Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

पालुङटार नगरपालिकामा सञ्चालित सहकारीकाे अनुगमनमा भेटियाे लाखाैं रकम अपचलन

खबरडबली संवाददाता

गोरखा । पालुङटार नगरपालिकाले नगरपालिका भित्र रहेका सहकारीहरूको अनुगमन तथा अध्ययन प्रक्रिया अगाडि बढाएको छ । महालेखाको ६० औँ प्रतिवेदनले 'मिल्क करिडाेर'का नाममा बाँडिएको अनुदानमा प्रश्न उठाएपछि नगरपालिकाले अनुगमन गरेको हो । 

महालेखाको प्रतिवेदन अनुसार पालिकाभित्र सञ्चालित धेरै सहकारीले अनुदानका नाममा रकम लगेको तथा विना योजना तथा सहकारीकै नेतृत्वले अपचलन गरेको तथ्य सार्वजनिक गरेपछि नगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका सहकारीको अध्ययन गरेको हो । 

महालेखाको प्रतिवेदनमा मिल्क करिडाेरका नाममा आर्थिक वर्ष २०७६ ज्येष्ठ २० मा ४५ लाख ६८ हजार ऋण लगानी गरेकोमा १० लाख साँवा फिर्ता भएको उल्लेख गरेको छ । सम्झौता अनुसार सम्झौताको एक महिनापछि मासिक २ लाख ३९ हजारका दरले साँवा फिर्ता गर्ने र वार्षिक २ प्रतिशतले हुने ब्याज जोडी भुक्तानी गर्ने उल्लेख थियो ।

तर, लाकाङ्ककाली कृषि सहकारी संस्था लिमिटेडले समयभित्र साँवा तथा व्याजसमेत फिर्ता नगरेको उल्लेख गरेको छ । सम्झौता अनुसार साँवा तथा व्याज समयमा नै नबुझाएमा नियमावलीको नियम १७ (८) मा थप २ प्रतिशत व्याज लिने उल्लेख गरेको छ ।सम्झौताअनुसार समयमा साँवा नबुझाएको ३५ लाख लाख ६८ हजारको आर्थिक वार्षिक २०७९/८० को २ प्रतिशत व्याज तथा २ प्रतिशत जरिवाना बापतको १ लाख ४२ हजार भन्दा बढी असुल गरी स्थानीय सञ्चित कोषमा दाखिला गर्ने महालेखाले नगरपालिकालाई निर्देशन दिएको छ । 

५८ वटा सहकारी दर्ता, १० खारेज योग्य

नगरपालिकाका अनुसार ५८ सहकारीहरू दर्ता भए पनि हाल ४८ वटा मात्र सक्रिय अवस्थामा रहेका छन्। त्यसमध्ये १० वटा सहकारी खारेजी योग्य रहेका छन् । नगरपालिका सहकारी ऐन २०७५ मा रहेको प्रावधान अनुरूप कार्य नगरेको र दुई वर्षभन्दा बढी समयदेखि लेखा परीक्षण, साधारण सभा नगरेको र नियमित रूपमा कार्यालय सञ्चालन भएको समेत नदेखिएकाले ती संस्थाहरूको दर्ता खारेजीमा पर्न सक्छ । 

सहकारीहरूको सञ्चालनको स्वीकृति, अनुगमन, सामाजिक लेखा परीक्षण, खारेजीसम्मको अधिकारी स्थानीय तहको एकल अधिकार क्षेत्र भित्र पर्छ । राष्ट्रियरूपमा नै सहकारीहरूमा विभिन्न समस्याहरू देखा परेपछि नगरपालिकाले आफ्नो मातहत रहेका सहकारीहरूको बस्तुगत अवस्था यकिन गर्नका निमित्त यो प्रक्रिया अगाडि बढाएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।

उनका अनुसार ४८ वटा सहकारीमध्ये २३ वटाको अध्ययन गरिसकिएको र बाँकी रहेका अरू सहकारीको पनि कागजपत्र झिकाएर अध्ययन गरिरहेको बताए । सबै कागजपत्र अध्ययन पश्चात् सहकारीलाई कसरी व्यवस्थित गरी सञ्चालन गर्न सकिन्छ, त्यसको सुझावसहितको प्रतिवेदनका आधारमा तालिम, सञ्चालन विधि तथा अन्य विषयमा नगरपालिकाले सहजीकरण गरी निरन्तर सञ्चालन गर्ने प्रोत्साहन गर्न नीति लिएको बताए ।  

समाचार स्रोतका अनुसार पालुङटारमा सञ्चालन भएका विभिन्न सहकारीका नामा पालिका तथा साबिकका गाविसबाट लिएका अनुदानबाट सञ्चालन भएका सहकारीमा लाखौँको आर्थिक अनियमितता रहेको दाबी छ । समाचार स्रोतका अनुसार कम्तीमा ४८ मध्ये १० वटा भन्दा बढी त्यस्ता सहकारीमा नेतृत्व तहका पदाधिकारीले नै सहकारीमा पैसा अपचलन गरेको दाबी छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

२५ हजार थमाएर होल्डिङ सेन्टर खाली, सुकुमवासी आफन्तको शरणमा

काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...

निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...

पत्रकारमाथि धरपकड भए सिंहदरबार केन्द्रित आन्दोलन, अन्तर्राष्ट्रिय मिडिया मिसनसमेत गुहार्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...

मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...

विकास पुग्यो तर बस्ती रित्तिए: पाल्पाका गाउँहरू वृद्धवृद्धाको सहारामा मात्रै

पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...

श्रीमती लिन ससुराली पुगेका युवकलाई सालोले आगो लगाइदियो, बचाउन गएकी भाउजूको पनि मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending