Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

मृत्यु शैय्यामा घ्यारघ्यार गरेर पनि नेतृत्व गरिराख्ने कुरा ठीक होइनः अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पार्टीको अध्यक्ष भइरहने कुनै चाहना नभएको बताएका छन् ।

बागमती प्रदेश परामर्श समितिको दुई दिन चलेको बैठकलाई विहीबार समापन गर्दै अध्यक्ष प्रचण्डले बसिरहने चाहना नभएको तर छ्वाट्टै  छाड्न भने तयार नभएको बताएका हुन्।

‘मलाई अब यो पार्टीको अध्यक्ष भइरहने कुनै चाहना छैन । ३६ वर्षदेखि निरन्तर नेतृत्वमा छु । तर मेरो नेतृत्व आनन्ददायीमात्रै रहेन। आँधिमय रह्यो। युद्धभन्दा बाहेक पनि उथलपुथलमय नेतृत्व गरेँ मैले,’ प्रचण्डले भने, ‘प्रचण्डलाई प्रभाकरले यसो भन्ने? भन्ने लाग्न पर्दैन। किनकी प्रचण्ड अध्यक्षभन्दा माथि छ। म स्वतः माथि छु। यो तपाईंहरू सबैले बनाएको हो। पुष्पकमल दाहालले बनाएको हैन।’

उनले आफू नेतृत्व छोड्ने पक्षमा रहेपनि अहिले नै छाड्न नसक्ने बताए। ‘तर म एकैचोटि छ्वाट्टै नेतृत्व छोड्न चाँहि चाहन्न। पहिला सिस्टम र सेट बनाएरमात्रै नेतृत्व छोड्न उपयुक्त होला,’ उनले भने। उनले बाहिरका साथीहरूले अहिले नै नेतृत्व नछाड्न आफूलाई आग्रह गरेको पनि बताए।

‘बाहिरका साथीहरूले मलाई अहिले नै अध्यक्ष नछोड्नुस भन्छन्। प्रचण्ड भावुक छ । प्रश्न उठेपछि छाडिदिन्छ भन्ने गएको छ,’ प्रचण्डले भने,‘ती सबैलाई समेटेर जानुपर्छ। त्यसैले अहिले मैले छाड्दिन। तर मृत्यु शैय्यामा घ्यारघ्यार गरेर पनि नेतृत्व गरिराख्ने कुरा ठीक होइन।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending