काठमाडौँ । चिनियाँ वैज्ञानिकहरूले २०२० अभियानबाट फिर्ता ल्याइएको चन्द्रमाको माटो प्रयोग गरेर ठूलो मात्रामा पानी उत्पादन गर्ने 'नयाँ तरिका' पत्ता लगाएका छन् ।
२०२० मा चीनको चाङ अ ५ मिसनले चन्द्रमाबाट माटोको नमूना ल्याउन सफल भएको थियो । ४४ वर्षमा पहिलो पटक चन्द्रमाबाट यस्तो नमूना ल्याइएको थियो । चाइनिज एकेडेमी अफ साइन्सेसका अन्वेषकहरूले 'चन्द्र माटो' मा ठूलो मात्रामा हाइड्रोजन हुने, जसले अत्यधिक उच्च तापक्रममा अन्य तत्वहरूसँग प्रतिक्रिया गरेर पानीको भाप बनाउने पत्ता लगाएका छन् ।
चीनको मिडिया सीसीटीभीले आफ्नो रिपोर्टमा भनेको छ 'तीन वर्षको गहन अनुसन्धान र बारम्बार पुष्टि भएपछि चन्द्रमाको माटो प्रयोग गरेर पानी बनाउने नयाँ तरिका पत्ता लागेको छ, जुन भविष्यमा चन्द्रमाको वैज्ञानिक अनुसन्धान केन्द्र र अन्तरिक्ष स्टेशनको निर्माणका लागि उपयोगी हुनेछ ।'
सीसीटीभीका अनुसार चिनियाँ वैज्ञानिकहरूले आफूले पत्ता लगाएको नयाँ विधि प्रयोग गरेर एक टन चन्द्रमाको माटोबाट करिब ५१-७६ केजी पानी बनाउन सकिन्छ, अर्थात् करिब १०० आधा लिटरको बोतल भर्न सकिन्छ वा पानीको लागि दैनिक आधारमा ५० जना व्यक्तिको आवश्यकता पूरा गर्न सकिन्छ ।
चीनको मिशनले चन्द्रमाको टाढाको भागबाट माटो र अन्य खनिजहरूको नमूना पृथ्वीमा ल्याइएको यो पहिलो पटक हो । चीनले आशा गरेको छ कि हाल र भविष्यका चन्द्र अभियानहरूले अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान स्टेशनको लागि जग बसाल्नेछ, जुन यो रसियासँग सह-नेतृत्व गरिरहेको छ ।
चीनको अन्तरिक्ष एजेन्सीले २०३५ सम्ममा चन्द्रमाको दक्षिणी ध्रुवमा ‘बेस स्टेशन’ निर्माण गर्ने मिति तय गरेको छ र सन् २०४५ सम्ममा चन्द्रमाको परिक्रमा गर्ने अन्तरिक्ष स्टेशन थप्ने लक्ष्य राखेको छ। साथै दुवै देशले चन्द्रमामा आणविक उर्जा केन्द्र बनाउने योजनामा पनि काम गरिरहेका छन् ।
चन्द्रमामा पानीको उपस्थिति मानिसलाई त्यहाँ स्थापित गर्न मात्र आवश्यक छैन। नासाले समेत चन्द्रमामा भेटिएको पानी हाइड्रोजन रकेट ईन्धन बनाउन प्रयोग गर्न सकिने बताएको छ, जसले मंगल ग्रह र अन्य गन्तव्यहरूमा थप अन्तरिक्ष अन्वेषणको लागि ईन्धन प्रदान गर्न सक्छ ।
अमेरिका र चीनबीच चन्द्रमाको स्रोत खोज्ने र निकाल्ने दौडको बीचमा, यो खोज चन्द्रमामा स्थायी उपस्थितिको चीनको दशकौं पुरानो परियोजनाको लागि महत्त्वपूर्ण हुन सक्ने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १३:०३
ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण...
मंसिर ३० गते, २०८२ - ११:४७
काठमाडौँ। एक दर्जनभन्दा बढी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्ति...
मंसिर ३० गते, २०८२ - ११:४१
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका लागि ब्रेड–फलफूलदेखि मासु–भातसम्मको खाना–नास्ताको व्यवस्था गरिएको छ। ख...
मंसिर ३० गते, २०८२ - ११:३२
पोखरा। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकाले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जि...
मंसिर ३० गते, २०८२ - ११:२५
काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ...
मंसिर ३० गते, २०८२ - ११:१७
काठमाडौं । व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’ गरेको आरोपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जना पक्राउ प...
मंसिर ३० गते, २०८२ - १०:५७
सप्तरी। सप्तरीका किसानहरूले नेपाल सरकारले तोकेकोभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन् । व्यापारीहरूले किसानहरूसँग सस्तोमा धान किनेर महँगोमा बेच्दै...
मंसिर ३० गते, २०८२ - १०:४३
काठमाडौँ। सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जना...
मंसिर ३० गते, २०८२ - १०:३४
काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएका छन् । प्रारम्भमा महाधिवेशन प्रतिनिधि नबनेका...
मंसिर ३० गते, २०८२ - १०:१७
नेपालगन्ज । यस वर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शितलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । जिल्...




प्रतिकृया लेख्नुहोस्: