Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

चित्लाङको ऐतिहासिक पाटी जीर्णोद्धार

खबरडबली संवाददाता

मकवानपुर ।  त्रिभुवन राजपथ निर्माण हुनुअघि हेटौंडाको चौकीटोलदेखि भैंसे, भीमफेदी, चित्लाङ र चन्द्रागिरीमा दर्जनौँ पाटी र पौवा निर्माण गरिएका थिए । बटुवालाई बास बस्न र आराम गर्नका लागि ती पाटी र पौवा बनाइएका थिए । 

त्रिभुवन राजपथ बन्नुअघि हेटौंडाको चौकीटोल, भैंसे, भीमफेदी, चित्लाङ र चन्द्रागिरी हुँदै काठमाडौं उपत्यका आवतजावत गर्ने गर्थे । उपत्यका प्रवेश र हेटौंडालगायत तराई क्षेत्र एवं भारततर्फ जाने मुख्य नाका यही थियो । उपत्यकाबाट बाहिरिने र भित्रिने बटुवा २४ सै घण्टा हिँड्थे । राजपथ निर्माण भएपछि पैदल हिँडेर उपत्यका आवतजावत गर्ने प्रचलन पनि हरायो र पाटी पौवाको संरक्षणको अभावले नासिएर गए । अहिले पुरातत्व विभागले चित्लाङ—९ मा रहेको नयाँ पौवा अर्थात पाटीको मर्मत सम्भार गरेर चिटिक्क बनाएको छ ।

थाहा नगरपालिका९ चित्लाङमा रहेको करिब ५० हात लम्बाइ भएको पाटी चन्द्र शमशेर राणाको पालामा कलात्मक किसिमले निर्माण गरिएको थियो । संरक्षणको अभावमा उक्त पाटीका चारै सुर भत्किनुको साथै सर्प र मुसाको घर बनेको थियो । केही वर्ष उक्त पाटीमा प्रहरी बसेर गाउँको सुरक्षा पनि गरे । २०७२ सालको भूकम्पले चिरा, चिरा बनाएको उक्त पाटीको पुरातत्व विभागले करिब ३ करोड रुपैयाँ खर्च गरेर जीर्णोद्धार गरेको छ । जीआर कन्स्ट्रक्सन निर्माण कार्य गर्नुअघि क्षमापूजा गरेर जीर्णोद्धारको कार्य प्रारम्भ गरेको थियो । 

तीनवटा गजुर भएको शिवालय पनि पाटी नजिकमै भएको र पाटीभित्र नाग र मुसा रहेकाले क्षमा पूजा गरेर काम सुरु गरेको निर्माण व्यवसायी धर्म महर्जनले बताए । हेटौंडाको चौकीटोलदेखि चन्द्रागिरीसम्ममा रहेका करिब ३ दर्जनभन्दा बढी पौवा रहेका थिए ।

अधिकांश पाटी पौवा संरक्षणको अभावले भत्किइसक्यो तर यो पाटीको पुरानै अवस्थामा पुनर्निर्माण गरिएको स्थानीयवासी बुद्धरत्न मानन्धरले बताए । ‘यो पाटी अहिले त्यतिबेलाको बटुवा आवतजावत गर्ने जिउँदो इतिहासको साक्षी बन्न पुगेको छ,’ उनले भने ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending