सल्यान । नेकपा एमालेनिकट मजदुर संगठन नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) सल्यानको नयाँ कमिटी निर्माण भएको छ । श्रीनगरमा शुक्रबार सम्पन्न जिल्ला समन्वय भेलाले ९ सदस्यीय कमिटी गठन गरेको हो । जसको अध्यक्षमा मोहन केसी, उपाध्यक्षमा डिल्ली राना, सचिवमा प्रकाश चन्द र सदस्यहरुमा शेर बहादुर खड्का, खिम बहादुर चलाउने, टेक बहादुर बुढा, खडानन्द खड्गी, लोकेन्द्र केसी रहेका छन् ।
कार्यक्रममा बोल्दै नेकपा एमाले सल्यानका उपाध्यक्ष ओज बहादुर बुढाथोकीले श्रमजीवी र मजदुरहरुको स्थायी व्यवस्थापन र समस्या समाधान गर्नसक्ने पार्टी एमाले भएको बताउँदै सबै क्षेत्रमा क्रियाशील मजदुरहरु एमालेको जनवर्गीय संगठन जिफन्टमा आबद्ध हुनुपर्ने बताए ।
कार्यक्रममा जिफन्ट कर्णाली प्रदेश कमिटीका सचिव श्रीपाल सारु मगर, एमाले सल्यानका सचिव पुष्पा वोहरा, जिल्ला कमिटी सचिवालय सदस्य फौद बहादुर बस्नेत, जिफन्टका सल्यान इन्चार्ज तोमानन्द खत्री लगाएतले बोल्दै श्रमजीवी मजदुरहरुको परिश्रम र मेहनतविना विकास र समृद्धि हासिल गर्न नसकिने भएकाले मजदुरको हक, हित र सुरक्षाका लागि विशेष योजना ल्याउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
जिल्ला समन्वय सम्मेलनमा एमालेका जिल्लास्तरिय नेताहरु ज्ञान बहादुर खड्का, टिकाराम बुढा, धर्म बहादुर विक लगाएतको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: