काठमाडौं। बुधबार बिहानको रातिदेखि परेको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर अधिकांश ठाउँमा वर्षा भइरहेको छ।
बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशसँगै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा दिनभर हुने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार बुधबार रातिसम्म देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। काठमाडौं उपत्यकामा रातिदेखि परेको पानीले जनजीवन प्रभावित भएको छ।
लगातारको वर्षाले कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली नदीमा पानीको सतह खतरा तह नजिक पुगेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार साना तथा ठुला नदीमा पानीको बहाव बढेको हो। काठमाडौं उपत्यकामा लगातार वर्षा भइरहेकाले बागमती, विष्णुमती, धोविखोला, गोदावरी र हनुमन्तेमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, कास्की, पर्वत, बाग्लुङ, ब्याग्दी, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरका साना तथा ठुला नदीमा पानीको वहाव बढेको छ।
खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै क्षेत्रका केही उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निरन्तरको वर्षाले केही उडान प्रभावित भएका हुन्। बुधबार बिहान अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको विमान ‘डाइभर्ट’ भएको थियो।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ रहेकाले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ।
लगातारको वर्षा र पहिरोले केही राजमार्गसमेत अवरुद्ध भएका छन्। पहिरो खस्दा नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध छ। धादिङ जिल्लाको नागढुङ्गाबाट झण्डै दुईसय मिटर नौबिसेतर्फ पहिरो जाँदा सडक अवरुद्ध भएको हो। अविरल वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। स्याङ्जा सडक खण्डअन्तर्गत वालिङ नगरपालिका–८ मा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो। बाढीका कारण कैलालीमा हुलाकी राजमार्ग अवरुद्ध भएको छ । कैलारी गाउँपालिका –५ स्थित पुरानो मनिकापुर सडक खण्डमा राजमार्ग अवरुद्ध भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - २२:०२
काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...
फाल्गुन २० गते, २०८२ - २१:५७
दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...
फाल्गुन २० गते, २०८२ - २१:४९
जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...
फाल्गुन २० गते, २०८२ - २१:४०
कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...
फाल्गुन २० गते, २०८२ - २१:३४
विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...
फाल्गुन २० गते, २०८२ - २१:३२
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...
फाल्गुन २० गते, २०८२ - २१:२७
सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...
फाल्गुन २० गते, २०८२ - २०:१२
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...
फाल्गुन २० गते, २०८२ - २०:००
काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...
फाल्गुन २० गते, २०८२ - १९:५७
काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...



प्रतिकृया लेख्नुहोस्: