Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

सीके राउतको संस्मरण 'वैरागदेखि बचावसम्म' सार्वजनिक

खबरडबली संवाददाता

काठमाडौं । डा. सीके राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण भएको छ। आज राजधानीमा एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र डा. राउतले लोकार्पण गरेका हुन्।

आत्मकथाले डा. राउतको जीवन संघर्ष र अविच्छिन्न राजनीतिको पाटोलाई उजिल्याएको भट्टराईले बताए। उनले भने, 'कुनै समय मधेसलाई स्वायत्त राज्य माग गर्ने सीकेजीले किन त्यसो भन्नुभएको रहेछ भन्ने थाहा पाउन यो किताब पढ्नुपर्छ। किताबमा सीकेजीको मात्रै संस्मरण नभएर समग्र मधेस र मधेसीप्रति राज्यले सदियौंदेखि गरेको फेहरिस्त समेटिएको छ।'

साथै डा. भट्टराईले जीवनमा चुनौतीलाई पार गर्दै अघि बढ्न यो किताब विशेष गरी युवापुस्ताले पढ्नुपर्ने बताए।

आफ्नो पुस्तक इतिहासको कालखण्डको एउटा तस्बिर भएको डा. राउतले बताए‍। पुस्तक कुनै समयमा प्रकाशन गरेपछि राज्यविप्लवको अभियोगमा जेल गएको संस्मरण उनले सुनाए।

उनले भने, 'पढाइ सकाएर अध्यापनमा रहँदासमेत हेपिएको, उत्कृष्ट अंक ल्याएर राजाबाट महेन्द्र विद्याभूषण पाउँदा दौरासुरुवाल नलगाई जान खोज्दा नपाएको जस्ता घटनाले तत्कालीन समयमा रहेको मधेसीलाई हेर्ने प्रवृत्ति देखाउँछ। वीर गोर्खाली भनेर अनेकन कविता लेख्ने आफू समयक्रममा मधेसको पहिचान कसरी बन्न पुगें भन्ने रुचीकर कथा यस पुस्तकमा छन्।'

आफू अध्यात्म र राजनीतिको सम्बन्धको खोजीमा समेत रहेको डा. राउतले बताए। समाज उन्नतिको लागि तत्कालमा राजनीति गरे पनि दीर्घकालीन बोध अध्यात्म रहेको उनले बताए।

जन्मदेखि पूर्णकालीन राजनीतिमा नआइसक्दासम्मका  डा. राउतका भोगाइ समेटिएको पुस्तक बुकहिलले प्रकाशन गरेको हो। यसको पाठक मूल्य पातलो गाता ५९९ रुपैयाँ र मोटो गाता ७९९ रुपैयाँ रहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नाम ‘सुकुमबासी’, तर जग्गा प्रशस्त : थापाथलीको यथार्थले उठायो गम्भीर प्रश्न

काठमाडौँ । राजधानीको थापाथलीस्थित सुकुमबासी बस्ती फेरि बहसको केन्द्रमा आएको छ । बस्ती खाली गराउने सरकारी तयारीसँगै “को वास्तविक सुकुमबासी ?” भन्ने प्र...

सुकुम्बासीको बीचबाट रक्षा बमकाे रविलाई प्रश्नः ‘सुकुम्बासी बस्तीमा आएर छाती थाप्न सक्नुहुन्छ ?’

काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने निर्णयले तातेको बहसबीच नागरिक तहबाट नेतृत्वप्रति प्रत्यक्ष प्रश्न उठ्न थालेको छ । यही क्रममा अभियन्ता रक्षा बमले रा...

निर शाहको कमब्याक निर्देशन, साउन २२ मा आउँदै ‘कमला मिस’

काठमाडौं  । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको चलचित्र कमला मिस को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार वितरक कम्पनीहरू...

महाराजगञ्जको जग्गा यथावत् : राष्ट्रपति विस्तार योजना फिर्ता

काठमाडौं । राष्ट्रपतिका लागि अतिरिक्त संरचना विस्तार गर्ने योजना अन्ततः रोकिएको छ । सरकारले महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान को जग्गा...

सीमा कडाइ : वीरगञ्ज नाकामा विदेशी प्रवेशमाथि कडा निगरानी

वीरगञ्ज । खुला सीमाको संवेदनशीलता फेरि एकपटक केन्द्रमा आएको छ । सम्भावित अवैध घुसपैठ र सुरक्षाजन्य जोखिमलाई ध्यानमा राख्दै वीरगञ्ज नाकामा सुरक्षाकर्मी...

तीन साता बित्दा पनि निष्कर्ष टाढै : नेकपाको बैठक किन अल्झियो ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजक समिति बैठक सुरु भएको तीन साता बितिसक्दा पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । चैत ...

भ्रामक र अपुष्ट सामग्री प्रकाशन प्रसारण नगर्न प्रेस काउन्सिलको चेतावनी

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, आधारहीन तथा भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम र पत्रकारलाई कडा निर्देशन दिएको छ । ...

व्यवसायी शेखर गोल्छा पक्राउ

काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार गोल्छालाई पक्राउ गरेको हो। सम्पत्ति शुद्धी...

सार्वजनिक सवारीको भाढा ९.८ प्रतिसतले बढाउन सिफारिस

काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरे...

पश्चिम एसियाली द्वन्द्वको असर : मल खरिद टेन्डर असफल, असारपछि आपूर्ति अनिश्चित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending