Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

चित्लाङको ऐतिहासिक पाटी जीर्णोद्धार

खबरडबली संवाददाता

मकवानपुर ।  त्रिभुवन राजपथ निर्माण हुनुअघि हेटौंडाको चौकीटोलदेखि भैंसे, भीमफेदी, चित्लाङ र चन्द्रागिरीमा दर्जनौँ पाटी र पौवा निर्माण गरिएका थिए । बटुवालाई बास बस्न र आराम गर्नका लागि ती पाटी र पौवा बनाइएका थिए । 

त्रिभुवन राजपथ बन्नुअघि हेटौंडाको चौकीटोल, भैंसे, भीमफेदी, चित्लाङ र चन्द्रागिरी हुँदै काठमाडौं उपत्यका आवतजावत गर्ने गर्थे । उपत्यका प्रवेश र हेटौंडालगायत तराई क्षेत्र एवं भारततर्फ जाने मुख्य नाका यही थियो । उपत्यकाबाट बाहिरिने र भित्रिने बटुवा २४ सै घण्टा हिँड्थे । राजपथ निर्माण भएपछि पैदल हिँडेर उपत्यका आवतजावत गर्ने प्रचलन पनि हरायो र पाटी पौवाको संरक्षणको अभावले नासिएर गए । अहिले पुरातत्व विभागले चित्लाङ—९ मा रहेको नयाँ पौवा अर्थात पाटीको मर्मत सम्भार गरेर चिटिक्क बनाएको छ ।

थाहा नगरपालिका९ चित्लाङमा रहेको करिब ५० हात लम्बाइ भएको पाटी चन्द्र शमशेर राणाको पालामा कलात्मक किसिमले निर्माण गरिएको थियो । संरक्षणको अभावमा उक्त पाटीका चारै सुर भत्किनुको साथै सर्प र मुसाको घर बनेको थियो । केही वर्ष उक्त पाटीमा प्रहरी बसेर गाउँको सुरक्षा पनि गरे । २०७२ सालको भूकम्पले चिरा, चिरा बनाएको उक्त पाटीको पुरातत्व विभागले करिब ३ करोड रुपैयाँ खर्च गरेर जीर्णोद्धार गरेको छ । जीआर कन्स्ट्रक्सन निर्माण कार्य गर्नुअघि क्षमापूजा गरेर जीर्णोद्धारको कार्य प्रारम्भ गरेको थियो । 

तीनवटा गजुर भएको शिवालय पनि पाटी नजिकमै भएको र पाटीभित्र नाग र मुसा रहेकाले क्षमा पूजा गरेर काम सुरु गरेको निर्माण व्यवसायी धर्म महर्जनले बताए । हेटौंडाको चौकीटोलदेखि चन्द्रागिरीसम्ममा रहेका करिब ३ दर्जनभन्दा बढी पौवा रहेका थिए ।

अधिकांश पाटी पौवा संरक्षणको अभावले भत्किइसक्यो तर यो पाटीको पुरानै अवस्थामा पुनर्निर्माण गरिएको स्थानीयवासी बुद्धरत्न मानन्धरले बताए । ‘यो पाटी अहिले त्यतिबेलाको बटुवा आवतजावत गर्ने जिउँदो इतिहासको साक्षी बन्न पुगेको छ,’ उनले भने ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नाम ‘सुकुमबासी’, तर जग्गा प्रशस्त : थापाथलीको यथार्थले उठायो गम्भीर प्रश्न

काठमाडौँ । राजधानीको थापाथलीस्थित सुकुमबासी बस्ती फेरि बहसको केन्द्रमा आएको छ । बस्ती खाली गराउने सरकारी तयारीसँगै “को वास्तविक सुकुमबासी ?” भन्ने प्र...

सुकुम्बासीको बीचबाट रक्षा बमकाे रविलाई प्रश्नः ‘सुकुम्बासी बस्तीमा आएर छाती थाप्न सक्नुहुन्छ ?’

काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने निर्णयले तातेको बहसबीच नागरिक तहबाट नेतृत्वप्रति प्रत्यक्ष प्रश्न उठ्न थालेको छ । यही क्रममा अभियन्ता रक्षा बमले रा...

निर शाहको कमब्याक निर्देशन, साउन २२ मा आउँदै ‘कमला मिस’

काठमाडौं  । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको चलचित्र कमला मिस को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार वितरक कम्पनीहरू...

महाराजगञ्जको जग्गा यथावत् : राष्ट्रपति विस्तार योजना फिर्ता

काठमाडौं । राष्ट्रपतिका लागि अतिरिक्त संरचना विस्तार गर्ने योजना अन्ततः रोकिएको छ । सरकारले महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान को जग्गा...

सीमा कडाइ : वीरगञ्ज नाकामा विदेशी प्रवेशमाथि कडा निगरानी

वीरगञ्ज । खुला सीमाको संवेदनशीलता फेरि एकपटक केन्द्रमा आएको छ । सम्भावित अवैध घुसपैठ र सुरक्षाजन्य जोखिमलाई ध्यानमा राख्दै वीरगञ्ज नाकामा सुरक्षाकर्मी...

तीन साता बित्दा पनि निष्कर्ष टाढै : नेकपाको बैठक किन अल्झियो ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजक समिति बैठक सुरु भएको तीन साता बितिसक्दा पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । चैत ...

भ्रामक र अपुष्ट सामग्री प्रकाशन प्रसारण नगर्न प्रेस काउन्सिलको चेतावनी

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, आधारहीन तथा भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम र पत्रकारलाई कडा निर्देशन दिएको छ । ...

व्यवसायी शेखर गोल्छा पक्राउ

काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार गोल्छालाई पक्राउ गरेको हो। सम्पत्ति शुद्धी...

सार्वजनिक सवारीको भाढा ९.८ प्रतिसतले बढाउन सिफारिस

काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरे...

पश्चिम एसियाली द्वन्द्वको असर : मल खरिद टेन्डर असफल, असारपछि आपूर्ति अनिश्चित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending