काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदैव सत्तामा रहनेगरी वातावरण बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । यसका लागि २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बन्नेगरी मत दिने मतदाता खोज्न पनि उनले कार्यकर्तालाई अह्राएका छन् ।
आज (शनिबार) पार्टीनिकट ‘नुवाकोट(काठमाडौं सम्पर्क समन्वय समिति’ ले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै दाहालले भने, ‘२०८४ मा हुने चुनावमा हामी पहिलो पार्टी बन्न सक्छौँ । त्यसका लागि सर्वप्रथम २०६४ मा माओवादीलाई भोट हालेका जनताकहाँ जानुपर्छ । पहिला लिस्ट बनाउन पर्यो । भोट हाल्ने को(को हुन्, खोज्नपर्यो । ती सबैसँग सम्पर्क गर्नुपर्यो ।’
दाहालले थपे, ‘ती भोटरहरूसँँग आत्मसमीक्षा गर्ने, गल्ती सच्याएर एकताबद्ध भयौँ भन्ने, सुशासनको पक्षमा लड्न चाहेको बताउने, एकपटक फेरि हामीलाई मद्दत गर्नुपर्यो भन्नुपर्छ, त्यसो गर्दा संख्या देखाएर हामीलाई सरकारबाहिर गर्ने यी भ्रष्टाचारीहरूलाई कहिल्यै पनि आउन नदिने वातावरण बनाउन सकिन्छ।’
माओवादीले जनताका बीचमा गएर आत्मसमीक्षा गर्ने र धुलोमैलो टक्टक्याएर आयौं भन्न कार्यकर्तालाई दाहालको निर्देशन छ । उनले २०६४ मा माओवादीलाई मत दिएकाका छोराछोरीलाई समेत खोजी उनीहरू रहेको ठाउँ पत्ता लगाएर सम्पर्कमा ल्याउने प्रयास गर्न पनि कार्यकर्तालाई निर्देशन दिए । साथै, माओवादी पूर्वलडाकु र पार्टीनिकट संगठनका कार्यकर्ताको लिस्ट बनाउन पनि उनले निर्देश गरे ।
दाहालले कार्यकर्तालाई सामाजिक सञ्जाल उपयोग गर्न पनि सुझाएका छन् । उनले सामाजिक सञ्जाल उपयोग नगर्दा पनि पछिल्ला निर्वाचनमा पार्टीले क्षति ब्यहोर्नुपरेको तर्क गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: