काठमाडौं । स्वास्थ्य परीक्षणका लागि तय भएको भ्रमणलाई निमन्त्रणामा बदलेर औपचारिक भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नयाँदिल्लीमा ‘अनपेक्षित’ सम्मान पाएकी छन् । उनलाई प्रधानमन्त्रीहाराहारीकै महत्व दिल्लीले दिएको छ । सरकारले यसको आकलनसमेत गरेको थिएन, प्रधानमन्त्री केपी ओलीले त अन्तिम समयमा भ्रमण दलका तीन सदस्यको नाम नै काटेका थिए ।
दुई ठूला दल कांग्रेस र एमाले गठबन्धनको सरकार बनेपछि पहिलोपटक भारतीय नेतृत्वसँग उच्चस्तरमा वार्ता भएको छ । तर, जुन स्तरको भारतले परराष्ट्रमन्त्री राणालाई प्रदान गर्यो, नेपालको तयारी र उपस्थिति भने कमजोर देखियो ।
परराष्ट्रमन्त्री राणाले समकक्षी डा. एस जयशंकरसँग द्धिपक्षीय वार्ता र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरिन् । मोदीले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारदेखि विदेशमन्त्री र नेपालका लागि राजदूतसमेत राखेको भेटवार्तामा परराष्ट्रमन्त्री राणासँग दुई सहसचिव र एक उपसचिवस्तरका अधिकारी मात्रै सहभागी भए । कूटनीतिक मामलाका जानकारहरू यसो हुनुले नेपालको आकलन र उपस्थिति कमजोर देखिएको बताउँछन् । भ्रमणमा परिस्थितिको आकलन गरेर निर्णय लिनुपर्नेमा सरकार चुकेको परराष्ट्रका अधिकारीहरू बताउँछन् ।
बंगलादेशमा देखिएको राजनीतिक तनावपछि छिमेक नीतिलाई लिएर भारतमा प्रधानमन्त्री मोदीको आलोचना भएको छ । यही वेला परराष्ट्रमन्त्री राणालाई दिल्लीमा उच्च सम्मानको अवसर मिलेको हो । नेपाल सरकारले सुरुदेखि नै कमजोर आकलन गरेको भ्रमण अनपेक्षित रूपमा उच्चस्तरीय त भयो नै, तर कमजोर तयारी र उपस्थितिले एजेन्डा उठानमा प्रभाव पर्यो । तर, द्विपक्षीय संयन्त्रमार्फत संवाद गर्न भने दुवै पक्ष सहमत भएका छन् ।
परराष्ट्रमन्त्री राणा आफैँले पनि नेपालमा पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत, पूर्वपरराष्ट्रसचिवसँग भेटेर सुझाव लिने चलन दोहोर्याइनन् । भारतीय विदेशसचिवले निमन्त्रणा दिएको एक सातामै उनी दिल्ली भ्रमणमा गएकी हुन् । नेपालबाट भारत गएका परराष्ट्रमन्त्रीमध्ये यो स्तरको महत्व पाउनेमा कमल थापापछि उनी दोस्रो हुन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - २२:०२
काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...
फाल्गुन २० गते, २०८२ - २१:५७
दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...
फाल्गुन २० गते, २०८२ - २१:४९
जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...
फाल्गुन २० गते, २०८२ - २१:४०
कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...
फाल्गुन २० गते, २०८२ - २१:३४
विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...
फाल्गुन २० गते, २०८२ - २१:३२
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...
फाल्गुन २० गते, २०८२ - २१:२७
सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...
फाल्गुन २० गते, २०८२ - २०:१२
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...
फाल्गुन २० गते, २०८२ - २०:००
काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...
फाल्गुन २० गते, २०८२ - १९:५७
काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...



प्रतिकृया लेख्नुहोस्: