Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

तनहुँ बस दुर्घटनामा मृत्यु भएकाहरुको शव महाराष्ट्र पठाइयो

खबरडबली संवाददाता

नारायणगढ। दुर्घटनामा परी ज्यान गुमाएका भारतीय यात्रुको शव भारत लैजान भरतपुर विमानस्थल लैजान थालिएको छ ।

भरतपुर अस्पतालका सुपरिटेन्डेन्ट डा। कृष्णप्रसाद पौडेलले भरतपुरमा पोस्टमार्टम गरिएको शवलाई प्लाष्टिकमा बेरेर बाकसमा राखी भरतपुर विमानस्थल पठाइएको जानकारी दिए ।

“अहिले शव लिन भारतबाट विमान आउँदै छ । पोष्टमार्टम गरिएका शवहरूलाई अहिले भरतपुर विमानस्थल पठाइँदै छ”, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। पौडेलले भने।

अहिले पोष्टमार्टमको काम सकिएको र शव बाकसमा राखेर भारत पठाउन लागिएको पनि उनले जनाए। 

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका परी २७ जना भारतीय नागरिकको मृत्यु भएको थियो ।  मृत्यु भएका शवको भरतपुर अस्पतालमा शनिबार बिहानैदेखि फरेन्सी विज्ञ डा। कश्यप श्रेष्ठको नेतृत्वमा रहेको तीन सदस्यीय चिकित्सकहरूको टोलीले पोष्टमार्टम गरेको थियो पोष्टमार्टम सकिएसँगै शवलाई भारत लग्न लागिएको हो ।

शवलाई भरतपुरबाट हवाइमार्फत सोझै भारतको महाराष्ट्र लगिने छ ।

शव लिन भारतबाट सिधै विशेष विमान भरतपुर विमानस्थलमा आउने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । विमान शनिबार दिउँसो ३ः३० भरतपुर विमानस्थल आइपुग्ने छ ।

शुक्रबार आबुखैरेनीमा भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो । मृतकमध्ये सबै भारत महाराष्ट्रका भएकाले उनीहरूको शव भारत नै पठाउन लागिएको हो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा सो दुर्घटना भएको हो । मृतकहरूको शवलाई शुक्रबार राति नै भरतपुर अस्पताल ल्याइएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेहरूको काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री अर्याल र अमेरिकी राजदूत अर्बमबीच शिष्टाचार भेट

काठमाडौँ।गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेको छन् । गृह मन्त्रालयमा आज भएको भ...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब नाघ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घट्दा कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०७ अङ...

हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । सुनसरी–१ का उम्मेदवार तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । चुनावी प्रचार/प्रसारमा बालबालि...

बालेनको अभिव्यक्तिविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन थापाप्रति दिएको अभिव्यक्तिविरुद...

प्रशासन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। इलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेम बहादुर खवाससहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ...

कल सेन्टरमा जिज्ञासाको चाङ : मतदाता नामावली र आचारसंहितामा बढी चासो

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ मा मतदाता र सरोकारवालाको आक...

नेपालगञ्जमा बालेनका समर्थक सवार गाडीबाट खसे, ५ जना सामान्य घाइते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकैको सडकमा गाडीबाट खसेक...

बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ...

जेनजी र सरकारबीचको १० बुँदे सम्झौता विरुद्धको रिट ‘हेर्न नभ्याइनेमा

काठमाडौँ । सरकार र जेनजी प्रतिनिधि बिच भएको १० बुँदे सम्झौता विरुद्ध दायर रिटलाई सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने सूची’मा राखेको छ। सोमबार, न्यायाध...

दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो

काठमाडौँ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending