Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

नलगाडमा सरुवा भएर आएका हाकिम बाटोबाटै फिर्ता

प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिन मेयरले खाता नै गायब गरे

खबरडबली संवाददाता

सुर्खेत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नलगाड नगरपालिकामा पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई बाटोबाट फर्काइएको छ। साउन २७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा गरी आएका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीलाई नगरपालिकाले बाटोबाटै फर्काएको हो। बिहीबार नगर प्रमुख डम्बरबहादुर रावतले मन्त्रालयलाई पत्राचार गरेर शाहीलाई फिर्ता पठाएका हुन्। नयाँ प्रमुख प्रशासकीय अधिकृत  हाजिरी गराउन नसकिने भन्दै पत्र लेखेपछि शाही बाटोबाटै फर्किएका छन्। 

मन्त्रालयले नलगाडमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत (शाखा अधिकृत) दिनेश भट्टराईलाई सरुवा गरेर सो ठाउँमा शाहीलाई सरुवा गरे पनि भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत चाहियो भन्दै नगर प्रमुख डम्बर रावतले मन्त्रालयलाई पत्र लेखेका छन्। भट्टराई एक वर्षदेखि नलगाडमा कार्यरत छन् । नयाँ कार्यालय प्रमुख शाही नलगाडवासी नै हुन्। जिल्ला प्रशासन कार्यालय, जाजरकोट, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सुर्खेतलगायत अन्य ठाउँमा बसेर सात वर्षभन्दा बढी निजामती सेवामा अनुभव बटुलेका शाहीलाई नलगाड नगर प्रमुख रावतले हाजिरी नगर्ने भन्दै मन्त्रालयमा पत्र लेखेका हुन्।

जुम्लाको गुठीचौर गाउँपालिकामा पहिलोपटक प्रमुख प्रशासकीय अधिकृत भएर गएका भट्टराई दुई महिना टिक्न नसकी मन्त्रालयमा तानिएका थिए । नलगाड नगरपालिकामा आएदेखि विवादमा पर्दै आएका भट्टराई सेवाग्राहीलाई दुस्ख दिने, कर्मचारीभित्र विवाद ल्याउनेदेखि व्यक्तिगत रिसइवी साँध्नेसम्मका कामहरू गर्दै आएको शिक्षा शाखाका बलवीर विकले बताए।

शाहीलाई नगर प्रमुख रावतले भदौ ३ गते सुर्खेतको छिन्चुमा भेटेर छिटो रमाना लिएर आउन र हाल रहेका प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई आफू नलगाड गएर बिदाइ गर्छु भन्दै आसपास गफ दिएका थिए। अन्तिममा आएर हाजिरी गर्न नसकिने भन्दै मन्त्रालयमा पत्र पठाएको सार्वजनिक भएको छ। हरेक सार्वजनिक कुरा गुपचुप हुँदै आएको नलगाडमा अहिले भारी मात्रामा विवाद बढेको नेपाली कांग्रेस जाजरकोटका युवा नेता छवि पन्तले बताए । उपनिर्वाचनलाई रुचाएको हाकिममार्फत सम्पन्न गर्नका लागि नगर प्रमुखले आफ्नो पार्टीनिकट हाकिमलाई निरन्तरता दिन चाहेको एक कर्मचारीले बताए।

प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिन मेयरले खाता नै गायब गरे

नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने थाहा पाएपछि जाजरकोटको नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले कर्मचारी हाजिरी खाता नै गायब गरेका छन्।

सरुवा भएर आएका कार्यकारी अधिकृत गोपाल शाहीलाई हाजिर हुन नदिने भन्दै उनले खाता नै गायब बनाएका हुन्। नगर प्रमुखले हाजिरी खाता लुकाएपछि नगरका कर्मचारीले शुक्रबार हाजिर गर्न पाएका छैनन्। नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिन मेयरले खाता लिएको प्रशासन शाखाका एक कर्मचारीले बताए।

तत्कालीन कार्यकारी अधिकृत दिनेश भट्टराईको सूचना आयोगमा सरुवा भएको पत्र साउन २७ गते नगरपालिकामा आएको थियो। पत्र आएसँगै नलगाड नगरपालिकामा जिल्ला समन्वय समितिबाट शाही रमाना लिएर आएका छन्। बिहीबार नगरपालिकामा शाही आउने जानकारी पाएलगत्तै नगर प्रमुखले मन्त्रालयलाई दुईवटा पत्र पठाएका थिए।

नगरपालिकाका एक कर्मचारीका अनुसार मेयर रावतले बिहीबार नै हाजिर खाता मागेर आफ्नो कार्यकक्षमा राखेका थिए। आफू नगरपालिकामा नभएको वेला हाजिर गराउन सक्ने आशंकाले कार्यकक्षमा हाजिर खाता राखेर उनी हिँडेका ती कर्मचारीले बताए। मन्त्रालयले नलगाडमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत ९शाखा अधिकृत० दिनेश भट्टराईलाई सरुवा गरेर सो ठाउँमा शाहीलाई सरुवा गरे पनि भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत राख्नुपर्ने भन्दै नगरप्रमुख डम्बर रावतले मन्त्रालयलाई पत्र लेखेका थिए।

तर, मेयर रावत भने नगरपालिकामा ई–हाजिरीको व्यवस्था भएकाले आफूले हाजिर खाता नलुकाएको बताउँछन्। त्रिभुवन माविको सम्पत्ति हिनामिनाको विषय छानबिनलगायतका काम बाँकी रहेकाले केही समय भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत राख्न खोजिएको उनको भनाइ छ। सम्पत्ति हिनामिनाको विषयमा छानबिन गर्न भट्टराईकै संयोजकत्वमा समिति बनाइएकाले छानबिन नसकिएसम्म उनलाई नै काम गर्न दिन आग्रह गरेको मेयर रावतले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री अर्याल र अमेरिकी राजदूत अर्बमबीच शिष्टाचार भेट

काठमाडौँ।गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेको छन् । गृह मन्त्रालयमा आज भएको भ...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब नाघ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घट्दा कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०७ अङ...

हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । सुनसरी–१ का उम्मेदवार तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । चुनावी प्रचार/प्रसारमा बालबालि...

बालेनको अभिव्यक्तिविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन थापाप्रति दिएको अभिव्यक्तिविरुद...

प्रशासन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। इलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेम बहादुर खवाससहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ...

कल सेन्टरमा जिज्ञासाको चाङ : मतदाता नामावली र आचारसंहितामा बढी चासो

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ मा मतदाता र सरोकारवालाको आक...

नेपालगञ्जमा बालेनका समर्थक सवार गाडीबाट खसे, ५ जना सामान्य घाइते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकैको सडकमा गाडीबाट खसेक...

बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ...

जेनजी र सरकारबीचको १० बुँदे सम्झौता विरुद्धको रिट ‘हेर्न नभ्याइनेमा

काठमाडौँ । सरकार र जेनजी प्रतिनिधि बिच भएको १० बुँदे सम्झौता विरुद्ध दायर रिटलाई सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने सूची’मा राखेको छ। सोमबार, न्यायाध...

दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो

काठमाडौँ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending