Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

नलगाडमा सरुवा भएर आएका हाकिम बाटोबाटै फिर्ता

प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिन मेयरले खाता नै गायब गरे

खबरडबली संवाददाता

सुर्खेत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नलगाड नगरपालिकामा पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई बाटोबाट फर्काइएको छ। साउन २७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा गरी आएका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीलाई नगरपालिकाले बाटोबाटै फर्काएको हो। बिहीबार नगर प्रमुख डम्बरबहादुर रावतले मन्त्रालयलाई पत्राचार गरेर शाहीलाई फिर्ता पठाएका हुन्। नयाँ प्रमुख प्रशासकीय अधिकृत  हाजिरी गराउन नसकिने भन्दै पत्र लेखेपछि शाही बाटोबाटै फर्किएका छन्। 

मन्त्रालयले नलगाडमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत (शाखा अधिकृत) दिनेश भट्टराईलाई सरुवा गरेर सो ठाउँमा शाहीलाई सरुवा गरे पनि भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत चाहियो भन्दै नगर प्रमुख डम्बर रावतले मन्त्रालयलाई पत्र लेखेका छन्। भट्टराई एक वर्षदेखि नलगाडमा कार्यरत छन् । नयाँ कार्यालय प्रमुख शाही नलगाडवासी नै हुन्। जिल्ला प्रशासन कार्यालय, जाजरकोट, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सुर्खेतलगायत अन्य ठाउँमा बसेर सात वर्षभन्दा बढी निजामती सेवामा अनुभव बटुलेका शाहीलाई नलगाड नगर प्रमुख रावतले हाजिरी नगर्ने भन्दै मन्त्रालयमा पत्र लेखेका हुन्।

जुम्लाको गुठीचौर गाउँपालिकामा पहिलोपटक प्रमुख प्रशासकीय अधिकृत भएर गएका भट्टराई दुई महिना टिक्न नसकी मन्त्रालयमा तानिएका थिए । नलगाड नगरपालिकामा आएदेखि विवादमा पर्दै आएका भट्टराई सेवाग्राहीलाई दुस्ख दिने, कर्मचारीभित्र विवाद ल्याउनेदेखि व्यक्तिगत रिसइवी साँध्नेसम्मका कामहरू गर्दै आएको शिक्षा शाखाका बलवीर विकले बताए।

शाहीलाई नगर प्रमुख रावतले भदौ ३ गते सुर्खेतको छिन्चुमा भेटेर छिटो रमाना लिएर आउन र हाल रहेका प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई आफू नलगाड गएर बिदाइ गर्छु भन्दै आसपास गफ दिएका थिए। अन्तिममा आएर हाजिरी गर्न नसकिने भन्दै मन्त्रालयमा पत्र पठाएको सार्वजनिक भएको छ। हरेक सार्वजनिक कुरा गुपचुप हुँदै आएको नलगाडमा अहिले भारी मात्रामा विवाद बढेको नेपाली कांग्रेस जाजरकोटका युवा नेता छवि पन्तले बताए । उपनिर्वाचनलाई रुचाएको हाकिममार्फत सम्पन्न गर्नका लागि नगर प्रमुखले आफ्नो पार्टीनिकट हाकिमलाई निरन्तरता दिन चाहेको एक कर्मचारीले बताए।

प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिन मेयरले खाता नै गायब गरे

नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने थाहा पाएपछि जाजरकोटको नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले कर्मचारी हाजिरी खाता नै गायब गरेका छन्।

सरुवा भएर आएका कार्यकारी अधिकृत गोपाल शाहीलाई हाजिर हुन नदिने भन्दै उनले खाता नै गायब बनाएका हुन्। नगर प्रमुखले हाजिरी खाता लुकाएपछि नगरका कर्मचारीले शुक्रबार हाजिर गर्न पाएका छैनन्। नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिन मेयरले खाता लिएको प्रशासन शाखाका एक कर्मचारीले बताए।

तत्कालीन कार्यकारी अधिकृत दिनेश भट्टराईको सूचना आयोगमा सरुवा भएको पत्र साउन २७ गते नगरपालिकामा आएको थियो। पत्र आएसँगै नलगाड नगरपालिकामा जिल्ला समन्वय समितिबाट शाही रमाना लिएर आएका छन्। बिहीबार नगरपालिकामा शाही आउने जानकारी पाएलगत्तै नगर प्रमुखले मन्त्रालयलाई दुईवटा पत्र पठाएका थिए।

नगरपालिकाका एक कर्मचारीका अनुसार मेयर रावतले बिहीबार नै हाजिर खाता मागेर आफ्नो कार्यकक्षमा राखेका थिए। आफू नगरपालिकामा नभएको वेला हाजिर गराउन सक्ने आशंकाले कार्यकक्षमा हाजिर खाता राखेर उनी हिँडेका ती कर्मचारीले बताए। मन्त्रालयले नलगाडमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत ९शाखा अधिकृत० दिनेश भट्टराईलाई सरुवा गरेर सो ठाउँमा शाहीलाई सरुवा गरे पनि भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत राख्नुपर्ने भन्दै नगरप्रमुख डम्बर रावतले मन्त्रालयलाई पत्र लेखेका थिए।

तर, मेयर रावत भने नगरपालिकामा ई–हाजिरीको व्यवस्था भएकाले आफूले हाजिर खाता नलुकाएको बताउँछन्। त्रिभुवन माविको सम्पत्ति हिनामिनाको विषय छानबिनलगायतका काम बाँकी रहेकाले केही समय भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत राख्न खोजिएको उनको भनाइ छ। सम्पत्ति हिनामिनाको विषयमा छानबिन गर्न भट्टराईकै संयोजकत्वमा समिति बनाइएकाले छानबिन नसकिएसम्म उनलाई नै काम गर्न दिन आग्रह गरेको मेयर रावतले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बीपीको स्मृतिमा कांग्रेस संस्थापनइतरको छुट्टै सभा, खड्का–कोइराला–सिंहले संयुक्त रूपमा गरे उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले बुधबार वीपी स्मृति दिवसको अवसरमा आयोजना गरेको स्मृति सभा कार्यक्रम तीन शीर्ष नेताले संयुक्त रूपमा उद्...

टिचिङ अस्पतालले बिहीबार आधा दिन सेवा दिने

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालले बिहीबार त्रिभुवन विश्वविद्यालय दिवसको अवसरमा अस्पताल बिहानको समय (आधा दिन) मात्र सञ्चालन हुन...

प्रदीप अधिकारीकी पत्नी सुफलमाथि अनुसन्धान गर्न रक्षा मन्त्रालय र जंगी अड्डालाई अख्तियारको पत्राचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सैनिक अधिकृत भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आशंकामा आवश्यक अनु...

सुर्खेतमा फोर्स गाडी दुर्घटना, १९ जना घाइते

काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। प्रहरीका अनुसार सिम्ता गाउँपालिकाबाट गुमीतर...

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ: नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताएको छन् ।   नेपाली कांग्र...

कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका श्रेष्ठले आत्मदाह गरेको प्रहरीको निष्कर्ष

काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा फेला परेका सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको अनुसन्धानबाट निष्कर्ष निकालिएको छ। काठमाडौं ...

दाङमा निर्माणाधीन घरको पानी ट्यांकीमा दुई जनाको शव फेला

काठमाडौं । दाङमा निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्य...

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्ने

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायलाई ४७ बुँदे बजेट कार्यान्...

बजारमा सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु ११० ले बढेको हो । नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending