Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

पालुङटार नगरपालिकामा सञ्चालित सहकारीकाे अनुगमनमा भेटियाे लाखाैं रकम अपचलन

खबरडबली संवाददाता

गोरखा । पालुङटार नगरपालिकाले नगरपालिका भित्र रहेका सहकारीहरूको अनुगमन तथा अध्ययन प्रक्रिया अगाडि बढाएको छ । महालेखाको ६० औँ प्रतिवेदनले 'मिल्क करिडाेर'का नाममा बाँडिएको अनुदानमा प्रश्न उठाएपछि नगरपालिकाले अनुगमन गरेको हो । 

महालेखाको प्रतिवेदन अनुसार पालिकाभित्र सञ्चालित धेरै सहकारीले अनुदानका नाममा रकम लगेको तथा विना योजना तथा सहकारीकै नेतृत्वले अपचलन गरेको तथ्य सार्वजनिक गरेपछि नगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका सहकारीको अध्ययन गरेको हो । 

महालेखाको प्रतिवेदनमा मिल्क करिडाेरका नाममा आर्थिक वर्ष २०७६ ज्येष्ठ २० मा ४५ लाख ६८ हजार ऋण लगानी गरेकोमा १० लाख साँवा फिर्ता भएको उल्लेख गरेको छ । सम्झौता अनुसार सम्झौताको एक महिनापछि मासिक २ लाख ३९ हजारका दरले साँवा फिर्ता गर्ने र वार्षिक २ प्रतिशतले हुने ब्याज जोडी भुक्तानी गर्ने उल्लेख थियो ।

तर, लाकाङ्ककाली कृषि सहकारी संस्था लिमिटेडले समयभित्र साँवा तथा व्याजसमेत फिर्ता नगरेको उल्लेख गरेको छ । सम्झौता अनुसार साँवा तथा व्याज समयमा नै नबुझाएमा नियमावलीको नियम १७ (८) मा थप २ प्रतिशत व्याज लिने उल्लेख गरेको छ ।सम्झौताअनुसार समयमा साँवा नबुझाएको ३५ लाख लाख ६८ हजारको आर्थिक वार्षिक २०७९/८० को २ प्रतिशत व्याज तथा २ प्रतिशत जरिवाना बापतको १ लाख ४२ हजार भन्दा बढी असुल गरी स्थानीय सञ्चित कोषमा दाखिला गर्ने महालेखाले नगरपालिकालाई निर्देशन दिएको छ । 

५८ वटा सहकारी दर्ता, १० खारेज योग्य

नगरपालिकाका अनुसार ५८ सहकारीहरू दर्ता भए पनि हाल ४८ वटा मात्र सक्रिय अवस्थामा रहेका छन्। त्यसमध्ये १० वटा सहकारी खारेजी योग्य रहेका छन् । नगरपालिका सहकारी ऐन २०७५ मा रहेको प्रावधान अनुरूप कार्य नगरेको र दुई वर्षभन्दा बढी समयदेखि लेखा परीक्षण, साधारण सभा नगरेको र नियमित रूपमा कार्यालय सञ्चालन भएको समेत नदेखिएकाले ती संस्थाहरूको दर्ता खारेजीमा पर्न सक्छ । 

सहकारीहरूको सञ्चालनको स्वीकृति, अनुगमन, सामाजिक लेखा परीक्षण, खारेजीसम्मको अधिकारी स्थानीय तहको एकल अधिकार क्षेत्र भित्र पर्छ । राष्ट्रियरूपमा नै सहकारीहरूमा विभिन्न समस्याहरू देखा परेपछि नगरपालिकाले आफ्नो मातहत रहेका सहकारीहरूको बस्तुगत अवस्था यकिन गर्नका निमित्त यो प्रक्रिया अगाडि बढाएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।

उनका अनुसार ४८ वटा सहकारीमध्ये २३ वटाको अध्ययन गरिसकिएको र बाँकी रहेका अरू सहकारीको पनि कागजपत्र झिकाएर अध्ययन गरिरहेको बताए । सबै कागजपत्र अध्ययन पश्चात् सहकारीलाई कसरी व्यवस्थित गरी सञ्चालन गर्न सकिन्छ, त्यसको सुझावसहितको प्रतिवेदनका आधारमा तालिम, सञ्चालन विधि तथा अन्य विषयमा नगरपालिकाले सहजीकरण गरी निरन्तर सञ्चालन गर्ने प्रोत्साहन गर्न नीति लिएको बताए ।  

समाचार स्रोतका अनुसार पालुङटारमा सञ्चालन भएका विभिन्न सहकारीका नामा पालिका तथा साबिकका गाविसबाट लिएका अनुदानबाट सञ्चालन भएका सहकारीमा लाखौँको आर्थिक अनियमितता रहेको दाबी छ । समाचार स्रोतका अनुसार कम्तीमा ४८ मध्ये १० वटा भन्दा बढी त्यस्ता सहकारीमा नेतृत्व तहका पदाधिकारीले नै सहकारीमा पैसा अपचलन गरेको दाबी छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending