काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स बेपत्ता प्रकरणमा प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई नियन्त्रणमा लिएको छ ।
बिहीबार अपराह्न घरबाट प्रहरीले उनलाई हत्कडीसहित गाडीमा हालेर लगेको दृश्य स्थानीय सञ्चारमाध्यमहरुले प्रसारण गरेका छन् । भर्जिनियाको स्थानीय अनलाइन पोर्टल इन्साइड नोभा डटकमले लेखेअनुसार प्रहरीले २८ वर्षीया नर्स ममता काफ्लेको हत्या भएको आशंका गरेको छ र शव लुकाएको आशंकामा उनका श्रीमान् नरेशलाई पक्राउ गरेको हो ।
नरेशले पहिले स्थानीय सञ्चारमाध्यमहरुसँग श्रीमतीसँग आफ्नो कुनै झगडा पनि नभएको भन्दै जहाँ भएपनि आउन अनुरोध गरेका थिए । यद्यपि, उनी ममताको खोजी गर्न माग गर्दै भएको प्रदर्शनमा सहभागी भएका थिएनन् । मोबाइलबाटै सम्बोधन गरेका थिए र आफूले एक वर्षको बच्चाको ख्याल गर्नुपर्ने भएकाले आउन नसकेको बताएका थिए ।
जानकारहरुका अनुसार, महेन्द्रनगर कञ्चनपुर स्थायी घर भएका भट्टले सन् २०२० मा मात्र विवाह गरेका थिए । दुईबीच पछिल्लो समय सुमधुर सम्बन्ध थिएन । काफ्लेले सम्बन्ध विच्छेद गर्न विभिन्न व्यक्तिहरुसँग परामर्श गरेको समेत खुलेको छ ।
तर, अन्तिम पटक जुलाई ३१ ९१६ साउन० मा मनसास पार्कमा देखिएकी ममता काफ्ले त्यसयता सम्पर्कविहीन भइन् । श्रीमान् नरेशले खोजीका लागि निवेदन पनि दिएनन् । आफन्त र साथीभाइले चासो देखाएपछि केही दिनपछि प्रहरी आफैं उनको घरमा पुगेको थियो । त्यसपछि बल्ल उनले श्रीमती हराएको भन्दै प्रहरीलाई खोजी गरिदिन अनुरोध गरेका थिए ।
मनसास पार्क पुलिस विभागले जारी गरेको सूचना अनुसार, उनीसँग साथीहरुले अन्तिम पटक २८ जुलाई (१३ साउन) मा कुरा गरेका थिए भने श्रीमान्ले ३१ जुलाई (१६ साउन) मा अन्तिम पटक देखेको बताएका छन् । पछिल्लो पटक प्रहरीले गरेको प्रेस ब्रिफिङमा मनसास पार्क पुलिसका प्रमुखले श्रीमान् नरेशले अनुसन्धानमा सहयोग नगरेको भन्दै उनी यो मामलामा शंकास्पद व्यक्ति भएको बताएका थिए । लगत्तै प्रहरीले उनको घरमा छापा समेत हानेको थियो ।
इन्साइड नोभाले एक जना अटर्नीलाई उदृत गर्दै प्रहरीले थप प्रमाण फेला पारेपछि नरेशलाई पक्राउ गरेको भनेको छ । काफ्लेको अवस्था भने अहिलेसम्म पत्ता लागेको छैन ।
एबीसी न्यूजको वेवसाइटमा उल्लेख भएअनुसार, श्रीमान्ले तीन दिनपछि मात्र प्रहरी कहाँ उनी बेपत्ता भएको खबर गरेका थिए । त्यसपछिका दिनमा गुप्तचरहरुले पनि व्यापक जाँच गरेको भनिएको छ । त्यसक्रममा पछिल्ला दिनहरुमा उनको परिवार, साथीभाइ र काम गर्ने ठाउँमा निकै कम सम्पर्क हुने गरेको पाइएको छ ।
उनका पूर्वसहकर्मी सुनिता बस्नेत थापाका अनुसार, उनको खोजीका लागि मनसास पार्कमा साथीभाइहरु स्वेच्छिक रुपमा भेला भएर प्रदर्शन समेत गरेका थिए । ‘उनी हराएको विषयमा सबैलाई थाहा होस् र मिडियासम्म पनि यो कुरा पुगोस् भनेर भेला भएका हौं’, उनले भनेकी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १० गते, २०८३ - २२:३८
काठमाडौँ । राजधानीको थापाथलीस्थित सुकुमबासी बस्ती फेरि बहसको केन्द्रमा आएको छ । बस्ती खाली गराउने सरकारी तयारीसँगै “को वास्तविक सुकुमबासी ?” भन्ने प्र...
बैशाख १० गते, २०८३ - २२:३०
काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने निर्णयले तातेको बहसबीच नागरिक तहबाट नेतृत्वप्रति प्रत्यक्ष प्रश्न उठ्न थालेको छ । यही क्रममा अभियन्ता रक्षा बमले रा...
बैशाख १० गते, २०८३ - २२:२६
काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको चलचित्र कमला मिस को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार वितरक कम्पनीहरू...
बैशाख १० गते, २०८३ - १९:३६
काठमाडौं । राष्ट्रपतिका लागि अतिरिक्त संरचना विस्तार गर्ने योजना अन्ततः रोकिएको छ । सरकारले महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान को जग्गा...
बैशाख १० गते, २०८३ - १९:३०
वीरगञ्ज । खुला सीमाको संवेदनशीलता फेरि एकपटक केन्द्रमा आएको छ । सम्भावित अवैध घुसपैठ र सुरक्षाजन्य जोखिमलाई ध्यानमा राख्दै वीरगञ्ज नाकामा सुरक्षाकर्मी...
बैशाख १० गते, २०८३ - १९:२२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजक समिति बैठक सुरु भएको तीन साता बितिसक्दा पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । चैत ...
बैशाख १० गते, २०८३ - १९:१४
काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, आधारहीन तथा भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम र पत्रकारलाई कडा निर्देशन दिएको छ । ...
बैशाख १० गते, २०८३ - १९:१२
काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार गोल्छालाई पक्राउ गरेको हो। सम्पत्ति शुद्धी...
बैशाख १० गते, २०८३ - ०७:२४
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरे...
बैशाख ६ गते, २०८३ - २१:५२
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...


प्रतिकृया लेख्नुहोस्: