Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

बझाङ र अछामका विमानस्थलमा ५ महिनादेखि उडान ठप्प

खबरडबली संवाददाता

काठमाडौं ।  झन्डै डेढ दशकपछि ०७५ सालबाट आंशिक रूपमा सञ्चालन हुन थालेका सुदूरपश्चिमको बझाङ र अछामका विमानस्थल ५ महिनादेखि बन्द छन् । ०८० चैत अन्तिम सातादेखि बझाङको देवल र अछामको साँफेबगर विमानस्थल पूर्ण रूपमा बन्द भएका हुन् ।

यी दुवै विमानस्थलमा अन्तिम पटक निजी क्षेत्रको समिट एयरको विमानले उडान गरेको थियो । विमान सञ्चालन हुन छाडेपछि सडक यातायात अवरुद्ध भएका बेला र आपत्कालीन अवस्थामा रहेका बिरामीलाई धनगढी र नेपालगन्ज यात्रा असहज भएको छ ।

विमानस्थल सञ्चालनमा आउँदा यी दुवै विमानस्थलमा समिट एयरले साताको दुई दिन नियमित उडान गर्दै आएको थियो । सातामा दुई दिन धनगढी–बझाङ–धनगढी, बझाङ–नेपालगन्ज र धनगढी–साँफेबगर–धनगढी तथा साँफेबगर–नेपालगन्ज उडान गरिरहेको थियो । ०७८ कात्तिकमा बाढीपहिरोका कारण सुदूरपश्चिमको सडक यातायात विच्छेद भएका बेला नेपाल एयरलाइन्सले पनि बझाङ र साँफेबगरमा केही महिना उडान गरेको थियो ।

दुवै स्थानमा कार्यालय स्थापना गरेर केही समय धनगढी र नेपालगन्जसम्म हवाई सेवा दिएको नेपाल एयरलाइन्सले अहिले दुवै ठाउँका कार्यालयसमेत बन्द गरिसकेको छ । ‘जहाज चल्दा सातामा दुई दिन भए पनि यात्रा गर्न सहज र छिटो भएको थियो । इमर्जेन्सी बिरामीलाई पनि छिटो अस्पताल पुर्‍याउन सकिन्थ्यो,’ बझाङ जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोनु सिंहले भने, ‘अहिले बाटो बन्द हुँदा दुईरतीन दिनसम्म यतै रोकिनुपरेको छ । रेफर गरिएका बिरामीले समयमै उपचार नपाएर बाटोमै मृत्युवरण गर्नुपर्ने अवस्था छ ।’

जिल्ला अस्पतालले रेफर गरेका आपत्कालीन अवस्थाका बिरामीलाई सामान्य अवस्थामा पनि धनगढी पुर्‍याउन १२ घण्टा लाग्ने गरेको सिंहको भनाइ छ । ‘अहिले त कहिलेकाहीँ दुईरतीन दिनसम्म बाटो बन्द भइदिन्छ । यस्तो अवस्थामा बिरामीको ज्यान नै जोखिममा हुन्छ,’ उनले भने । नेपाल एयरलाइन्सले कार्यालय बन्द गरे पनि समिट एयरलाइन्सले भने धनगढी र नेपालगन्जसम्म चार्टर उडान गरिरहेको थियो । चार्टरका रूपमा विमान उडाउन समिटले ठेक्का दिएका व्यक्तिले काम गर्न छाडेपछि उडान हुन नसकेको समिट एयरलाइन्स साँफेबगरका सम्पर्क व्यक्ति विजय कुँवरले जनाए ।

द्वन्द्वकालमा माओवादी आक्रमणमा ध्वस्त भएका यी दुवै विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको छ भने टर्मिनल भवन पनि आधुनिक प्रविधियुक्त बनाइएको छ । विमानस्थल बन्द हुँदा राज्यको लगानी प्रयोगविहीन भएको र सर्वसाधारण पनि सुविधाबाट वञ्चित हुनुपरेको स्थानीय बताउँछन् । विमानस्थल नियमित सञ्चालन गर्न गरिरहेको प्रयास सफल हुन नसकेको अछाम र बझाङका नेता तथा जनप्रतिनिधि बताउँछन् ।

साँफेबगर विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाज नियमित उडान गराउन विभिन्न निकायमा धाए पनि कसैले वास्ता नगरेको साँफेबगर नगरप्रमुख राजेन्द्र कुँवरले बताए । ‘समिट एयरलाइन्सले उडान भरिरहेको थियो । अहिले त्यो पनि बन्द छ । निजी क्षेत्रले चलाउँदा महँगो पनि भयो । नेपाल एयरलाइन्सको जहाज उडाउन भनेर पटक–पटक पर्यटनमन्त्रीसँग पनि कुरा गरेका छौं,’ उनले भने, ‘तर हाम्रो कुरा सुनुवाइ भएको छैन ।’

५ महिनादेखि विमानस्थल बन्द भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई कर्मचारी भने दुवै विमानस्थलमा कार्यरत छन् । दुवै विमानस्थलमा एक जना कार्यालय प्रमुख र एक सहयोगी कर्मचारी छन् । ‘कार्यालय प्रमुख लामो समयदेखि बिदामा बसेका छन् । सायद एयरपोर्टमा काम नभएपछि उहाँ बिदामा बस्नुभएको होला । एक कार्यालय सहयोगी कार्यालय खोलिरहनु हुन्छ,’ साँफेबगर विमानस्थल नजिक बस्ने एक स्थानीयले भने, ‘सरकारले एयरपोर्ट चलाउनलाई जहाज नपठाउने, कर्मचारीलाई बिनाकाम तलब दिइराख्ने व्यवस्था देख्दा पनि अचम्म लाग्छ ।’

ध्वस्त भएका यी दुई विमानस्थल कालोपत्र गर्न, टर्मिनल भवन निर्माण, तारबारलगायत काम गर्न नेपाल सरकारको ३० करोड बढी खर्च भएको छ । यस्तै करोडौं खर्च गरेर धावनमार्ग कालोपत्रलगायत सुविधा सम्पन्न पूर्वाधार निर्माण गरिएका डोटीको दिपायल, बैतडीको पाटन विमानस्थलमा पनि वर्षौंदेखि जहाज उडेको छैन ।

सुविधायुक्त विमानस्थल जहाज अभावमा बन्द रहेका बेला अछामको कमलबजार, दार्चुलाको गोकुलेश्वर र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ विमानस्थल निर्माणाधीन छन् भने डडेल्धुरामा पनि विमानस्थल निर्माणका लागि प्रारम्भिक चरणका काम भइरहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending