Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

भन्सार छलीका सामानबाट नौ करोड बढी राजश्व सङ्कलन

खबरडबली संवाददाता

भैरहवा। रुपन्देही प्रहरीले भन्सार छलीको सामान नियन्त्रणबाट साढे नौ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका कार्यालयको सक्रियतामा आर्थिक वर्ष २०८०(०८१ मा राजश्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । 

भारतसित जोडिएका विभिन्न सीमा नाकाबाट भन्सार छलेर चोरी पैठारी गरिएका सामान नियन्त्रणमा लिएर जिल्लामा आर्थिक वर्ष २०८०(०८१ मा प्रहरीले नौ करोड ५४ लाख ५७ हजार ८३ रुपियाँ राजश्व सङ्कलन गरेको हो ।

तस्कर समूहले खुल्ला सिमानाको फाइदा उठाउँदै दैनिकजसो भारतबाट मालवस्तु तस्करी गरी ल्याउने गरेका छन् । प्रहरीले नियमित जसो यस्ता भन्सार छलीका वस्तु बरामद गरिरहे पनि तस्करी निस्तेज भने भएको छैन ।

प्रहरीले जिल्लास्थित सीमा क्षेत्रबाट दिनहुँजसो भन्सार छलीका सामान नियन्त्रणमा लिएका कारण राजश्व सङ्कलन वृद्धि भएको हो । प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ४८ प्रतिशतले राजश्व सङ्कलन वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९(०८० मा प्रहरीले ६ करोड ४५ लाख नौ हजार ९२७ रुपियाँ राजश्व सङ्कलन गरेको थियो । गत वर्ष भन्सार छलीमा संलग्न आरोपमा ११६ व्यक्ति, १२ ट्रक, एक कन्टेनर, एक ट्याक्टर, १३ पिकअप, १९६ मोटरसाइकल र पाँचवटा अटोरिक्सा नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरीका प्रवक्ता मनोहरप्रसाद भट्टले बताए ।

उनका अनुसार गत वर्ष बाइलर कुखुरा ६ हजार २४७ गोटा, बाइलर कुखुराका चल्ला १० हजार पाँच सय गोटा, १७ क्यारेट अण्डा, ५१ बाख्रा, २५० गोटा हाँसका चल्ला र कुखुरा तथा हाँस लगायत कारोबारमा संलग्न २२ जना पक्राउ गरेर कारबाहीका लागि पशु चेकपोष्ट कार्यालय बेलहिया बुझाइएको थियो । त्यसबाट एक करोड २१ लाख ६ हजार ३८० रुपियाँ राजश्व सङ्कलन भएको र दुई जनामाथि अभद्र व्यवहारमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार गत वर्ष भन्सार छलीमा गरिएको कडाइका कारण राजश्व सङ्कलनमा वृद्धि भएको हो । जिल्लाका सुरक्षा निकायबिचको समन्वयमा अवैध तरिकाले नाकाबाट भन्सार छलेर भित्र्याइएका समानसँगै व्यक्ति र उनीहरूले प्रयोग गर्ने सवारीका साधन समेत नियन्त्रणमा लिइएको प्रहरी प्रमुख राठौरले जानकारी दिए ।

गतवर्ष भन्सार छलेर भित्र्याइएको आठ हजार १२८ किलो माछा, १५० किलो सिद्रा र तिनको ओसारपसारमा संलग्न १० मोटरसाइकल नियन्त्रणमा लिइएको र त्यसबाट २१ लाख आठ हजार तीन सय रुपियाँ राजश्व सङ्कलन भएको प्रहरीले जनाएको छ । “हामीले अवैध तरिकाले भित्र्याइने खाद्यान्न नियन्त्रणमा विशेष ध्यान दिएका छौँ,” प्रहरी प्रमुख राठौरले  भने, “त्यसका लागि प्रहरीका सबै युनिटलाई कडाइ गर्न निर्देशन गरिएको छ ।” गतवर्ष नाकाबाट भन्सार छलेर भित्र्याइएको एक हजार ३८१ बोरा प्याज, चार वटा ट्रक, २६ मोटरसाइकल नियन्त्रणमा लिइएको थियो । त्यसबाट ९८ लाख ७९ हजार ५९५ रुपियाँ राजश्व सङ्कलन भएको प्रहरी जनाएको छ ।

गत वर्ष भन्सार छलेर भित्र्याइएको ६३ हजार १५० किलो चिनी, एक ट्रक र ओसारपसारमा संलग्न १९ मोटरसाइकल नियन्त्रणमा लिएर भैरहवा भन्सार बुझाइएको थियो । त्यसबाट ६६ लाख ५७ हजार नौ सय रुपियाँ राजश्व सङ्कलन भएको थियो । प्रहरी प्रवक्ता भट्टका अनुसार लत्ताकपडा बरामद, लागू औषध नियन्त्रण र फैसला कार्यान्वयन लगायतबाट राजश्व सङ्कलन वृद्धि गरिएको हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending