ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष अन्ठानब्बे प्रतिशत बढी धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यस वर्ष जिल्लामा ९८ दशमलव ५ प्रतिशत रोपाइँ भएको हो ।
ताप्लेजुङमा जेठ महिनादेखि नै रोपाइँ सुरु हुने गर्दछ । करिब जेठको दोस्रो सातापछि सुरु भएर साउन मसान्तसम्म नै रोपाइँ हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी शशीकुमार सिंहका अनुसार साउन मसान्त सम्ममा ९८.५ प्रतिशत रोपाइँ भएको हो ।
जिल्लामा धान बालीका लागि खेतीयोग्य जमिन पाँच हजार ६६६.३ हेक्टर क्षेत्रफल रहेको र उक्त क्षेत्रफलमध्ये पाँच हजार ५८१.३१ प्रतिशतमा रोपाइँ भएको सूचना अधिकारी सिंहले जानकारी दिए । उनका अनुसार यस वर्ष पर्याप्त पानी परेको भए पनि किसानले ढिलो गरी रोपाइँ सुरु गरेका थिए ।
मकै बाली लगाउने मौसममा वर्षा नहुँदा मकै खेती गर्न केही ढिलो भएको र मकै खेतीका कारण धान खेती लगाउनलाई पनि ढिलो भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापा मगरका अनुसार १५ असार सम्ममा २९ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । असार तेस्रो सातापछि मात्र जिल्लामा बढी रोपाइँ भएको केन्द्र प्रमुख थापामगरले बताए ।
उहाँका अनुसार जिल्लाको माथिल्लो क्षेत्रमा समयमै रोपाइँ भए पनि तल्लो बेँसी तथा औल क्षेत्रमा केही ढिलो गरी रोपाइँ भएको हो । सबैभन्दा बढी साउन महिनामा रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । साउन मसान्तसम्म नै भएको रोपाइँपछि सिँचाइका लागि पानीको अभाव नभएमा धान उत्पादन राम्रो हुने कृषि ज्ञान केन्द्रले अनुमान लगाएको छ ।
यता जिल्लाका अधिकांश किसानले बेलगुटी, भँगेरे, अट्टेजस्ता पुरानो रैथाने तथा स्थानीय जातको धान बाली लगाउने गरेका छन् । सीमित किसानले भने खुमल–४, खुमल–१० जस्ता उन्नत जातको धान खेती गर्दै आएका पनि कृषि केन्द्रका सूचना अधिकारी सिंहले जनाएको दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १० गते, २०८३ - २२:३८
काठमाडौँ । राजधानीको थापाथलीस्थित सुकुमबासी बस्ती फेरि बहसको केन्द्रमा आएको छ । बस्ती खाली गराउने सरकारी तयारीसँगै “को वास्तविक सुकुमबासी ?” भन्ने प्र...
बैशाख १० गते, २०८३ - २२:३०
काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने निर्णयले तातेको बहसबीच नागरिक तहबाट नेतृत्वप्रति प्रत्यक्ष प्रश्न उठ्न थालेको छ । यही क्रममा अभियन्ता रक्षा बमले रा...
बैशाख १० गते, २०८३ - २२:२६
काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको चलचित्र कमला मिस को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार वितरक कम्पनीहरू...
बैशाख १० गते, २०८३ - १९:३६
काठमाडौं । राष्ट्रपतिका लागि अतिरिक्त संरचना विस्तार गर्ने योजना अन्ततः रोकिएको छ । सरकारले महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान को जग्गा...
बैशाख १० गते, २०८३ - १९:३०
वीरगञ्ज । खुला सीमाको संवेदनशीलता फेरि एकपटक केन्द्रमा आएको छ । सम्भावित अवैध घुसपैठ र सुरक्षाजन्य जोखिमलाई ध्यानमा राख्दै वीरगञ्ज नाकामा सुरक्षाकर्मी...
बैशाख १० गते, २०८३ - १९:२२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजक समिति बैठक सुरु भएको तीन साता बितिसक्दा पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । चैत ...
बैशाख १० गते, २०८३ - १९:१४
काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, आधारहीन तथा भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम र पत्रकारलाई कडा निर्देशन दिएको छ । ...
बैशाख १० गते, २०८३ - १९:१२
काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार गोल्छालाई पक्राउ गरेको हो। सम्पत्ति शुद्धी...
बैशाख १० गते, २०८३ - ०७:२४
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरे...
बैशाख ६ गते, २०८३ - २१:५२
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...


प्रतिकृया लेख्नुहोस्: