काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पार्टीको अध्यक्ष भइरहने कुनै चाहना नभएको बताएका छन् ।
बागमती प्रदेश परामर्श समितिको दुई दिन चलेको बैठकलाई विहीबार समापन गर्दै अध्यक्ष प्रचण्डले बसिरहने चाहना नभएको तर छ्वाट्टै छाड्न भने तयार नभएको बताएका हुन्।
‘मलाई अब यो पार्टीको अध्यक्ष भइरहने कुनै चाहना छैन । ३६ वर्षदेखि निरन्तर नेतृत्वमा छु । तर मेरो नेतृत्व आनन्ददायीमात्रै रहेन। आँधिमय रह्यो। युद्धभन्दा बाहेक पनि उथलपुथलमय नेतृत्व गरेँ मैले,’ प्रचण्डले भने, ‘प्रचण्डलाई प्रभाकरले यसो भन्ने? भन्ने लाग्न पर्दैन। किनकी प्रचण्ड अध्यक्षभन्दा माथि छ। म स्वतः माथि छु। यो तपाईंहरू सबैले बनाएको हो। पुष्पकमल दाहालले बनाएको हैन।’
उनले आफू नेतृत्व छोड्ने पक्षमा रहेपनि अहिले नै छाड्न नसक्ने बताए। ‘तर म एकैचोटि छ्वाट्टै नेतृत्व छोड्न चाँहि चाहन्न। पहिला सिस्टम र सेट बनाएरमात्रै नेतृत्व छोड्न उपयुक्त होला,’ उनले भने। उनले बाहिरका साथीहरूले अहिले नै नेतृत्व नछाड्न आफूलाई आग्रह गरेको पनि बताए।
‘बाहिरका साथीहरूले मलाई अहिले नै अध्यक्ष नछोड्नुस भन्छन्। प्रचण्ड भावुक छ । प्रश्न उठेपछि छाडिदिन्छ भन्ने गएको छ,’ प्रचण्डले भने,‘ती सबैलाई समेटेर जानुपर्छ। त्यसैले अहिले मैले छाड्दिन। तर मृत्यु शैय्यामा घ्यारघ्यार गरेर पनि नेतृत्व गरिराख्ने कुरा ठीक होइन।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १० गते, २०८३ - २२:३८
काठमाडौँ । राजधानीको थापाथलीस्थित सुकुमबासी बस्ती फेरि बहसको केन्द्रमा आएको छ । बस्ती खाली गराउने सरकारी तयारीसँगै “को वास्तविक सुकुमबासी ?” भन्ने प्र...
बैशाख १० गते, २०८३ - २२:३०
काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने निर्णयले तातेको बहसबीच नागरिक तहबाट नेतृत्वप्रति प्रत्यक्ष प्रश्न उठ्न थालेको छ । यही क्रममा अभियन्ता रक्षा बमले रा...
बैशाख १० गते, २०८३ - २२:२६
काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको चलचित्र कमला मिस को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार वितरक कम्पनीहरू...
बैशाख १० गते, २०८३ - १९:३६
काठमाडौं । राष्ट्रपतिका लागि अतिरिक्त संरचना विस्तार गर्ने योजना अन्ततः रोकिएको छ । सरकारले महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान को जग्गा...
बैशाख १० गते, २०८३ - १९:३०
वीरगञ्ज । खुला सीमाको संवेदनशीलता फेरि एकपटक केन्द्रमा आएको छ । सम्भावित अवैध घुसपैठ र सुरक्षाजन्य जोखिमलाई ध्यानमा राख्दै वीरगञ्ज नाकामा सुरक्षाकर्मी...
बैशाख १० गते, २०८३ - १९:२२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजक समिति बैठक सुरु भएको तीन साता बितिसक्दा पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । चैत ...
बैशाख १० गते, २०८३ - १९:१४
काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, आधारहीन तथा भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम र पत्रकारलाई कडा निर्देशन दिएको छ । ...
बैशाख १० गते, २०८३ - १९:१२
काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार गोल्छालाई पक्राउ गरेको हो। सम्पत्ति शुद्धी...
बैशाख १० गते, २०८३ - ०७:२४
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरे...
बैशाख ६ गते, २०८३ - २१:५२
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...


प्रतिकृया लेख्नुहोस्: