Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

काभा वुमन्स लिगको उपविजेता टोलीलाई जनही १ लाख २ हजार पुरस्कार

खबरडबली संवाददाता

काठमाडौँ। नेपाल भलिबल सङ्घले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।  सङ्घले शनिबार टोलीका खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारसहित सम्मान गरेको हो । 

सङ्घले काठमाडौँ हालै सम्पन्न काभा वुमेन्स नेसन्स लिगमा रजतपदक विजेता महिला टोलीका खेलाडी र प्रशिक्षकलाई जनही एक लाख दुई हजार र व्यवस्थापक र फिजियोलाई जनही ८२ हजार रुपियाँ पुरस्कार प्रदान गरेको छ ।  काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल खेलमा भारतसँग ३–२ को सेटमा पराजित हुँदै उपविजेता बनेको थियो । 

यस्तै कार्यक्रममा माल्दिभ्समा हालै सम्पन्न काभा यु–२० भलिबल तेस्रो स्थान हासिल गरेको नेपाली महिला भलिबल खेलाडीहरू, प्रशिक्षक र टिम व्यवस्थापकलाई जनही १५ हजार रुपियाँ पुरस्कारबाट सम्मान गरिएको छ । 

यस्तै सङ्घले भुटानमा सम्पन्न काभाबीच भलिबलमा महिलातर्फ स्वर्ण पदक विजेता महिला भलिबल टिमकी कमला पुन र मनीषा चौधरीलाई जनही ६० हजार तथा प्रशिक्षक उपप्रशिक्षक  विष्टलाई ४० हजार रुपियाँ र  सोही प्रतियोगितामा पुरुषतर्फ रजत पदक जिप्त सफल मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारलाई जनही ३० हजार रुपियाँ पुरस्कारसहित सम्मान गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ: नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताएको छन् ।   नेपाली कांग्र...

कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका श्रेष्ठले आत्मदाह गरेको प्रहरीको निष्कर्ष

काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा फेला परेका सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको अनुसन्धानबाट निष्कर्ष निकालिएको छ। काठमाडौं ...

दाङमा निर्माणाधीन घरको पानी ट्यांकीमा दुई जनाको शव फेला

काठमाडौं । दाङमा निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्य...

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्ने

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायलाई ४७ बुँदे बजेट कार्यान्...

बजारमा सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु ११० ले बढेको हो । नेपा...

बागमती सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा

हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। उनीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसम...

आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन

चितवन। आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २६ अर्ब ८३ करोड पाँच लाख राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा रु एक अर्ब ...

प्रधानमन्त्री शाहले आज हस्तकला क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालका हस्तकला उद्योगको विकास, विस्तार र प्रवर्द्धनका विषयमा आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने भ...

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज रु एक खर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ ।  राष्ट्र बै...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending