Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

बझाङ र अछामका विमानस्थलमा ५ महिनादेखि उडान ठप्प

खबरडबली संवाददाता

काठमाडौं ।  झन्डै डेढ दशकपछि ०७५ सालबाट आंशिक रूपमा सञ्चालन हुन थालेका सुदूरपश्चिमको बझाङ र अछामका विमानस्थल ५ महिनादेखि बन्द छन् । ०८० चैत अन्तिम सातादेखि बझाङको देवल र अछामको साँफेबगर विमानस्थल पूर्ण रूपमा बन्द भएका हुन् ।

यी दुवै विमानस्थलमा अन्तिम पटक निजी क्षेत्रको समिट एयरको विमानले उडान गरेको थियो । विमान सञ्चालन हुन छाडेपछि सडक यातायात अवरुद्ध भएका बेला र आपत्कालीन अवस्थामा रहेका बिरामीलाई धनगढी र नेपालगन्ज यात्रा असहज भएको छ ।

विमानस्थल सञ्चालनमा आउँदा यी दुवै विमानस्थलमा समिट एयरले साताको दुई दिन नियमित उडान गर्दै आएको थियो । सातामा दुई दिन धनगढी–बझाङ–धनगढी, बझाङ–नेपालगन्ज र धनगढी–साँफेबगर–धनगढी तथा साँफेबगर–नेपालगन्ज उडान गरिरहेको थियो । ०७८ कात्तिकमा बाढीपहिरोका कारण सुदूरपश्चिमको सडक यातायात विच्छेद भएका बेला नेपाल एयरलाइन्सले पनि बझाङ र साँफेबगरमा केही महिना उडान गरेको थियो ।

दुवै स्थानमा कार्यालय स्थापना गरेर केही समय धनगढी र नेपालगन्जसम्म हवाई सेवा दिएको नेपाल एयरलाइन्सले अहिले दुवै ठाउँका कार्यालयसमेत बन्द गरिसकेको छ । ‘जहाज चल्दा सातामा दुई दिन भए पनि यात्रा गर्न सहज र छिटो भएको थियो । इमर्जेन्सी बिरामीलाई पनि छिटो अस्पताल पुर्‍याउन सकिन्थ्यो,’ बझाङ जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोनु सिंहले भने, ‘अहिले बाटो बन्द हुँदा दुईरतीन दिनसम्म यतै रोकिनुपरेको छ । रेफर गरिएका बिरामीले समयमै उपचार नपाएर बाटोमै मृत्युवरण गर्नुपर्ने अवस्था छ ।’

जिल्ला अस्पतालले रेफर गरेका आपत्कालीन अवस्थाका बिरामीलाई सामान्य अवस्थामा पनि धनगढी पुर्‍याउन १२ घण्टा लाग्ने गरेको सिंहको भनाइ छ । ‘अहिले त कहिलेकाहीँ दुईरतीन दिनसम्म बाटो बन्द भइदिन्छ । यस्तो अवस्थामा बिरामीको ज्यान नै जोखिममा हुन्छ,’ उनले भने । नेपाल एयरलाइन्सले कार्यालय बन्द गरे पनि समिट एयरलाइन्सले भने धनगढी र नेपालगन्जसम्म चार्टर उडान गरिरहेको थियो । चार्टरका रूपमा विमान उडाउन समिटले ठेक्का दिएका व्यक्तिले काम गर्न छाडेपछि उडान हुन नसकेको समिट एयरलाइन्स साँफेबगरका सम्पर्क व्यक्ति विजय कुँवरले जनाए ।

द्वन्द्वकालमा माओवादी आक्रमणमा ध्वस्त भएका यी दुवै विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको छ भने टर्मिनल भवन पनि आधुनिक प्रविधियुक्त बनाइएको छ । विमानस्थल बन्द हुँदा राज्यको लगानी प्रयोगविहीन भएको र सर्वसाधारण पनि सुविधाबाट वञ्चित हुनुपरेको स्थानीय बताउँछन् । विमानस्थल नियमित सञ्चालन गर्न गरिरहेको प्रयास सफल हुन नसकेको अछाम र बझाङका नेता तथा जनप्रतिनिधि बताउँछन् ।

साँफेबगर विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाज नियमित उडान गराउन विभिन्न निकायमा धाए पनि कसैले वास्ता नगरेको साँफेबगर नगरप्रमुख राजेन्द्र कुँवरले बताए । ‘समिट एयरलाइन्सले उडान भरिरहेको थियो । अहिले त्यो पनि बन्द छ । निजी क्षेत्रले चलाउँदा महँगो पनि भयो । नेपाल एयरलाइन्सको जहाज उडाउन भनेर पटक–पटक पर्यटनमन्त्रीसँग पनि कुरा गरेका छौं,’ उनले भने, ‘तर हाम्रो कुरा सुनुवाइ भएको छैन ।’

५ महिनादेखि विमानस्थल बन्द भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई कर्मचारी भने दुवै विमानस्थलमा कार्यरत छन् । दुवै विमानस्थलमा एक जना कार्यालय प्रमुख र एक सहयोगी कर्मचारी छन् । ‘कार्यालय प्रमुख लामो समयदेखि बिदामा बसेका छन् । सायद एयरपोर्टमा काम नभएपछि उहाँ बिदामा बस्नुभएको होला । एक कार्यालय सहयोगी कार्यालय खोलिरहनु हुन्छ,’ साँफेबगर विमानस्थल नजिक बस्ने एक स्थानीयले भने, ‘सरकारले एयरपोर्ट चलाउनलाई जहाज नपठाउने, कर्मचारीलाई बिनाकाम तलब दिइराख्ने व्यवस्था देख्दा पनि अचम्म लाग्छ ।’

ध्वस्त भएका यी दुई विमानस्थल कालोपत्र गर्न, टर्मिनल भवन निर्माण, तारबारलगायत काम गर्न नेपाल सरकारको ३० करोड बढी खर्च भएको छ । यस्तै करोडौं खर्च गरेर धावनमार्ग कालोपत्रलगायत सुविधा सम्पन्न पूर्वाधार निर्माण गरिएका डोटीको दिपायल, बैतडीको पाटन विमानस्थलमा पनि वर्षौंदेखि जहाज उडेको छैन ।

सुविधायुक्त विमानस्थल जहाज अभावमा बन्द रहेका बेला अछामको कमलबजार, दार्चुलाको गोकुलेश्वर र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ विमानस्थल निर्माणाधीन छन् भने डडेल्धुरामा पनि विमानस्थल निर्माणका लागि प्रारम्भिक चरणका काम भइरहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा इजरायली सेना प्रवेश, हिजबुल्लाहमाथि बमबारी

बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...

खामेनीको हत्यापछि इरानको सर्वोच्च नेता को?

तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...

हुम्लाको सदरमुकाम सिमकोट सुनसान

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए ।  आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...

महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला

काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...

सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...

धनुषामा थप दुई स्थानमा शंकास्पद वस्तु फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...

ललितपुरको दाउरा थकालीमा आगलागी

ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।  मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला

पोखरा  ।  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE