Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

भन्सार छलीका सामानबाट नौ करोड बढी राजश्व सङ्कलन

खबरडबली संवाददाता

भैरहवा। रुपन्देही प्रहरीले भन्सार छलीको सामान नियन्त्रणबाट साढे नौ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका कार्यालयको सक्रियतामा आर्थिक वर्ष २०८०(०८१ मा राजश्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । 

भारतसित जोडिएका विभिन्न सीमा नाकाबाट भन्सार छलेर चोरी पैठारी गरिएका सामान नियन्त्रणमा लिएर जिल्लामा आर्थिक वर्ष २०८०(०८१ मा प्रहरीले नौ करोड ५४ लाख ५७ हजार ८३ रुपियाँ राजश्व सङ्कलन गरेको हो ।

तस्कर समूहले खुल्ला सिमानाको फाइदा उठाउँदै दैनिकजसो भारतबाट मालवस्तु तस्करी गरी ल्याउने गरेका छन् । प्रहरीले नियमित जसो यस्ता भन्सार छलीका वस्तु बरामद गरिरहे पनि तस्करी निस्तेज भने भएको छैन ।

प्रहरीले जिल्लास्थित सीमा क्षेत्रबाट दिनहुँजसो भन्सार छलीका सामान नियन्त्रणमा लिएका कारण राजश्व सङ्कलन वृद्धि भएको हो । प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ४८ प्रतिशतले राजश्व सङ्कलन वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९(०८० मा प्रहरीले ६ करोड ४५ लाख नौ हजार ९२७ रुपियाँ राजश्व सङ्कलन गरेको थियो । गत वर्ष भन्सार छलीमा संलग्न आरोपमा ११६ व्यक्ति, १२ ट्रक, एक कन्टेनर, एक ट्याक्टर, १३ पिकअप, १९६ मोटरसाइकल र पाँचवटा अटोरिक्सा नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरीका प्रवक्ता मनोहरप्रसाद भट्टले बताए ।

उनका अनुसार गत वर्ष बाइलर कुखुरा ६ हजार २४७ गोटा, बाइलर कुखुराका चल्ला १० हजार पाँच सय गोटा, १७ क्यारेट अण्डा, ५१ बाख्रा, २५० गोटा हाँसका चल्ला र कुखुरा तथा हाँस लगायत कारोबारमा संलग्न २२ जना पक्राउ गरेर कारबाहीका लागि पशु चेकपोष्ट कार्यालय बेलहिया बुझाइएको थियो । त्यसबाट एक करोड २१ लाख ६ हजार ३८० रुपियाँ राजश्व सङ्कलन भएको र दुई जनामाथि अभद्र व्यवहारमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार गत वर्ष भन्सार छलीमा गरिएको कडाइका कारण राजश्व सङ्कलनमा वृद्धि भएको हो । जिल्लाका सुरक्षा निकायबिचको समन्वयमा अवैध तरिकाले नाकाबाट भन्सार छलेर भित्र्याइएका समानसँगै व्यक्ति र उनीहरूले प्रयोग गर्ने सवारीका साधन समेत नियन्त्रणमा लिइएको प्रहरी प्रमुख राठौरले जानकारी दिए ।

गतवर्ष भन्सार छलेर भित्र्याइएको आठ हजार १२८ किलो माछा, १५० किलो सिद्रा र तिनको ओसारपसारमा संलग्न १० मोटरसाइकल नियन्त्रणमा लिइएको र त्यसबाट २१ लाख आठ हजार तीन सय रुपियाँ राजश्व सङ्कलन भएको प्रहरीले जनाएको छ । “हामीले अवैध तरिकाले भित्र्याइने खाद्यान्न नियन्त्रणमा विशेष ध्यान दिएका छौँ,” प्रहरी प्रमुख राठौरले  भने, “त्यसका लागि प्रहरीका सबै युनिटलाई कडाइ गर्न निर्देशन गरिएको छ ।” गतवर्ष नाकाबाट भन्सार छलेर भित्र्याइएको एक हजार ३८१ बोरा प्याज, चार वटा ट्रक, २६ मोटरसाइकल नियन्त्रणमा लिइएको थियो । त्यसबाट ९८ लाख ७९ हजार ५९५ रुपियाँ राजश्व सङ्कलन भएको प्रहरी जनाएको छ ।

गत वर्ष भन्सार छलेर भित्र्याइएको ६३ हजार १५० किलो चिनी, एक ट्रक र ओसारपसारमा संलग्न १९ मोटरसाइकल नियन्त्रणमा लिएर भैरहवा भन्सार बुझाइएको थियो । त्यसबाट ६६ लाख ५७ हजार नौ सय रुपियाँ राजश्व सङ्कलन भएको थियो । प्रहरी प्रवक्ता भट्टका अनुसार लत्ताकपडा बरामद, लागू औषध नियन्त्रण र फैसला कार्यान्वयन लगायतबाट राजश्व सङ्कलन वृद्धि गरिएको हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बीपीको स्मृतिमा कांग्रेस संस्थापनइतरको छुट्टै सभा, खड्का–कोइराला–सिंहले संयुक्त रूपमा गरे उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले बुधबार वीपी स्मृति दिवसको अवसरमा आयोजना गरेको स्मृति सभा कार्यक्रम तीन शीर्ष नेताले संयुक्त रूपमा उद्...

टिचिङ अस्पतालले बिहीबार आधा दिन सेवा दिने

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालले बिहीबार त्रिभुवन विश्वविद्यालय दिवसको अवसरमा अस्पताल बिहानको समय (आधा दिन) मात्र सञ्चालन हुन...

प्रदीप अधिकारीकी पत्नी सुफलमाथि अनुसन्धान गर्न रक्षा मन्त्रालय र जंगी अड्डालाई अख्तियारको पत्राचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सैनिक अधिकृत भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आशंकामा आवश्यक अनु...

सुर्खेतमा फोर्स गाडी दुर्घटना, १९ जना घाइते

काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। प्रहरीका अनुसार सिम्ता गाउँपालिकाबाट गुमीतर...

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ: नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताएको छन् ।   नेपाली कांग्र...

कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका श्रेष्ठले आत्मदाह गरेको प्रहरीको निष्कर्ष

काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा फेला परेका सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको अनुसन्धानबाट निष्कर्ष निकालिएको छ। काठमाडौं ...

दाङमा निर्माणाधीन घरको पानी ट्यांकीमा दुई जनाको शव फेला

काठमाडौं । दाङमा निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्य...

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्ने

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायलाई ४७ बुँदे बजेट कार्यान्...

बजारमा सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु ११० ले बढेको हो । नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending