दाङ । राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङको आयोजनामा एआई र प्रम्ट इञ्जिनियरिङ सम्बन्धी तालिम तथा कार्यशालाको उद्घाटन सम्पन्न भएको छ । डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुका लागि उक्त तालिम आयोजना गरिएको कलेज प्रशासनले जनकारी गराएको छ ।
अहिले एआईले बोल्न, सुन्न, विश्वका विभिन्न भाषा बुझ्न, डाटाहरुको सहयोगमा विश्लेषण गर्न, सुनेर लेख्न, शब्दको आधारमा भिडियो बनाउँन, गीतमा संगीत भर्न, भाषा अनुवाद गर्न र आफ्नो निर्णय दिन सक्न कलेजका प्रबन्ध निर्देशक डा। भीमसेन गिरीले बताए ।
साथै उनले एआईलाई दिएको विशिष्ट प्रम्ट वा इनपुटको आधारमा उत्तम नतिजा दिन सक्ने बताएका थिए । एआई र यसको अनुप्रयोगहरूको गतिशील प्रकृतिलाई प्रतिबिम्बित गर्दै, प्रम्प्ट इन्जिनियरिङको क्षेत्र विकसित हुने क्रम जारी रहेको बताउदै डा। गिरीले यसको बारेमा सबैले जान्न जरुरी रहेको बताए । डा। गिरीले तालिमको विषय बस्तुको बारेमा जानकारी गराए थिए ।
कार्यक्रमका अध्यक्ष एवं कलेजका प्रबन्ध निर्देशक डा। गिरीले एआईको प्रयोग सबै क्षेत्रमा बढ्दो क्रममा रहेकोले यसलाई सबैले राम्रोसंग सिक्न र प्रयोग गर्न अनुरोध गरे ।
विद्यार्थीहरुको चौतर्फी विकासका लागि कलेजले उनीहरुलाई एआई र प्रम्ट ईन्जिनियरिङ सम्बन्धि ज्ञान र सीप प्रदान गर्न उक्त कार्यक्रम आयोजना गर्न खोजेको बताए । प्रिन्सीपल गिरीले अबको शिक्षण सिकाईमा एआईको प्रयोग र एआई विकासमा कलेजले ध्यान दिने बताए ।
उक्त कार्यक्रममा ई शर्मिला दहितले शुभकामना मन्तव्य राख्दै एआईलाई प्रयोग गरेर विद्यार्थीहरुले नयाँ नयाँ ज्ञान र सीप सिक्नुको साथै पेशागत सीप विकासमा सयोग गर्ने बताईन् ।
कार्यक्रमको सहजीकरण प्रशासकिय अधिकृत धनेश्वर चौधरीले गरेका थिए । तालिममा डिप्लोमा इन कम्प्युटर इन्जियिरिङका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
लुम्बिनी प्रदेशको दाङ जिल्लामा अवस्थीत राप्ती ईन्जिनियरिङ कलेज एआई र प्रम्ट ईन्जिनियरिङ सम्बन्धी तालिम संचालन गर्ने पहिलो कलेज रहेको छ । यसले प्रत्येक बर्ष सुचना प्रविधि सम्बन्धी र व्यवस्थापन सम्बन्धी विभिन्न सेमिनार, कार्यशाला, सम्मेलन जस्ता कार्यक्रम संचालन गर्दै आई रहेको छ ।
यस कलेजमा व्याचलर तर्फ विई सिभिल, कम्प्युटर, इलेक्टोनिक्स एण्ड क्म्युनीकेसन, विसिए र विविए कार्यक्रम संचालनमा रहेका छन् । डिप्लोमा तर्फ कम्प्युटर ईन्जिनियरिङ र प्रिडिप्लोमा तर्फ सिभिल, सर्भे र इलेक्टीकल कार्यक्रमहरु संचालनमा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: