Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

०६४ का माओवादी मतदाता खोज्न कार्यकर्तालाई अध्यक्ष प्रचण्डको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदैव सत्तामा रहनेगरी वातावरण बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन्‌ । यसका लागि २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बन्नेगरी मत दिने मतदाता खोज्न पनि उनले कार्यकर्तालाई अह्राएका छन्‌ ।

आज (शनिबार) पार्टीनिकट ‘नुवाकोट(काठमाडौं सम्पर्क समन्वय समिति’ ले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै दाहालले भने, ‘२०८४ मा हुने चुनावमा हामी पहिलो पार्टी बन्न सक्छौँ । त्यसका लागि सर्वप्रथम २०६४ मा माओवादीलाई भोट हालेका जनताकहाँ जानुपर्छ । पहिला लिस्ट बनाउन पर्‍यो । भोट हाल्ने को(को हुन्, खोज्नपर्‍यो । ती सबैसँग सम्पर्क गर्नुपर्‍यो ।’

दाहालले थपे, ‘ती भोटरहरूसँँग आत्मसमीक्षा गर्ने, गल्ती सच्याएर एकताबद्ध भयौँ भन्ने, सुशासनको पक्षमा लड्न चाहेको बताउने, एकपटक फेरि हामीलाई मद्दत गर्नुपर्‍यो भन्नुपर्छ, त्यसो गर्दा संख्या देखाएर हामीलाई सरकारबाहिर गर्ने यी भ्रष्टाचारीहरूलाई कहिल्यै पनि आउन नदिने वातावरण बनाउन सकिन्छ।’

माओवादीले जनताका बीचमा गएर आत्मसमीक्षा गर्ने र धुलोमैलो टक्टक्याएर आयौं भन्न कार्यकर्तालाई दाहालको निर्देशन छ । उनले २०६४ मा माओवादीलाई मत दिएकाका छोराछोरीलाई समेत खोजी उनीहरू रहेको ठाउँ पत्ता लगाएर सम्पर्कमा ल्याउने प्रयास गर्न पनि कार्यकर्तालाई निर्देशन दिए । साथै, माओवादी पूर्वलडाकु र पार्टीनिकट संगठनका कार्यकर्ताको लिस्ट बनाउन पनि उनले निर्देश गरे ।

दाहालले कार्यकर्तालाई सामाजिक सञ्‍जाल उपयोग गर्न पनि सुझाएका छन्‌ । उनले सामाजिक सञ्जाल उपयोग नगर्दा पनि पछिल्ला निर्वाचनमा पार्टीले क्षति ब्यहोर्नुपरेको तर्क गरे ।

 

  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नाम ‘सुकुमबासी’, तर जग्गा प्रशस्त : थापाथलीको यथार्थले उठायो गम्भीर प्रश्न

काठमाडौँ । राजधानीको थापाथलीस्थित सुकुमबासी बस्ती फेरि बहसको केन्द्रमा आएको छ । बस्ती खाली गराउने सरकारी तयारीसँगै “को वास्तविक सुकुमबासी ?” भन्ने प्र...

सुकुम्बासीको बीचबाट रक्षा बमकाे रविलाई प्रश्नः ‘सुकुम्बासी बस्तीमा आएर छाती थाप्न सक्नुहुन्छ ?’

काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने निर्णयले तातेको बहसबीच नागरिक तहबाट नेतृत्वप्रति प्रत्यक्ष प्रश्न उठ्न थालेको छ । यही क्रममा अभियन्ता रक्षा बमले रा...

निर शाहको कमब्याक निर्देशन, साउन २२ मा आउँदै ‘कमला मिस’

काठमाडौं  । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको चलचित्र कमला मिस को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार वितरक कम्पनीहरू...

महाराजगञ्जको जग्गा यथावत् : राष्ट्रपति विस्तार योजना फिर्ता

काठमाडौं । राष्ट्रपतिका लागि अतिरिक्त संरचना विस्तार गर्ने योजना अन्ततः रोकिएको छ । सरकारले महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान को जग्गा...

सीमा कडाइ : वीरगञ्ज नाकामा विदेशी प्रवेशमाथि कडा निगरानी

वीरगञ्ज । खुला सीमाको संवेदनशीलता फेरि एकपटक केन्द्रमा आएको छ । सम्भावित अवैध घुसपैठ र सुरक्षाजन्य जोखिमलाई ध्यानमा राख्दै वीरगञ्ज नाकामा सुरक्षाकर्मी...

तीन साता बित्दा पनि निष्कर्ष टाढै : नेकपाको बैठक किन अल्झियो ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजक समिति बैठक सुरु भएको तीन साता बितिसक्दा पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । चैत ...

भ्रामक र अपुष्ट सामग्री प्रकाशन प्रसारण नगर्न प्रेस काउन्सिलको चेतावनी

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, आधारहीन तथा भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम र पत्रकारलाई कडा निर्देशन दिएको छ । ...

व्यवसायी शेखर गोल्छा पक्राउ

काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार गोल्छालाई पक्राउ गरेको हो। सम्पत्ति शुद्धी...

सार्वजनिक सवारीको भाढा ९.८ प्रतिसतले बढाउन सिफारिस

काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरे...

पश्चिम एसियाली द्वन्द्वको असर : मल खरिद टेन्डर असफल, असारपछि आपूर्ति अनिश्चित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending