Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

भूकम्पपछि बाढीपहिरोको जोखिम डरलाग्दो, पुनःनिर्माण कहिले हुने हो ? छैन पत्तो

खबरडबली संवाददाता

सुर्खेत । गत वर्ष १७ कार्तिकमा जाजरकोटको बारेकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प प्रभावित क्षेत्रमा जोखिम बढ्दै गएको छ । भूकम्पपछिको जोखिम झनै बढ्दै गए पनि सरकारी निकायले पुनःनिर्माणमा कुनै चासो दिएको छैन ।

भूकम्प गएको १० महिना बित्दा पनि आवास पुनःनिर्माण नहुँदा बर्खा यामसँगै थपिएको विपद्ले यहाँका नागरिकमा झनै समस्या सिर्जना भएको छ । आइतबार राति मात्रै जाजरकोटमा नलगाड नगरपालिका–२ माझगाउँका ४२ वर्षीय लालबहादुर परियारको परिवार पहिरोमा पर्‍यो । परियारको २ तले कच्ची घर गत कात्तिक १७ को भूकम्पका कारण भत्किएको थियो । त्यसपछि उनको ३ जनाको परिवार झन्डै ४ महिना त्रिपालमा बसेर चैत पहिलो साता अस्थायी टहरामा सरेको थियो ।

अविरल वर्षाका कारण गएको पहिरोले अस्थायी टहरा भत्किँदा लालबहादुरसहित पत्नी ३४ वर्षीया मनिषा र २ वर्षका छोराको मृत्यु भएको छ ।

त्यस्तै, रुकुमपश्चिम आठबीसकोट नगरपालिका–१२ झिन्चौरमा पनि गत साउन २ मा अस्थायी टहरामा बस्दै आएका ३ जनाको बाढीमा परी ज्यान गएको थियो भने एक जना अझै बेपत्ता छन् । शेरबहादुर पुनका नातिनीहरू १० वर्षीया हितमाया, ८ वर्षीया धनसा र टहरामा सुत्न आएकी छिमेकी ४ वर्षीया मनिषा सार्कीको मृत्यु भयो ।

अहिले अस्थायी टहरामा रहेका भूकम्पपीडितहरूमा विभिन्न खालका घटनाको जोखिम बढ्दै गएको जाजरकोट बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

‘अधिकांश भूकम्पपीडितका अस्थायी टहराहरू कान्ला, बारी, खोला किनार र पहिले भत्किएकै घरको आसपासमा बनाइएका छन्,’ उनले भने, ‘एक त पहिले पनि यहाँका बस्तीहरू पहिरोको जोखिममा थिए, त्यसमा पनि भूकम्पपछि जमिन चिराचिरा परेका छन्, त्यसले पहिरोको जोखिम थप बढेको छ ।’

भूकम्पपछिको राहत र अस्थायी आवास निर्माणमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुने भए पनि पुनःनिर्माणमा स्थानीय सरकारलाई संघीय सरकारको सहयोगमा ढिलाई भएको अध्यक्ष गिरीले बताए । ‘अहिले हाम्रो कुनै भूमिका छैन, हात बाधिदिएको छ,’ उनले भने, ‘पुनःनिर्माण र पुनःलाभका लागि संघीय सरकारले अहिले कुनै कार्यबिधि नबनाएका कारणले भूकम्पपीडितलाई थप समस्या भएको छ ।’

दोस्रो किस्ता पाउन सकेनन्

भूकम्पपीडितले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रु २५ हजार पाए पनि दोस्रो किस्ताको थप २५ हजार रकम पाउन सकेका छैनन् ।

अस्थायी टहरामा बस्दै आएको पीडितहरूले स्थायी संरचना बनाइसक्नुपर्ने भए पनि अस्थायी आवासकै रकम पाउन नसकेको गुनासो गर्दै आएका छन् । बर्खामा निरन्तर भारी वर्षा हुँदा ज्यान जोखिममा राखेर बस्नुपर्ने अवस्था छ ।

ग्रामीण वस्तीमा रहेका भूकम्पपीडितहरूमाथि थप प्राकृतिक विपत्ती परेको विषयलाई न स्थानीय सरकारले ध्यान दिन सकेको छ त न संघीय सरकारले नै । विभिन्न प्राविधिक कारण देखाएर जनतालाई दिने भनिएको दोस्रो किस्ताको रकमसमेत उपलब्ध हुन सकेको छैन ।

लाभग्राहीको भत्किएको घर र अस्थायी आवासको फोटोसहितको विवरण विपद् पोर्टलमा भर्नुपर्ने कार्यविधी भएको र त्यो समयमै भर्न नसक्दा दोस्रो किस्ताको रकम पाउन नसकेको यद्यपी सबै प्रक्रिया पूरा गरेको भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीले दाबी गरे ।

‘हामीले सबै प्रक्रिया पूरा गरेका छौँ तर, हामीले लाभग्राहीले पाउने द्रोस्रो किस्ताको रकम आउन सकेका छैनौँ,’ उनले भने, ‘यो हाम्रो स्थानीय सरकारको समस्याभन्दा पनि सङ्घीय सरकारको ढिलाईका कारणले भएको हो ।’

जाजरकोटमा ३४ हजार नौ ५४ भूकम्प प्रभावित परिवार अस्थायी आवासमा बस्दै आएका छन् । विपत् व्यवस्थापन समिति जाजरकोटका अनुसार ४० हजार सात सय १७ लाभग्राहीमध्ये ३४ हजार नौ सय ५४ घरपरिवार अस्थायी आवासमा बस्दै आएका हुन् । स्थानीय तहबाट छनोट भएका लाभग्राहीमध्ये पाँच हजार सात सय ६३ ले अस्थायी आवास निर्माण गरेका छैनन् ।

भेरी नगरपालिकामा चार हजार सात सय २९, नलगाड नगरपालिकामा सात हजार पाँच सय १७ र छेडागाड नगरपालिकाका आठ हजार २४ परिवार अस्थायी टहरामा छन् । यस्तै, बारेकोट गाउँपालिकामा पाँच हजार तीन सय ७२, कुशे गाउँपालिकाका तीन हजार आठ सय १५, जुनीचाँदे गाउँपालिकाका तीन हजार ७२ र शिवालय गाउँपालिकामा दुई हजार चार सय २५ घरपरिवार पनि अस्थायी आवासमा छन् ।

भूकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिम, सल्यान, बाजुरा र बझाङ्ग जिल्लामा नौ हजार एक सय ३७ अस्थायी आवास निर्माण गर्न बाँकी र ३६ हजार १७ अस्थायी आवास निर्माण भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । जसमा रु दुई अर्व २६ करोड रकम खर्च भइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

भूकम्पपछि बाढीपहिरो जोखिम

पहिरोको उच्च जोखिममा रहेका जाजरकोटका ५८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जाजरकोट प्रशासनका अनुसार जुनीचाँदे गाउँपालिका–३ स्याँलाका १२, भेरी नगरपालिका–१ र ३ का १६ तथा छेडागाड नगरपालिकाका ३० परिवारलाई सुरक्षित स्थानमा टहरा बनाएर सारिएको जनाएको छ ।

वर्षाका कारण गाउँभन्दा माथिको भिरालो भागबाट पहिरो खस्न थालेपछि सुरक्षित स्थानमा त्रिपाल टाँगेर टहरा बनाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । ‘छेडागाडको सागाचौर, लिबाल, डेटकुले, बारेकोटको तोलखाना, लैखम, भेरी नगरपालिकास्थित चौर, चौपानी, मैदे, शिवालयस्थित दुनगारा, लुपपाखा, भिउस, नलगाडको चिउरी, पालीलगायतका बस्ती पहिरोको उच्च जोखिममा छन्,’ उनले भने ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको–११, १२ र १३ मा पनि बाढीले ९८ भूकम्पपीडित परिवार विस्थापित भएको नगर प्रमुख रवि केसीले बताए । ‘एक हजार पाँच ५७ घरपरिवार बाढी र पहिरोको उच्च जोखिममा छन्,’ उनले भने, ‘भूकम्पछि बाढीपहिरोको जोखिम निकै बढ्दै गएको छ ।’

यस्तै तरिकाले पुनःनिर्माण हुन्न: नगरप्रमुख घर्ती

अस्थायी टहरामा बस्दै आएको भूकम्पपीडितको अवस्था पछिल्लो समय झन् नाजुक बन्दै गएको छ । विगतमा चिसोमा अस्थायी टहरामा बस्न बाध्य भएका भूकम्पपीडित अहिले बाढीपहिरोका कारणले निधाउन ग्राहो रहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पुनःनिर्माणको कार्यविधि बनाएर निर्माण थाल्नुपर्ने हो । तर, अहिलेसम्म पनि कार्यविधि बनाउन सकेको छैन । यस्तो अवस्थामा पुनःनिर्माण  अझै ढिलो हुने देखिएको नगरपालिका प्रमुख घर्तीले बताए । उनले भने, ‘भूकम्प गएको १० महिनासम्म पनि अस्थायी आवासको द्रोस्रो किस्ता पाउन नसकेको अवस्थामा पुनःनिर्माण धेरै परको कुरा भएको छ ।’

यस्तो अवस्थामा पुनःनिर्माणका काम हुन नसक्ने भन्दै नगरपालिकाका प्रमुख घर्तीले दोस्रो किस्ताका लागि आफूले पहल गर्ने विश्वास दिलाए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खारेज भएका उम्मेदवारको चिह्नमा मत नहाल्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...

दोलखामा सुरक्षा कडा, शान्तिपूर्ण मतदानको तयारी

  दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...

सिरहाको गोलबजारमा दुई पक्षबीच झडप, तीन घाइते

जनकपुरधाम ।  सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...

श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...

मतदान केन्द्रमा खटिएका कर्मचारी नै पक्राउ परेपछि‍‍‍‍....

विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...

शान्तिपूर्ण निर्वाचनमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...

चुनावी मैदानमा भए पनि आफ्नै भोटबाट वञ्चित भए यी पाँच नेता

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...

अफगानिस्तानमा हरित क्षेत्र विस्तारको नयाँ कार्यक्रम

काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...

लेबनान सीमामा द्वन्द्व बढ्दै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE