा योजना सञ्चालन गर्दा एक वर्षको अवधिमा ८२१ बढी घरधुरीमा खानेपानीको धारा निर्माण गर्ने सफलता मिलेको गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जनाए । पालिकाका विभिन्न ३६ योजना तथा गाउँपालिकासंगको साझेदारीमा सञ्चालित सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना (सुस्वा) मार्फत घरघरमा धारा निर्माण गरिएको उनको भनाई छ ।

एक गाग्री खानेपानीको जोहो गर्न निकै दुःख भोग्नेगरेकी सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ हारिचारकी रामकली खत्री घरमै धारा निर्माण भएर नियमित पानी आउन थालेपछि दंग छिन् । पानीको समस्यासंगै सबैभन्दा बढी जुध्ने गरेका छत्रेश्वरीकै वडा नं ७ स्थित पानीखोलाका महिलाहरु जागरुक भएर महिलाहरुको मात्रै समिति निर्माण गरेर वृहत योजना सम्पन्न पार्दै घरघरमा धारा निर्माणसंगै विकटको मुहानबाट पानी ल्याउन सफल भएका छन् । स्थानीय मिना कुमारी वलीले अहिले वर्षाैँदेखीको खानेपानी समस्या समाधान भएको बताउँछिन् । गाउँपालिकाले स्थानीय समूदायलाइ समेत सक्रिय बनाउदै विभिन्न निकायसंगको साझेदारीमा एक वर्षको अवधिमा मात्रै उल्लेख्य प्रगति हासिल गरेको छ ।

खानेपानीका धारा संगै घरघरमा हात धुने स्थान तथा चाङ समेत निर्माण भएको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आफ्नै लगानीबाट ३६ वटा योजना सम्पन्न गरेर ५१२ वटा धारा निर्माण भएको र यसबाट दुई हजार ६२१ जना लाभान्वित भएको योजना शाखा प्रमुख नविन चन्दले जानकारी दिए । यस्तै सुस्वा परियोजना मार्फत ३०९ जनाको घरमा धारा निर्माण भएको गाउँपालिकाको वास इकाइले जानकारी दिएको छ । परियोजना अन्तर्गत खानेपानी तथा सरसफाइका योजनाबाट दुई हजार ७३९ जना लाभान्वित भएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए । उनले भने, ‘घरघरमा खानेपानीका धारा संगै भाँडाकुडा माझिसकेपछि सुकाउन, राख्नका लागि २३६ घरमा चाङ र २७५ घरमा हात धुने स्थान पनि बनाइएको छ । गत आर्थिक वर्षमा खानेपानीका ४ वटा वृहत योजना सम्पन्न भएका छन् ।’

वडा नं १ मा ७९ लाख ४७ हजार ११३ रुपैयाँको लागतमा १४६ घरमा धारा पुर्याएर दुदेलिगैरा खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएको छ भने वडा नं २ मा ३२ लाख ९७ हजार ८६४ रुपैयाँ लागतमा पांग्रेखोला दमाचौर खानेपानी तथा सरसफाइ योजनाबाट ४५ घरमा धारा पुगेको केसीले जनाए । यस्तै वडा नं ४ मा ३४ लाख ८६ हजार ८०७ रुपैयाँ लागतमा निर्माण भएको ढुंगेखानी हारिचार पोखरीडाँडा खानेपानी योजनाले ३२ घरमा धारा पुगेको छ भने वडा नं ७ मा ५२ लाख ४१ हजार २६३ रुपैयाँ लागतको छहरेखोला पानीखोला खानेपानी तथा सरसफाई योजनाबाट ८६ घरमा धारा पुगेको उनले जनाए । सुस्वा परियोजनाको ६१.१४ प्रतिशत, गाउँपालिकाको १३.६२ प्रतिशत र उपभोक्ताको २५.२३ प्रतिशत साझेदारीमा खानेपानी तथा सरसफाइका योजनाहरु सम्पन्न भएको वास इकाइले जनाएको छ ।

स्वच्छ र सुरक्षित खानेपानीको आपूर्ति व्यवस्था गर्न कम हुदै गएका खानेपानीका स्रोतको जगेर्ना गर्दै खानेपानी तथा सरसफाइका संरचनाहरूलाई जलवायु अनुकूल तथा बिपद् व्यवस्थापनमैत्री बनाउँदै लगिने गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक बुद्ध कुमारी खत्रीले जनाइन् । गत आर्थिक वर्षमा मात्रै जनसहभागिता सहित खानेपानी योजनाको लागि दुई करोड ७८ लाख ९९ हजार ३१७ रुपैयाँ लगानी भएको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ । 

मानव स्वास्थ्य, वातावरण, र सामाजिक–आर्थिक विकासका दृष्टिले दिगो तथा स्वच्छ खानेपानीको महत्व धेरै रहेको भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले पानी स्रोतहरूको पहिचान, संरक्षण, र उचित व्यवस्थापनमा गाउापालिकाले विशेष ध्यान दिएको बताए । 

समुदायका मानिसहरूलाई पानीको संरक्षण, उपयोग, र सरसफाइबारे सचेतना जगाउने काम पनि भइरहेको भन्दै छत्रेश्वरी गाउँपालिकाले दीगो खानेपानी व्यवस्थापनमा समुदायलाइ सक्रिय रुपमा सहभागिता गराउने जनाएको छ ।

स्वच्छ खानेपानीको सुनिश्चितता संगै सरसफाइको उचित व्यवस्था पनि जरुरी देखिन्छ । यसमा  स्थानीय सरकारले शौचालय निर्माण, फोहोरमैला व्यवस्थापन, र जनचेतना कार्यक्रमहरूको माध्यमबाट सरसफाइ अभियान चलाउन आवश्यक छ । पानीको अनियमित प्रयोग, प्रदूषण, र दुरुपयोग रोक्नका लागि स्थानीय सरकारले आवश्यक नियम र कानूनहरूको निर्माण र कार्यान्वयन गर्नुपर्छ ।  

यसमा जरिवाना, प्रोत्साहन, र निगरानीको व्यवस्था समावेश गर्न आवश्यक रहेको यस क्षेत्रका जानकारहरु बताउँछन् । खानेपानीको गुणस्तर र वितरण प्रणालीको प्रभावकारिता सुनिश्चित गर्न नियमित निरीक्षण, निगरानी, मूल्यांकन तथा संघीय सरकार, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय संस्था, र निजी क्षेत्रसँग सहकार्यमा स्थानीय सरकारको भुमिका महत्वपूर्ण मानिन्छ । 

संकटको समयमा खानेपानीको अभाव हुन नदिनका लागि स्थानीय सरकारले बाढी, खडेरी, वा अन्य प्राकृतिक प्रकोपको समयमा पानीको आपूर्ति सुनिश्चित गर्न योजनाबद्ध तयारी र व्यवस्थापनको आवशयकता छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नाम ‘सुकुमबासी’, तर जग्गा प्रशस्त : थापाथलीको यथार्थले उठायो गम्भीर प्रश्न

काठमाडौँ । राजधानीको थापाथलीस्थित सुकुमबासी बस्ती फेरि बहसको केन्द्रमा आएको छ । बस्ती खाली गराउने सरकारी तयारीसँगै “को वास्तविक सुकुमबासी ?” भन्ने प्र...

सुकुम्बासीको बीचबाट रक्षा बमकाे रविलाई प्रश्नः ‘सुकुम्बासी बस्तीमा आएर छाती थाप्न सक्नुहुन्छ ?’

काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने निर्णयले तातेको बहसबीच नागरिक तहबाट नेतृत्वप्रति प्रत्यक्ष प्रश्न उठ्न थालेको छ । यही क्रममा अभियन्ता रक्षा बमले रा...

निर शाहको कमब्याक निर्देशन, साउन २२ मा आउँदै ‘कमला मिस’

काठमाडौं  । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको चलचित्र कमला मिस को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार वितरक कम्पनीहरू...

महाराजगञ्जको जग्गा यथावत् : राष्ट्रपति विस्तार योजना फिर्ता

काठमाडौं । राष्ट्रपतिका लागि अतिरिक्त संरचना विस्तार गर्ने योजना अन्ततः रोकिएको छ । सरकारले महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान को जग्गा...

सीमा कडाइ : वीरगञ्ज नाकामा विदेशी प्रवेशमाथि कडा निगरानी

वीरगञ्ज । खुला सीमाको संवेदनशीलता फेरि एकपटक केन्द्रमा आएको छ । सम्भावित अवैध घुसपैठ र सुरक्षाजन्य जोखिमलाई ध्यानमा राख्दै वीरगञ्ज नाकामा सुरक्षाकर्मी...

तीन साता बित्दा पनि निष्कर्ष टाढै : नेकपाको बैठक किन अल्झियो ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजक समिति बैठक सुरु भएको तीन साता बितिसक्दा पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । चैत ...

भ्रामक र अपुष्ट सामग्री प्रकाशन प्रसारण नगर्न प्रेस काउन्सिलको चेतावनी

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, आधारहीन तथा भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम र पत्रकारलाई कडा निर्देशन दिएको छ । ...

व्यवसायी शेखर गोल्छा पक्राउ

काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार गोल्छालाई पक्राउ गरेको हो। सम्पत्ति शुद्धी...

सार्वजनिक सवारीको भाढा ९.८ प्रतिसतले बढाउन सिफारिस

काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरे...

पश्चिम एसियाली द्वन्द्वको असर : मल खरिद टेन्डर असफल, असारपछि आपूर्ति अनिश्चित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending