दाङ । राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङको आयोजनामा एआई र प्रम्ट इञ्जिनियरिङ सम्बन्धी तालिम तथा कार्यशालाको उद्घाटन सम्पन्न भएको छ । डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुका लागि उक्त तालिम आयोजना गरिएको कलेज प्रशासनले जनकारी गराएको छ ।
अहिले एआईले बोल्न, सुन्न, विश्वका विभिन्न भाषा बुझ्न, डाटाहरुको सहयोगमा विश्लेषण गर्न, सुनेर लेख्न, शब्दको आधारमा भिडियो बनाउँन, गीतमा संगीत भर्न, भाषा अनुवाद गर्न र आफ्नो निर्णय दिन सक्न कलेजका प्रबन्ध निर्देशक डा। भीमसेन गिरीले बताए ।
साथै उनले एआईलाई दिएको विशिष्ट प्रम्ट वा इनपुटको आधारमा उत्तम नतिजा दिन सक्ने बताएका थिए । एआई र यसको अनुप्रयोगहरूको गतिशील प्रकृतिलाई प्रतिबिम्बित गर्दै, प्रम्प्ट इन्जिनियरिङको क्षेत्र विकसित हुने क्रम जारी रहेको बताउदै डा। गिरीले यसको बारेमा सबैले जान्न जरुरी रहेको बताए । डा। गिरीले तालिमको विषय बस्तुको बारेमा जानकारी गराए थिए ।
कार्यक्रमका अध्यक्ष एवं कलेजका प्रबन्ध निर्देशक डा। गिरीले एआईको प्रयोग सबै क्षेत्रमा बढ्दो क्रममा रहेकोले यसलाई सबैले राम्रोसंग सिक्न र प्रयोग गर्न अनुरोध गरे ।
विद्यार्थीहरुको चौतर्फी विकासका लागि कलेजले उनीहरुलाई एआई र प्रम्ट ईन्जिनियरिङ सम्बन्धि ज्ञान र सीप प्रदान गर्न उक्त कार्यक्रम आयोजना गर्न खोजेको बताए । प्रिन्सीपल गिरीले अबको शिक्षण सिकाईमा एआईको प्रयोग र एआई विकासमा कलेजले ध्यान दिने बताए ।
उक्त कार्यक्रममा ई शर्मिला दहितले शुभकामना मन्तव्य राख्दै एआईलाई प्रयोग गरेर विद्यार्थीहरुले नयाँ नयाँ ज्ञान र सीप सिक्नुको साथै पेशागत सीप विकासमा सयोग गर्ने बताईन् ।
कार्यक्रमको सहजीकरण प्रशासकिय अधिकृत धनेश्वर चौधरीले गरेका थिए । तालिममा डिप्लोमा इन कम्प्युटर इन्जियिरिङका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
लुम्बिनी प्रदेशको दाङ जिल्लामा अवस्थीत राप्ती ईन्जिनियरिङ कलेज एआई र प्रम्ट ईन्जिनियरिङ सम्बन्धी तालिम संचालन गर्ने पहिलो कलेज रहेको छ । यसले प्रत्येक बर्ष सुचना प्रविधि सम्बन्धी र व्यवस्थापन सम्बन्धी विभिन्न सेमिनार, कार्यशाला, सम्मेलन जस्ता कार्यक्रम संचालन गर्दै आई रहेको छ ।
यस कलेजमा व्याचलर तर्फ विई सिभिल, कम्प्युटर, इलेक्टोनिक्स एण्ड क्म्युनीकेसन, विसिए र विविए कार्यक्रम संचालनमा रहेका छन् । डिप्लोमा तर्फ कम्प्युटर ईन्जिनियरिङ र प्रिडिप्लोमा तर्फ सिभिल, सर्भे र इलेक्टीकल कार्यक्रमहरु संचालनमा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १० गते, २०८३ - २२:३८
काठमाडौँ । राजधानीको थापाथलीस्थित सुकुमबासी बस्ती फेरि बहसको केन्द्रमा आएको छ । बस्ती खाली गराउने सरकारी तयारीसँगै “को वास्तविक सुकुमबासी ?” भन्ने प्र...
बैशाख १० गते, २०८३ - २२:३०
काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने निर्णयले तातेको बहसबीच नागरिक तहबाट नेतृत्वप्रति प्रत्यक्ष प्रश्न उठ्न थालेको छ । यही क्रममा अभियन्ता रक्षा बमले रा...
बैशाख १० गते, २०८३ - २२:२६
काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको चलचित्र कमला मिस को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार वितरक कम्पनीहरू...
बैशाख १० गते, २०८३ - १९:३६
काठमाडौं । राष्ट्रपतिका लागि अतिरिक्त संरचना विस्तार गर्ने योजना अन्ततः रोकिएको छ । सरकारले महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान को जग्गा...
बैशाख १० गते, २०८३ - १९:३०
वीरगञ्ज । खुला सीमाको संवेदनशीलता फेरि एकपटक केन्द्रमा आएको छ । सम्भावित अवैध घुसपैठ र सुरक्षाजन्य जोखिमलाई ध्यानमा राख्दै वीरगञ्ज नाकामा सुरक्षाकर्मी...
बैशाख १० गते, २०८३ - १९:२२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजक समिति बैठक सुरु भएको तीन साता बितिसक्दा पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । चैत ...
बैशाख १० गते, २०८३ - १९:१४
काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, आधारहीन तथा भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम र पत्रकारलाई कडा निर्देशन दिएको छ । ...
बैशाख १० गते, २०८३ - १९:१२
काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार गोल्छालाई पक्राउ गरेको हो। सम्पत्ति शुद्धी...
बैशाख १० गते, २०८३ - ०७:२४
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरे...
बैशाख ६ गते, २०८३ - २१:५२
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...


प्रतिकृया लेख्नुहोस्: